२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

निर्मला हत्या अनुसन्धानमा गम्भीर त्रुटि भएको आरोप

काठमाडौं – नागरिक समाजका अगुवाहरूले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याका सम्बन्धमा प्रमाण नस्ट गरी घटना कमजोर बनाउने प्रहरी अधिकारीहरूसँग कडाइका साथ केरकार नहुनु र अनुसन्धान फितलो हुनु गम्भीर त्रुटि भएको बताएका छन्।

राष्ट्रिय मानवअधिकार प्रतिष्ठान र शान्ति र विकासका लागि नागरिक समाजद्वारा राजधानीमा आयोजित ‘यौनजन्य हिंसा, अनुसन्धान, र न्याय’ विषयक अन्तरक्रियामा सम्बोधन गर्दै नागरिक अगुवा डा. सुन्दरमणि दीक्षितले निर्मला हत्या प्रकरणमा डिएनए परीक्षणमा समेत लापरबाही भएको गुनासो गरे। उनले घटनाका सम्बन्धमा सरकार संवेदनशील नभएको आरोप लगाए। कार्यक्रममा संविधानविद् काशीराज दाहालले कार्यपत्र प्रस्तुत गरेका थिए।

प्रतिष्ठानका अध्यक्ष भवानीप्रसाद खरेलको सभापतित्वमा भएको अन्तरक्रियामा राधेश्याम अधिकारी, मुक्ति प्रधान, भारती सिल्वाल गिरी, गोपालकृष्ण सिवाकोटी, कृष्णप्रसाद भण्डारीलगायतले कार्यपत्रमाथि टिप्पणी गर्दै निर्मलाको हत्या भएको १०० दिन पुगिसक्दा पनि हत्यारा पत्ता नलागेको र घटनाको प्रमाण नष्ट गर्न प्रहरी संलग्न भएको भन्दै आक्रोश व्यक्त गरेका थिए। उनीहरूले निर्मला हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।

प्रकाशित: १८ कार्तिक २०७५ ०२:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App