१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

जिप दुर्घटनामा १४ को मृत्यु

कूलपूजा गर्न गुल्मीको इस्माबाट कार्की बन्धु र उनीहरूका कुटुम्ब बोकेर बागलुङको निशीखोलातर्फ हिँडेको जिप बडीगाडमा दुर्घटनाग्रस्त हुँदा चालकसहित १४ जनाको ज्यान गएको हो।

बागलुङ जीप दुर्घटना : ९ जना मृतकको पहिचान

बागलुङ बडिगाड दुर्घटनामा मृत्यु भएका १४ मध्ये ९ जनाको पहिचान भएको छ। दुर्घटनामा मृत्यु हुनेहरुमा ईस्मा गाउँपालिका—५ की २५ वर्षीय रेशम थापा, इश्मा—५ का ४० बर्षिया बसुन्धारा कार्की, इस्मा—५ कै रोमया थापा, नवलपरासी बर्दघाट—२ का ६० वर्षीय भुमन कार्की छन्।

बागलुङमा जीप दुर्घटना, १४ को मृत्यु

जिल्लाको बडिगाड खोलामा मंगलबार बिहान जीप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमा नै मृत्यु भएको छ। एक जनालाई खोलाले बगाएर बेपत्ता भएका छन् भने तीन जना गमभीर घाइते भएको प्रहरीले जनाएको छ।

अमेरिकाको डकोटामा बिमान दुर्घटना, नौ जनाको मृत्यु

संयुक्तराज्य अमेरिकाको साउथ डकोटा राज्यमा शनिबार भएको बिमान दुर्घटनामा नौ जनाको मृत्यु भएको छ ।

पोखराको मौजामा नालीमा पुरिएर ५ को मृत्यू

पोखरामा नालीमा पुरिएर ५ जनाको मृत्यू भएको छ। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २० मौजामा सडक निर्माणको काम गरिरहेका ५ जना मजदुरको नालीमा पुरिएर मृत्यू भएको हो। पोखरा–मौजा सडकको रिटेनिङ पर्खाल निर्माणमा खटिएका बेला माथिबाट खसेको ढिस्कोले पुरिएर ति मजदुरहरुको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

सुनसरीमा ट्रक र एम्बुलेन्स ठोक्किँदा ६ जनाको मृत्यु(मृतकको नामावलीसहित)

अस्पतालमा शिवमाया राइको मृत्यु भएपछि उनको शव लिएर फर्कदै गरेको एम्बुलेन्सलाई ट्रकले ठक्कर दिएको थियो। ट्रक चालक भने फरार छन्। तीब्र गतिका कारण घटना भएको हुनसक्ने शर्माले बताए।

पश्चिममा सडक दुर्घटनाको उच्च जोखिम

शुक्रबार पश्चिम नेपालका विभिन्न ठाउँमा भएका दुर्घटनामा चारजनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। पाँच नम्बर प्रदेश र कर्णाली प्रदेशका विभिन्न ठाउँमा सडक दुर्घटना भएका थिए।

अर्घाखाँची दुर्घटनाको कारण पत्ता लगाउन, छानबिन समिति गठन

सन्धिखर्कको नरपानीमा बुधबार १९ जनाको ज्यान जानेगरी भएको बस दुर्घटनाको छानबिन गर्न समिती गठन भएको छ। दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति गठन गरिएको हो।

छुट्टाछुट्टै दुर्घटनामा दर्जन बढी घाइते, ४ को अवस्था गम्भीर

उदयपुरमा शुक्रबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दर्जन बढी घाइते भएका छन्। जसमध्ये ४ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दैलेखमा माइक्राे बस दुर्घटना, ३ जनाको मृत्यु

दैलेखको गुरासेँ गाउँपालिका ४ मुग्राभन्ने स्थानमा हाइस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सुर्खेतदेखि दैलेख आउँदै गरेको भे१ज १०२९ नम्बरको हाइस दुर्घटना शुक्रबार बिहान भएको हो।

एक महिनामै ४९ जनाको मृत्यु

कपिलवस्तु बाणगंगाकी २४ वर्षीया विमला पोखरेल सुत्केरी अवस्थामा माइत बसेर बुधबार सन्धिखर्कस्थित घर फर्कंदै थिइन्। दुई छोराहरू तीन वर्षीय स्पर्श र तीनमहिने शोभाकरलाई लिएर घर फर्कंदै गर्दा उनी चढेको बस नरपानी भन्ने ठाउँमा आइपुग्दा दुर्घटनामा प-यो।

आँगनमै असुरक्षित सर्वसाधारण

कञ्चनपुर कृष्णपुर नगरपालिका–२ वाणीमा ३२ वर्षीय रामबहादुर रोकाय र रामबहादुर ठगुन्ना गत शुक्रबार घरनजिकै पैदल हिँडिरहेका थिए। तीव्र आएको एक गाडीले दुवैजनालाई ठक्कर दियो।

हुम्लामा पाँच महिनामा तीन दुर्घटनाः १५ जनाको मृत्यु, १५ जना घाइते

राष्ट्रिय सडक सञ्जालले नछोएको दुर्गम हिमाली जिल्ला हुम्लामा पछिल्लो पाँच महिनामा भएका तीन वटा सडक दुर्घटनामा परेर १५ जनाले ज्यान गुमाएका छन् ।

दुर्घटना न्यूनीकरणका लागि विद्यालयका चालकलाई ज्याकेट अनिवार्य

राजमार्गमा हुने दुर्घटना न्यूनीकरणका लागि विद्यालयका सवारी साधन चालक र सहचालकलाई टल्कने (फ्लोरसेन्ट) ज्याकेट अनिवार्य गरिएको छ।

हुम्लामा ट्रिपर दुर्घटना चारको मृत्यु, ११ घाइते

हुम्लाको नाम्खा गाउँपालिकाको सल्ली खोलाबाट सदरमुकाम सिमकोट आउँदै गरेको ट्रिपर बुधबार डाँडालाग्नामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा ११ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएकाहरुलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट कर्णाली प्रदेश अस्पताल ल्याउने तयारी भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्