२० वैशाख २०८१ बिहीबार
image/svg+xml

प्रधानमन्त्री देउवाद्वारा कुम्भेश्वर मन्दिरको उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरको बंगलामुखीस्थित कुम्भेश्वर (सर्वेश्वर) मन्दिरको उद्घाटन गरेका छन्।

नयाँ दलले मान्यता पाएपछि मात्र मन्त्रिपरिषद् विस्तार

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा केही समय मन्त्रिपरिषद् विस्तार नगर्ने समझदारी भएको छ । दाहालले भने, ‘निर्वाचन आयोगमा दर्ता नयाँ पार्टीको सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुन्छ ।’

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्नु सरकारको दायित्व हो: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवाले त्यहाँ रहेका नेपालीको स्थिति बुझ्न र अत्यावश्यक स्थितिमा उद्धार प्रवन्ध मिलाउन निर्देशन दिइसकेको जानकारी गराउँदै सरकार गम्भीर रहेको बताएका हुन्।

प्रधानमन्त्रीलाई चिनियाँ समकक्षी लीको बधाई

चिनियाँ प्रधानमन्त्री लिले प्रधानमन्त्री देउवासँग काम गर्न चाहेको र नेपाल चीन रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन चाहेको सन्देश पठाएका छन्। यसअघि नेपालका लागि चिनियाँ राजदूत याङछीले प्रधानमन्त्री देउवालाई भेटेर बधाई तथा शुभकामना दिएकी थिइन्।

प्रधानमन्त्री देउवासँग मेलम्चीका बाढी प्रभावितको माग

प्रधानमन्त्री शेरबहादुर देउवासँग मेलम्ची बाढी प्रभावितले मेलम्ची वरपरका क्षेत्रमा तत्काल तटबन्धको व्यवस्था मिलाउन माग गरेका छन्।

सानेपामा जारी धर्ना र अनशनको सम्बोधन गर्न प्रधानमन्त्री देउवाको निर्देशन

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको क्रियाशील सदस्यता छानवीन निष्पक्ष ढंगले गर्न दवाव स्वरुप अनसन बस्दै आएका पार्टीका नेता, कार्यकर्ताको माग तत्काल सुनुवाई गर्न क्रियाशील सदस्यता छानवीन समितिलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री देउवाद्वारा स्वास्थ्यका मापदण्ड अपनाउँदै इद मनाउन आग्रह

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री देउवालाई पाकिस्तानी समकक्षीको बधाई

प्रधानमन्त्री शेरबहादुर देउवालाई सङ्घीय संसद्को प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेकोमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई ज्ञापन गरेका छन्।

प्रधानमन्त्री देउवालाई भारतीय प्रधानमन्त्री मोदीको शुभकामना

प्रधानमन्त्री देउवाले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएलगत्तै मोदीले देउवालाई टेलिफोन गर्नुका साथै सामाजिक सञ्जाल ट्विटरमार्फत पनि शुभकामना तथा बधाई दिएका हुन्। मोदीले दुई देशबीचको साझेदारी थप विस्तार गर्न र जनस्तरको गहिरो सम्बन्ध मजबुत बनाउन देउवासँग मिलेर काम गर्न चाहेको बताएका छन्।

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिँदै

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन्। प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उनले विश्वासको मत लिन लागेका हुन्।

प्रधानमन्त्री देउवा आज सरकारी निवास बालुवाटार सर्दै

प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटारस्थित सरकारी निवासमा सर्ने भएका छन्। उनी आज बिहान १० बजे बालुवाटारस्थित निवासमा सर्न लागेको उनको सचिवालयले जनाएको छ।

वीपीका आन्दोलनकारीद्वारा प्रधानमन्त्री देउवालाई पत्राचार,माग पुरा गर्न ४८ घण्टा अल्टिमेटम

विगत एक महिनादेखि आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको संयुक्त संघर्ष समितिले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्राचार गर्दै ४८ घण्टाभित्र आफुहरुको माग पुरा गर्न अल्टिमेटम दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्