२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

रेणु अधिकारीको मौनताको ‘एक पोल्टो बादल’ लोकार्पण

कल्पलता द्वैमासिककाे आयाेजनामा साहित्यकार रेणु अधिकारी मौनताको लघुकथासंग्रह ‘एक पोल्टो बादल’ काे लोकार्पण भएको छ।

वैशाख १२

यत्तिले अझै पुगेको छैन,आम व्यवस्था र कार्य शैलीको,प्रबलीकरण गर्नुपर्नेछ,टाल्नुपर्ने छ व्यवस्थामा भएका छिद्रहरू,उठ्नु छ/उठाउनु छ यो देशको सान, उठेझैं सगरमाथाको उचाइ!

कवि माया गुरुङका दुई कृति लोकार्पण

अन्तर्राष्ट्रिय पुस्तक दिवसको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरले कवि माया गुरुङका दुई कवितासंग्रह ‘ऐना’ र ‘बाका जुत्ता’को लोकार्पण कार्यक्रमको आयोजना गर्‍यो।

शब्दांकुर कथा प्रतियोगिताका विजेता पुरस्कृत

शब्दांकुर साहित्यप्रधान मासिकले शब्दांकुर कथा प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गर्नाका साथै उत्कृष्ट दश कथा विशेष अंक सार्वजनिक गरेको छ।

सत्याग्रहको परिचर्चा

साहित्यकार सूर्यप्रसाद लाकोजूको सत्याग्रह कथासंग्रहको विमर्श भएको छ। अक्षरमार्ग सिर्जना समूहको आयोजनामा सम्पन्न कार्यक्रममा पुस्तकबारे परिचर्चा गरिएको थियो।

स्रष्टा सम्मान यमुनालाई

नेपाल स्रष्टा समाजले यस वर्षको दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान साहित्यकार यमुना अधिकारी पराजुलीलाई प्रदान गरेको छ।

कचौराभरि भैंसीको दुध र ‘स्मार्ट पुस्ता’को काव्यचिन्तन

विश्वविद्यालय भनेको तोकिएको पाठ, तोकिएको समय, तोकिएको परीक्षा, तोकिएको प्रश्न, तोकिएको उत्तर र तोकिएको नतिजामात्रै हो त? होइन। होइन भने यो संस्कृतिपूर्ण तिर्खा मेट्ने मूलपानीको पोखरी विश्वविद्यालय किन हुन सक्तैन? हाम्रो विश्वविद्यालय, हाम्रा पाठ्यक्रम, हाम्रो पढाइ र हाम्रो प्राज्ञिक चेतना पूर्वोक्त सन्दर्भको सापेक्षतामा कहाँ होला?

आमाको ईश्वरीय अवतार

हुन त धरतीमा सबैका आमा ईश्वरकै अवतार हुन्छन्। तैपनि साँवा अक्षर नपढेकी, जन्मिएको दुई वर्षमा आमा गुमाउनुपरेकी हाम्री आमाले आफूले कहिल्यै नपाएको माया हामीलाई कसरी दिनुभयो होला? मलाई कहिलेकाहीं विस्मय लाग्छ।

सलहेश र सांस्कृतिक पर्यटन

बोटविरुवा विशेषज्ञहरूले पनि कुनै चासो र चिन्ता राखेका छैनन्। जसको हातमा डाडुपन्यु छैन, तिनीहरूले यसको संरक्षण र सम्बद्र्धनमा के गरून् ? योजनाकारहरूको ध्यान अर्थको आकर्षणमा मात्र सीमित छ। अर्थको अर्थ उनीहरूले नै बुझून् तर सलहेश फूलबारी दिनानुदिन अतिक्रमित भइराखेको छ।

ऊ पागल होइन, साइकोटिक हाे

बोलीचालीको भाषामा साइकोसिसलाई पागलपन तथा साइकोसिसका बिरामीलाई पागल तथा बौलाहा भन्ने गरिन्छ। वास्तवमा साइकोसिस भन्नाले कडा खालका विभिन्न मानसिक समस्याहरूको समूह बुझिन्छ।

थप्पड

निर्धारित समयमा सबै विद्यार्थी उपस्थित भएका थिए। गुरुगुरुआमाहरूले फलामे ढोका पार भएका विद्यार्थीहरूलाई टीका र खादा लगाइदिंदै उज्ज्वल भविष्यको कामना गर्दै आशीर्वाद दिए।

आमाको दूध

‘आफ्नो यहाँ शेयर डुबेर मर्नु न बाँच्नु भा छ। बेला न कुबेला तपाईलाई चैं चौरासी गर्नुपर्‍या छ!’ श्यामले एक्कासि ठूलो स्वर गर्‍यो।

महालक्ष्मी पूजा

आमाको खाना खाएर औषधि खाने बेला भैसकेको थियो। घरमा त्यत्रो पूजा भैरहेको छ। आफू एकछाक औषधि नखाए के होला र भन्ने सोचेर उनी चुप लागिरहिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्