२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

लुम्बिनीमा अध्यादेशबाट बजेट ल्याइयो

ससंदमा बजेट पारित गर्न बहुमत जुटाउन नसकेको लुम्बिनी प्रदेश सरकारले आज अध्यादेशबाट बजेट ल्याएको छ। आज विहान बसेको मन्त्रीपरिषद बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको हो।

लुम्बिनीमा बजेट छलफल रोकियो, विपक्षी गठबन्धनद्वारा सदन बहिष्कार

लुम्बिनीमा बजेट माथिको छलफल रोकीएको छ। विपक्षी गठबन्धनले सरकारले बहुमत पुष्टि नगरेसम्म सदनमा भाग नदिने अडान लिएपछि बजेट माथिको छलफल रोकीएको हो। प्रदेश सरकारले असार १ गते ४० अर्ब ९५ करोड बढीको बजेट प्रस्तुत गरेको थियो।

लुम्बिनीमा पनि मिलेमतोमै बोलपत्र

मुलुकमा हुने भौतिक पूर्वाधार क्षेत्रको निर्माणमा वर्षौँदेखि विवाद, झडप र आर्थिक चलखेलका घटना हुँदै आएका छन्। विगतमा बोलपत्र प्रकाशन हुँदा एउटा व्यवसायीले अर्कोलाई प्रतिस्पर्धामा सहभागी हुन नदिने गरी स्थानीय गुण्डा परिचालन गर्ने चलन थियो। बोलपत्र प्रस्ताव गर्ने अन्तिम सातातिर सरकारी कार्यालयका द्वारमा गुण्डा परिचालन गरिन्थ्यो।

लुम्बिनीमा राष्ट्रियसभा सदस्यका लागि आज मतदान

निर्वाचनसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको उनले बताए। मतदानका लागि प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख उपप्रमुखहरू दाङ आउने क्रम जारी रहेको कुँवरले जानकारी दिए। यसअघि माओवादी केन्द्रबाट राष्ट्रियसभामा विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमालेमा प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा सो पद रिक्त थियो।

आज बुद्ध जयन्ती, लुम्बिनीमा दीप प्रज्वलन गरिँदै

कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निर्देशनको पूर्ण पालना गर्दै निश्चित भौतिक तथा सामाजिक दूरी कायम गरी पूजा र प्रार्थना गरिने कोषले जनाएको छ।

भिआइपीको भ्रमणले लुम्बिनीमा उत्साह

लुम्बनीमा विभिन्न देशका विशिष्ट पाहुनाले भ्रमण गरेपछि पर्यटकीय हिसाबले उत्साह थपिएको छ । पछिल्लो समयमा यसै साता श्रीलंकाली राष्ट्रप्रमुख मैत्रीपाला सिरिसेना र म्यानमारका राष्ट्रपति विन मिन्ट बिम्स्टेक सम्मेलनका लागि काठमाडौं आएका बेला लुम्बिनी भ्रमण गरेका थिए।

लुम्बिनीमा पोखरीमा डुबेर चार बालिकाको मृत्यु

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया पोखरीमा नुहाउने क्रममा डुबेर चारजना बालिकाको मृत्यु भएको छ।

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध सम्मेलन सुरु, ३१ कार्यपत्र प्रस्तुत हुने

बौद्ध संस्कृति र सम्पदाको संरक्षण गर्दै बुद्ध जन्मस्थल लुम्बिनीलाइ विश्व शान्ति र बौद्ध दर्शनको मुहानको रुपमा चिनाउने उदेश्यले लुम्बिनीमा शनिबार देखि अन्तराष्ट्रिय बौद्ध सम्मेलन सुरु भएको छ।

लुम्बिनीमा महासिद्ध स्याँक्चुरी फर युनिभर्सल पीस निर्माण हुँदै

अमेरिकन बुद्धिष्ट ज्ञाता तथा ध्यान गुरु श्याल्पा तेन्जिन रिन्पोचेको परिकल्पनामा महासिद्ध स्याँक्चुरी फर युनिभर्सल पीसको भगवान गौतम बुद्धको २५६२ औं जन्मजयन्तीको अवसरमा यही बैशाख १६ गते लुम्बिनी नेपालमा निर्माण कार्य सुरुहुने भएको छ।

नयाँ शक्तिको संघीय परिषद् बैठक लुम्बिनीमा

नयाँ शक्ति पार्टी नेपालको चौंथो संघिय परिषद् बैठक लम्बिनीमा बस्ने भएको छ। बैठकले पार्टीको वर्तमान अवस्थाबारे समिक्षा गर्नुका साथै भावी रणनीति र कार्यदिशा स्पष्ट तय गर्ने जनाइएको छ।

लुम्बिनीमा शान्ति म्याराथन हुने

गौतम बुद्धको जन्मस्थल लुम्बिनी र वरपरका बौद्ध सम्पदाको प्रवद्र्धन गर्ने उद्देश्यले अर्को महिना लुम्बिनीमा शान्ति म्याराथन हुने भएको छ ।

लुम्बिनीमा बढ्यो चिनियाँ लगानीकर्ताको चासो

नेपाली व्यवसायीसँग साझेदारी गरी यस क्षेत्रमा लगानी गर्न चिनियाँ लगानीकर्ताले रुचि देखाएका छन् । यहाँ लगानी गर्न चासो राख्दै एक वर्षमा चिनियाँ व्यवसायीको चार टोलीले यस क्षेत्रको भ्रमण गरिसकेको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले जानकारी दिएका छन् ।

लुम्बिनीमा वाम वर्चश्व, पाल्पा र गुल्मीमा 'क्लिस्वीप'

लुम्बिनीका प्रतिनिधिसभाका १५ र प्रदेशसभाका ३० सीटमा वाम गठबन्धनको वर्चश्व देखिएको छ। अर्घाखाँची बाहेक सबै जिल्लामा मतगणना सकिएको छ ।

लुम्बिनीमा पर्यटक आगमन झण्डै ७२ प्रतिशतले बृद्धि

गत बर्ष भूकम्प र नाकाबन्दीले थलिएको लुम्बिनीको पर्यटन क्षेत्रले यो बर्ष गती लिएको छ। सन् २०१५ को तुलनामा २०१६ मा पर्यटक आगमन ७१.८१ प्रतिशतले बढेको छ। भूकम्प, नाकाबन्दी तथा मधेस आन्दोलनका कारण सन् २०१५ मा ३७ प्रतिशतले घटेको पर्यटक आगमन यसपटक उल्लेख्य रुपमा बढेको छ।

चन्द्रमामा पाइला टेकेका बज एल्ड्रिन लुम्बिनीमा

चन्द्रमामा दोस्रोपटक पाइला टेकेका अमेरिकी नागरिक बज एल्ड्रिन आइतबार राति १० बजेर ३० मिनेटमा काठमाडौं आइपुगेका हुन्। फ्लाइट दुबईको जहाजबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा ओर्लिएका एल्ड्रिनलाई एभरेष्ट साइन्स सेन्टरका सञ्चालक युवा वैज्ञानिक दिलीप अधिकारीले स्वागत गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्