२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

कुलो पानीको बिबादले ज्यान गयो

दाङ – कुलो पानीको बिषयमा बिबाद हुदा दाङमा एकजनाको मृत्यु भएको छ। जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–६ गोलौरमा आफ्नो बारीमा पानी सिँचाई गर्न नदिएको भन्दै दुई युवाहरुले ७३ वर्षीय चुकलाल भण्डारीको हत्या गरेका हुन्।

भण्डारी गाउँलेहरुलाई कुलो पानी वितरण गर्नका लागि चुनिएका पानी हेरालु हुन्। उनले एकपक्षीय रुपमा आफू अनुकुलका किसानको बारीमा मात्रै सिँचाईका लागि पानी दिएको भन्दै स्थानीय केशव केसी र महिमान बस्नेतले सोमबार बेलुका भण्डारीसँग विवाद गरेका थिए। सो क्रममा केसी र बस्नेतले ति बृद्ध भण्डारीलाई धकेलेका थिए।

युवाहरुको धक्काले पक्की सडकमा लड्न पुगेका भण्डारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख, डिएसपी प्रकाश सापकोटाले जानकारी दिए। डिएसपी सापकोटाका अनुसार भण्डारीको हत्यामा संलग्न बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने केसी फरार छन्।

प्रकाशित: १३ कार्तिक २०७५ ०४:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App