२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

संदिग्धविरुद्ध मुद्दा चलाइने

पत्रकार जमाल खसोग्गीको हत्यामा संलग्न संदिग्धविरुद्ध मुद्दा चलाइने साउदी अरबका विदेशमन्त्री अदेल अल–जुबेरले बताएका छन्।

ऋण तिर्न नसकेपछि भारतमा किसानले गरे आत्महत्या

भारतको उडिसा राज्यको कलाहाँडी जिल्लास्थित गम्भारीगुडा गाउँका एकजना २६ वर्षीय कृषकले बालीमा क्षति पुगेको र ऋण तिर्न नसकेको भन्दै आत्महत्या गरेका छन्।

तीन महिना बित्यो अनुसन्धान उपलब्धि शून्य

निर्मला पन्तको हत्या भएको तीन महिना पुग्दा पनि दोषी पत्ता लगाउन गरिएका अनुसन्धानको उपलब्धी शून्य रहेको छ।

राहत वितरणमा सरकारद्वारा विभेद

बलात्कारपछि हत्या घटनाका पीडितलाई सरकारले राहत वितरणमा विभेद गरेको भन्दै कैलाली गौरीगंगाकी देउसरा विश्वकर्माले विभिन्न सघसंस्था एवं पत्रकार गुहारिन् ।

खशोग्गीको हत्यारालाई कठघरामा उभ्याइने : साउदी अरब

पत्रकार जमाल खशोग्गीको हत्यारा जो भएपनि उसलाई कडा कानूनी सजाय हुने साउदी अरबले जनाएको छ। मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “पत्रकार खशोग्गीको हत्यामा सम्लग्न जो कोही भएपनि उसलाई कानूनी दायरामा ल्याइनेछ।”

पत्रकार खाशाेग्जीको हत्याको विरोध

नेपाल पत्रकार महासङ्घले साउदी पत्रकार, लेखक तथा अल वतन दैनिकका पूर्वप्रधान सम्पादक जमाल खासोग्जीको हत्याका विरोधमा आज काठमाडौँस्थित साउदी अरेबियाको राजदूतावासमा विरोधपत्र बुझाएको छ।

रक्सी पिएर श्रीमतीको हत्या गर्ने पक्राउ

विजया दशमीको भोलिपल्ट शनिबार घरमै श्रीमतीको हत्या गरी फरार रहेका कनकाई नगरपालिका–८ का आइतराज परियार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतका अनुसार विजया दशमीको भोलिपल्ट मादकपदार्थ सेवन गरी ४० वर्षीया श्रीमती माया परियारलाई हत्या गरेर अभियुक्त आइतराज फरार रहेका थिए।

आठ महिने शिशुको बलात्कार पछि हत्या, डेढ महिनापछि अभियुक्त पक्राउ

आठ महिने शिशुको पनि कसैले बलात्कार पश्चात हत्या गर्छन भने कल्पना समेत गर्न सकिँदैन्। तर कल्पना भन्दा पनि पर रहेको घटना महोत्तरीमा घटेको पुष्टि भएको छ। महोत्तरीमा एक महिना २२ दिन अघि आमाको काखैबाट खेलाउने बहानामा अपहरण पश्चात बलात्कार गरी शिशुको हत्या गरिएको रहस्य सो घटनामा संलग्न भएको अपराधी पक्राउ परेपछि खुलेको हो।

बारामा दुई छोराको हत्या पछि बाबुले गरे आत्महत्या

बाराको जितपुरसिमरा उपमहानगरपालिका–४ को औराहका ३५ वर्षे सुरेन्द्र रामले आज बिहान आफ्ना दुई छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन्। रामले आफ्ना पाँच वर्षीय छोरा सुबिन राम र तीन वर्षीय विपिन रामको हत्या गरी आफूले पनि झुण्डिएर आत्महत्या गरेको प्रहरीको अनुमान छ।

खुकुरी प्रहार गरी युवकको हत्या

मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गए राति एक युवकको हत्या गरिएको छ। गए राति १० बजे १७ वर्षीय कृष्णबहादुर विष्टले पुरानो रिसिइबीलाई लिएर सोही ठाउँका २७ वर्षीय विजय खड्काको खुकुरी प्रहार गरी हत्या गरेका हुन्।

सप्तरीमा महिलाको हत्या

सप्तरीमा एक एकल महिलाको हत्या भएको छ। राजविराज नगरपालिका–६ स्थित जिल्ला प्रहरी कार्यालय प्रमुखको निवाससँग जोडिएको घरमा एक्लै बस्दै आएकी ५० वर्षीया आशा देवको हत्या भएको प्रहरीले जनाएको छ।

अपहरण गरी बालकको हत्या, दुर्इ जना पक्राउ

घर बाहिर खेलिरहेको अवस्थामा चार दिन पहिला अपहरण परेका बालकको हत्या भएको छ। असोज २४ गते बेलुका अपहरणकारीले सिमौनगढ नगरपालिका ३ नयका टोल निवासी धनेश्वर राय यादवको ५ वर्षीय छोरा गुल्लु भन्ने दीपक यादवको अपहरण गरी हत्या गरेका बारा प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

बालिकाको बलात्कारपछि हत्या, दुई आरोपी पक्राउ

धनुषाको औरही नगरपालिका–२ परवाहाकी १० वर्षीया मनिका यादवको बलात्कारपश्चात हत्या भएको छ। हत्याको आरोपमा दुई जना पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्