२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

लामाे समय माइत बसेकाे भन्दै श्रीमतीकाे हत्या

श्रीमतीकाे हत्या गर्ने एक जना पक्राउ परेका छन्। गुल्मीको मदाने गाउँपालिका ६ का दुर्गा बहादुर नेपालीलार्इ प्रहरीले श्रीमतीकाे हत्या गरेकाे अाराेपमा आइतवार पक्राउ गरेकाे हाे।

निर्मला हत्या अनुसन्धानमा गम्भीर त्रुटि भएको आरोप

नागरिक समाजका अगुवाहरूले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याका सम्बन्धमा प्रमाण नस्ट गरी घटना कमजोर बनाउने प्रहरी अधिकारीहरूसँग कडाइका साथ केरकार नहुनु र अनुसन्धान फितलो हुनु गम्भीर त्रुटि भएको बताएका छन्।

‘साउदीको उच्च तहबाटै खशोग्गीको हत्या’

साउदी अरबका पत्रकार जमाल खशोग्गीको हत्या साउदी अरबकै उच्च तहको संलग्नतामा भएको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आरोप लगाएका छन्। टर्कीस्थित साउदी वाणिज्य दूतावासमा गएका बेला साउदी अरबको उच्च नेतृत्वकै निर्देशनमा खशोग्गीको हत्या भएको उनको दावी छ।

निर्मला हत्या प्रकरण: सय दिन बित्दा पनि हत्यारा पत्ता लागेन

भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार एक सय दिन पुग्दैछ। यस अवधिमा कञ्चनपुर प्रहरी प्रशासनको नेतृत्व परिवर्तन र विभिन्न छानबिन समिति गठन भए।

महिलाको बलात्कार पछि हत्या, एक पक्राउ

सल्यानमा प्रहरीले महिलाको हत्या आरोपमा एक युवालाई पक्राउ गरेको छ। गत असोज २५ गते राती मृत अवस्थामा फेला परेकी शारदा नगरपालिका–८ सिमखर्ककी ५० वर्षीया केवली नेपालीको हत्या आरोपमा सोहि गाउँका १९ वर्षीय बच्छु भनिने बिरबहादुर बस्नेतलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

हत्या आरोपी ५ जना पुर्पक्षका लागि थुनामा

एक महिना अघि शकास्पद मृत्यु भएकी लुम्बिनीकी तारा बरइको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका परिवारका ५ जनालाइ जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा पठाएको छ।

एक सय बिरामी मारेको स्वीकार

जर्मनीका एकजना पूर्वनर्स नेल्स होगेलले आफ्नो जिम्मेवारीमा रहेका एक सय बिरामी मारेको मंगलबार स्वीकार गरेका छन्।

सम्पत्तिको लोभमा कुर्मीको हत्या : प्रहरी

कलैया उपमहानगरपालिका वडा नम्बर २३ कोइरिया टोलका ६५ वर्षिय नन्दलाल राउत कुर्मीको हत्या सम्पत्ति र व्यक्तिगत रिसिवीको कारण भएको बारा प्रहरीले जनाएको छ।

कुलो पानीको बिबादले ज्यान गयो

कुलो पानीको बिषयमा बिबाद हुदा दाङमा एकजनाको मृत्यु भएको छ। जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–६ गोलौरमा आफ्नो बारीमा पानी सिँचाई गर्न नदिएको भन्दै दुई युवाहरुले ७३ वर्षीय चुकलाल भण्डारीको हत्या गरेका हुन्।

निर्मला हत्या प्रकरण : दबाबमूलक समूह दुई गुटमा विभाजित

तीन महिना बितिसक्दा पनि हत्यारा पत्ता नलागेको भन्दै महिलाअधिकारकर्मी तथा स्थानीयले सोमबार महेन्द्रनगरमा प्रदर्शन गरेका छन्।

हत्याका आरोपमा चार पक्राउ

राजविराज नगरपालिलका–६ की ४५ वर्षीया एकल महिला आशादेवी देवको हत्या आरोपमा सप्तरी प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

शरद गौचन हत्याका तीन अभियुक्त पक्राउ

नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका थप तीन अभियुक्त पक्राउ परेका छन्।

खसोग्गी हत्यामा पारदर्शी अनुसन्धानको माग

अमेरिकी रक्षामन्त्री जिम म्याटिसले पत्रकार जमाल खसोग्गीको हत्यामा पारदर्शी अनुसन्धानको माग गरेका छन्।

दोषी प्रहरीलाई हिरासतमा लिएर अनुसन्धान गर्न माग

प्रमाण नष्ट गर्ने तत्कालीन प्रहरी उपरीक्षक डिल्ली बिष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गरेर मात्र नपुग्ने भन्दै निर्मला पन्तका आफन्त तथा स्थानीय बासिन्दाले हत्यारा पत्ता लगाउन दोषी सबै प्रहरीलाई हिरासत लिएर अनुसन्धान थालिनुपर्ने माग राखेका छन्।

श्रीमती व्रत बस्न नमानेपछि श्रीमानले गरे आत्महत्या

भारतको उत्तर प्रदेश (युपी)मा पत्नीले व्रत बस्न नमानेको भन्दै एक पुरुषले आत्महत्या गरेका छन्। प्रहरीका अनुसार पेशाले दर्जी रहेका युपीको मथुरास्थित मघेरा निवासी दिनेश जाटवले पत्नीले आफू विरामी भएको भन्दै करवा चौथ व्रत बस्न अस्वीकार गरेपछि झुण्डिएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्