७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिँदै

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन्। प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उनले विश्वासको मत लिन लागेका हुन्।  

 कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सङ्घीय संसद् सचिवालयमा प्रधानमन्त्री देउवाले सदनबाट विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव दर्ता गराएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए।

सर्वोच्च अदालतको आदेशमा प्रतिनिधिसभा पुनःस्थापनासँगै प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति देउवाले संवैधानिक प्रवधानअनुसार विश्वासको मत लिन लागेका हुन्। देउवा गत असार २९ प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

प्रकाशित: ३ श्रावण २०७८ ०५:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App