३० वैशाख २०८१ आइतबार
image/svg+xml
कला

नेपाली क्यालेन्डरमा मिथिला कला

संस्कृति

ग्लोबल आइएमई बैंकले नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति च.नं. ७४ बाट स्वीकृति प्राप्त गरेर आफ्नो वार्षिक क्यालेन्डरमा मिथिला कलालाई स्थान दिनु बैंकको महानता देखिन्छ। मिथिला कला सदियौं पुरानो कला भएकाले यो स्वदेशमा मात्र होइन, विदेशमा पनि लोकप्रिय छ।

नेपालमा कार्यरत सबै नेपाली बैंकहरूले यस कलालाई आफ्ना प्रकाशनमा स्थान दिएको खण्डमा यस कलाको लोकप्रियता र सर्वग्राह्यता सर्वत्र विस्तार हुन्थ्यो। यस पंक्तिका लेखकको के सुझाव छ भने सबै बैंकले यसरी नेपालमा प्रचलित सबै कलाजस्तो नेपाली कलाको साथसाथै नेवारी कलाजस्तो थाङ्का, पौवा, थारु लोककला, भोजपुरी, अवधि, किराँत कला, बज्जिका, मगही, संथाली राजवंशी आदि कलाको प्रचारप्रसारमा रुचि लिएको खण्डमा यी सबै कलाको प्रचारप्रसार अझ तीव्र गतिले हुन्छ।

ग्लोबल आइएमई बैंकले नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति च.नं. ७४ बाट स्वीकृति प्राप्त गरेर आफ्नो वार्षिक क्यालेन्डरमा मिथिला कलालाई स्थान दिनु बैंकको महानता देखिन्छ।

यसबाट कलाकारहरूले पनि केही पारिश्रमिक पाउन सक्छन् र यिनीहरू अझ दत्तचित्त भएर आआफ्नो कलामा बढी सक्रियतापूर्वक संलग्न हुन सक्छन्। अर्को सुझाव एउटा बैंकले बाह्रै महिना एउटै कलाकारको कलाकृतिलाई स्थान दिएको खण्डमा झन् राम्रो हुन सक्छ। अर्को सुझाव एउटा बैंकले एउटै कलाकारको कलाकृतिलाई बाह्रै महिना स्थान दिनु अझ श्रेयस्कर मान्न सकिन्छ।

मेरो घरको भित्तामा ग्लोबल आइएमई बैंकको क्यालेन्डरमा हठात् मेरो ध्यानाकर्षण हुन गयो। यसबाट म धेरै प्रभावित भएँ। यस बैंकलाई हार्दिक धन्यवाद दिन चाहन्छु। यस बैंकले आफ्नो क्यालेन्डरको मुख्य पृष्ठमा मिथिला कलाको कलाकृतिलाई स्थान दिएको पाइन्छ जुन सह्राहनीय भन्न सकिन्छ।

वैशाख महिनामा वरिष्ठ मिथिला चित्रकार अजितकुमार साहको नवग्रहलाई स्थान दिएको पाइन्छ। यसका लागि साहको जनकपुरमा स्थित आर्ट एन्ड क्राफ्ट परिवारप्रति आभार प्रकट गरिएको पाइन्छ।

नवग्रहको संक्षिप्त परिचयको साथसाथै यसको पृष्ठभूमिको पनि पृष्ठपोषण गरिएको पाइन्छ। जस्तो यस पृथ्वीमा  बसोबास गर्ने सम्पूर्ण धर्मावलम्बीहरूले नवग्रहलाई आआफ्नो तरिकाले महत्वपूर्ण मान्छन् र विशेषगरी सनातन धर्ममा यी ग्रहहरूलाई देवताका रूपमा समेत पूजा गरिन्छ। प्रत्येक ग्रहको आफ्नो विशेषता र स्थान छ।

जेठ महिनामा ग्रामीण परिवेशमा दैनिक जीवनयापनका लागि किनबेच गर्ने ठाउँ ‘हाटबजार’ जहाँ फलफूल, तरकारी, मिठाइँ, ताजा माछा र घरायसी सामानहरू सप्ताहको दुई वा तीन पटक पाउने दृश्य चित्रांकित गरिएको छ। यो चित्र पनि साहको नै रहेछ।

असार महिनामा साहको कलाकृतिमा भनिएको छ कृषिप्रधान हाम्रो देशमा अहिले पनि पौराणिक पद्धतिले खेती गर्नेहरू यस कर्मलाई एउटा पर्वको रूपमा हेर्छन् र सो कार्यमा सम्पूर्ण परिवार खुसी र हर्षका साथ सहभागी हुन्छन्।

वैशाख महिनामा वरिष्ठ मिथिला चित्रकार अजितकुमार साहको नवग्रहलाई स्थान दिएको पाइन्छ। यसका लागि साहको जनकपुरमा स्थित आर्ट एन्ड क्राफ्ट परिवारप्रति आभार प्रकट गरिएको पाइन्छ।

साउन महिनाको पृष्ठमा मिथिलाकी महिला कलाकार गीताकुमारी ठाकुरको कलाकृतिलाई समेटिएको छ। यस कलाकृतिमा मिथिलाञ्चलमा विद्यमान व्यावहारिक तथा सामाजिक वातावरण, स्वागत सत्कार गर्ने परम्परा, दैनिक जीवनमा आधारित गृहिणीको काम, चुल्हा चौका र व्यवसाय चित्रण गरिएको छ।

