२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

एक सय बिरामी मारेको स्वीकार

अदालतमा मंगलबार क्यामेराअघि आफ्नो अनुहार छोप्दै नेल्स होगेल । तस्बिर : एजेन्सी

ओल्डेनवर्ग – जर्मनीका एकजना पूर्वनर्स नेल्स होगेलले आफ्नो जिम्मेवारीमा रहेका एक सय बिरामी मारेको मंगलबार स्वीकार गरेका छन् । जर्मनीको गृहयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्ध रूपमा भएको हत्याका आरोपित होगेलले आफ्नो पहिलो सुनुवाईमा उक्त कुरा स्वीकारेका हुन्।

अन्य बिरामीको हत्या गरेको अभियोगमा यस पहिले नै आजीवन कारावासको सजाय पाएका ४१ बर्षीय पूर्वनर्स होगेलले आफूले जानानान औषधीको अधिक मात्र बिरामीलाई दिएको बताएका छन् । बिरामीलाई जीवनको अन्तिम समयमा बचाउन सकिने विश्वासमा आफूले अन्तिम उपायका रूपमा त्यसो गरेको उनले बताएका छन्।

स्वास्थ्य कानुनले उक्त कार्यलाई अवैध मान्छ । उत्तरी सहर ओल्डेनबर्गमा सुनुवाईको पहिलो दिन न्यायाधीश सेवास्टियन बुहेरम्यानले उनीमाथि लगाइएको आरोप सही हुन् भनेर गरेको भन्ने जिज्ञासामा उनले आरोप सही भएको बताए । मैले जे भने त्यो भएको हो, उनले मृतकका दर्जनौं शोकमग्न आफन्तले भरिएको अदालतको कोठामा भने।

जर्मनीका दुई अस्पतालमा भएका कतिपय लापरबाहीका कारण भएका दुःखद् घटनामाथि छानविनरहित अवस्थामा छोड्नुको सट्टा कानुनी फैसला दिने उद्देश्यले सुनुवाई भएको न्यायाधीश बुहेरम्यानले बताए । ‘हामीले सत्य पत्ता लगाउन सम्भवभएसम्म कोशिस गर्ने छौं, उनले भने।

सरकारी अभियोजनकर्ताका अनुसार आरोपित पूर्वनर्सले ओल्डेनबगस्थित अस्पतालमा ३६ बिरामी मारेका थिए भने करिब ६४ जनालाई नजिकैको डेलमेनहस्र्ट क्लिनिकमा सन् २००० देखि २००५ सम्मको समयमा हत्या गरेका थिए । होगेलको जिम्मामा रही उपचारको क्रममा मारिएका एक सय ३० शवलाई समाधीबाट निकालेर अनुसन्धान प्रक्रिया अघि बढाइएको बताइएको छ।   

प्रकाशित: १४ कार्तिक २०७५ ०३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App