१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्नु सरकारको दायित्व हो: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्नु सरकारको दायित्व भएको बताएका छन्। 

प्रधानमन्त्री देउवाले त्यहाँ रहेका नेपालीको स्थिति बुझ्न र अत्यावश्यक स्थितिमा उद्धार प्रवन्ध मिलाउन निर्देशन दिइसकेको जानकारी गराउँदै सरकार गम्भीर रहेको बताएका हुन्।

'अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु' सोमबार ट्वीट गर्दै उनले भने, ‘सुरक्षा र उद्धार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो। सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ।’

प्रकाशित: ३२ श्रावण २०७८ ०५:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App