भदौ महिनाको पृष्ठमा वरिष्ठ कलाकार साहको कलाकृतिलाई स्थान दिइएको छ जसमा हाम्रो ग्रामीण समुदायमा महिलाहरूको भूमिका निकै विस्तृत छ। घरको दैनिक जीवनयापनको किनबेचदेखि पानी ल्याउने समस्त कार्यहरूमा महिलाहरूको सहभागिता निकै देखिन्छ।

असोज महिनाको पृष्ठमा पनि अजितकुमार साहको चित्रलाई नै प्राथमिकता दिइएको छ। यसमा के भनिएको छ भने गाउँघरमा धान कुट्न ढिकीको प्रयोग गरिन्छ र यस कार्यलाई महिलाहरू निकै हर्षका साथ गीतसंगीतमा रमाउँदै मनाउँछन्। यो समय पनि एउटा पर्वजस्तै रमाइलो र आनन्दमय हुन्छ।

भदौ महिनाको पृष्ठमा वरिष्ठ कलाकार साहको कलाकृतिलाई स्थान दिइएको छ जसमा हाम्रो ग्रामीण समुदायमा महिलाहरूको भूमिका निकै विस्तृत छ।

कात्तिक महिनाको पृष्ठमा पनि साहकै चित्रलाई स्थान दिइएको छ, जसमा मिथिलाञ्चलका महान चाड छठको छवि छटालाई चित्रित गरिएको छ।

यस कलाकृतिको महत्व अहिले मिथिला क्षेत्रसँगै देश विदेशमा पनि मानिने निकै महत्वपूर्ण चाड ‘छठ’ पर्व जसमा व्रतालुहरू सूर्यदेवलाई घरपरिवारमा सुख र शान्तिका लागि अघ्र्य (ठेकुवा, भुसुवा, फलफूल र तरकारी) अर्पण गर्दै पूजा गर्छन्।

मंसिर महिनाको पृष्ठमा मिथिलाञ्चलका गाउँघरमा विवाहमा धेरै विधिहरू अपनाउँछन् जसमा सम्पूर्ण नातेदारसहित छरछिमेकीहरू पनि बराबरी सहभागी भई यस अनुष्ठानलाई लोकगीत, संगीत, परम्परागत पकवानहरूका साथ सम्पन्न गर्छन्। विवाह अवधिभरको समय एउटा मेला सरह प्रतीत हुन्छ। यस चित्रका कलाकार पनि साह नै छन्।

यस क्यालेन्डरको पुस महिनाको सौन्दर्यको प्रतीक पुष्प, मयुर र मीनले समाजमा महिलाप्रति गरिने आचरणको चित्रण गर्छ। हामीले नारीलाई स्नेह, सम्मान र प्रापक अधिकार दियौं भने हाम्रो घर समाजलाई स्वर्गझैं सुन्दर बनाउने क्षमता उनीहरूले राख्छन्। यस चित्रका चित्रकार पनि साह नै हुन्।

कात्तिक महिनाको पृष्ठमा पनि साहकै चित्रलाई स्थान दिइएको छ, जसमा मिथिलाञ्चलका महान चाड छठको छवि छटालाई चित्रित गरिएको छ।

माघ महिनाको पृष्ठमा ज्ञान र विद्याकी देवी माता सरस्वती महिला सशक्तीकरणको अनेकौंमध्ये एक यथार्थ नमुना हो। सत्य सनातन वैदिक धर्ममा महिलालाई यो सम्मान आदिकालदेखि नै प्रदान गरिएको छ। यस कलाकृतिका कलाकार साह नै छन्।

फागुन महिनाको पृष्ठको परिचयात्मक पृष्ठभूमिमा लेखिएको छ–वसन्त ऋतुको आगमनसँगै हर्ष र उल्लासका साथ फागु पूर्णिमा (होली) को आनन्द लिँदै र सोही अवसरमा पकाइने मालपुवा, पुरी र खिरको मिठाससँगसँगै अबिर खेल्नमा मग्न सम्पूर्ण समाज। होली मनाउनुको पछाडि केही पौराणिक तथ्य पनि छन्। यस तथ्यलाई उजागर गर्दै कलाकार अजितकुमार साह धन्यवादका पात्र बनेका छन्।

समीक्ष्य क्यालेन्डरको चैत महिनाको पृष्ठमा पनि साहको चित्राकृतिलाई नै प्रमुखताका साथ प्रकाशित गरिएको पाइन्छ। यसका कलाकार साह नै हुने सुनौलो अवसर प्राप्त गरेका छन्। यस पृष्ठमा माछाको मन पर्ने चित्र कोर्नमा कलाकार सफल भएको देखिन्छ। माछाको महत्व मिथिलाञ्चलमा सर्वोपरि छ। अर्थात् यसलाई हरेक अनुष्ठानमा प्रयोग गरिन्छ र भनिन्छ कि माछा, पान र मखान स्वर्गमा पनि पाइँदैन तर सम्पूर्ण मिथिलाञ्चलमा यो पर्याप्त मात्रामा पाइन्छ।

प्रकाशित: २ असार २०८० ०२:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App