मिथिला कला सदियौं पुरानो कला भएकाले यो स्वदेशमा मात्र होइन, विदेशमा पनि लोकप्रिय छ। नेपालमा कार्यरत सबै नेपाली बैंकहरूले यस कलालाई आफ्ना प्रकाशनमा स्थान दिएको खण्डमा यस कलाको लोकप्रियता र सर्वग्राह्यता सर्वत्र विस्तार हुन्थ्यो।
बोटविरुवा विशेषज्ञहरूले पनि कुनै चासो र चिन्ता राखेका छैनन्। जसको हातमा डाडुपन्यु छैन, तिनीहरूले यसको संरक्षण र सम्बद्र्धनमा के गरून् ? योजनाकारहरूको ध्यान अर्थको आकर्षणमा मात्र सीमित छ। अर्थको अर्थ उनीहरूले नै बुझून् तर सलहेश फूलबारी दिनानुदिन अतिक्रमित भइराखेको छ।
वीरगन्जको प्राचीन रूपमा केही परिवर्तन भएको त छैन तर गहवा माईको जीर्णाेद्वार गरिएको छ। गहवा माई अहिले झन् दर्शनीय, प्रार्थनीय तथा उदाहरणीय बन्न पुगेको पाइन्छ। वीरगन्जको नामकरण वीर शमशेरको नाउँमा गरिएको छ।
ग्राबियल गार्सियाले एक ठाउँमा भनेका छन्–“पुस्तक लेखन एक आत्मघाती व्यवसाय हो। अरू कुनै पेसाले यति धेरै श्रम र एकाग्रता माग गर्दैन। लेखनमा तुरुन्त लाभ पनि छैन।” डा.अरूण सायमि पेसाले एउटा सुप्रसिद्ध हृदय चिकित्सक हुनुहुन्छ तर पनि उहाँले सयमसमयमा पुस्तक लेख्ने काम गरिराख्नु भएको छ।