२१ आश्विन २०८१ सोमबार
image/svg+xml

निर्मला हत्या प्रकरण: मुद्दा परेपछि एसपी विष्ट र जिसी सम्पर्क बिहिन

निर्मला हत्या प्रकरणमा तत्कालिन कंचनपुर प्रहरीका प्रमुख एसपी डिल्ली बिष्ट सहित ८ जना बिरुद्ध अदालतमा सरकारी वकिलको कार्यालयवाट मुद्दा दर्ता गरिएको छ। डिएसपी ज्ञानबहादुर सेठी सहित ६ जना प्रहरीको नियन्त्रणमा छन् भने एसपी बिष्ट र सिआईवीका डिएसपी अंगुर जिसी सम्पर्क बिहिन छन्।

सुखानीमा पहिलोपटक दाहाल र ओली

सुखानी हत्याकाण्ड भएको ४६ औ वर्षपछि मुलुकको ठूलो दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले सँगै सम्बोधन गरेका छन्। विगतमा एकिकृत माओवादी र नेकपा एमाले हुँदा बेग्लाबेग्लै सुखानी सहिद स्मृति दिवस मनाउदै आएका यी नेताहरू पहिलोपटक सुखानीमा एकसाथ देखिएका हुन्।

ब्यारेकभित्रै सैनिक जवानले हाने गोली

कञ्चनपुरमा ब्यारेकभित्रै एक सैनिक जवानले आफूँमाथि नै गोली हानेका छन्। २५ नम्बर बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका २३ वर्षीय जवान वीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी अात्महत्या गरेका हुन्।

सर्लाहीमा गोली हानी हत्या

सर्लाहीको सदरमुकाम मलंगवामा गोली हानी एक युवकको हत्या गरिएको छ। प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईका अनुसार मलंगवा नगरपालिका–२ का ३१ वर्षीय मनोजकुमार यादवको हत्या भएको हो। शरीरका विभिन्न ठाउँमा पाँच गोली लागेको अवास्थामा आइतबार बिहान ७ बजे यादवको शव मलंगवा नगरपालिका–८ मा फेला परेको उनले बताए।

हत्याका फरार अभियुक्त २८ वर्षपछि पक्राउ

छिमेकीको हत्या गरी फरार रहेका एक वृद्धलाई प्रहरीले २८ वर्षपछि पक्राउ गरेको छ। जिल्लाको साविक जोगमाई गाविस–९ (हाल सूर्याेदय नगरपालिका–१) का ७३ वर्षीय रणबहादुर राईलाई पशुपतिनगरस्थित भारतीय सीमाक्षेत्रबाट पक्राउ गरिएको हो।

सर्लाहीमा गोली हानी युवकको हत्या

सर्लाही सदरमुकाम मलंगवामा गोली प्रहारबाट हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ। मलंगवा नगरपालिका–२ निवासी ३१ वर्षीय मनोज कुमार यादवको गोली प्रहार गरी हत्या गरिएको हो। यादवको शव मलंगवा नगरपालिका–८ मा फेला परेको छ। गएराती केही मानिसले फोन गरेर बोलाइ यादवको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सप्तरीमा वृद्ध दम्पतिको विभत्स हत्या

सप्तरीमा एकपछि अर्काे हत्याका घटना भइरहेका छन्। यसै क्रममा मंगलबार बिहान जिल्लाको खड्क नगरपालिका–५, खरचुहिया बजारमा एक दम्पति हत्या गरिएको अवस्थामा फेला परेका छन्। स्थानीय ७० वर्षीय सबुरी साह र उनकी पत्नी ६५ वर्षीया बेचनी साह आफ्नै घरमा हत्या गरिएको अवस्थामा भेटिएका हुन्। असोजयता सप्तरीमा भएको यो चौथो हत्या घटना हो।

हत्या आरोपमा चार पक्राउ

भक्तपुरमा आफ्नै गाडीभित्र अचेत भेटिएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। बा ५ च ६४८१ नम्बरको आफ्नै भ्यानभित्र अचेत भेटिएका सूर्यविनायक नगरपालिका–८, आर्दशका २६ वर्षीय निकेश भुजुको मृत्यु भएको हो।

झुक्याएर भारत पुर्‍याई हत्या

सिरहाको धनगढीमाई नगरपालिका–६ मोथियाही गाउँका एक युवकलाई चिनजानकै व्यक्तिले झुक्याएर भारत लगि हत्या गरेको खुलेको छ। १७ वर्षीय सुभाष यादवको भारतमा लगि गोली हानी हत्या गरिएको हो।

फरार हत्या आरोपी पक्राउ

उदयपुरमा महिलाको हत्या गरी फरार रहेका एक अभियुक्त पक्राउ परेका छन्। १० दिनअघि जिल्लाको चौडण्डीगढी नगरपालिका ७ की ४५ वर्षीया भिमा परियारको हत्या गरी फरार रहेको आरोपमा खोजीको सूचीमा रहेका २१ वर्षीय उमेश खत्री मंगलबार पक्राउ परेका हुन्।

बालिका बलात्कार गरी जलाउने पक्राउ

धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुरकी ११ वर्षीया दुतिया रसाइलीको बलात्कार तथा हत्या आरोपमा एक जनालाई पक्राउ गरी प्रहरीले मंगलबार सार्वजनिक गरेको छ। उक्त घटनाका मुख्य योजनाकार रहेको आरोपमा प्रहरीले धनुषाकै बटेश्वर–४ का २२ वर्षीय निरन भन्ने निरज जर्घामगरलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

अवैध सम्बन्धबाट जन्मेको शिशु हत्यामा संलग्न दुई पक्राउ

नवजात शिशुको हत्या आरोपमा सल्यान प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्लाको दार्मा गाउँपालिका–१ की २० वर्षीया लालमाया बुढा र सोही ठाउँमा ३३ वर्षीय केशव सुनारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बुढा र सुनारको अवैध सम्बन्धबाट जन्मिएको शिशुलाई हत्या गरेको अनुसन्धानबाट पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।

छोराले आफ्नै बुबाको हत्या गरेको पुष्टि

सल्यानका एक जनाले आफ्नै बुबाको हत्या गरेको पुष्टि भएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका–२ कारागिठी ज्यामिरेका दुर्गाबहादुर रानाले आफ्नै बुबाको हत्या गरेको प्रहरीले दाबी गरेको छ।

सुनसरीमा डेरा गरी बस्ने युवतीको हत्या

सुनसरीको रामधुनी १ मा मंगलबार बिहान एक ज्येष्ठ नागरिक सुतेकै कोठामा मृत भेटिएका छन्। ८५ बर्षे नरबहादुर क्षत्री भण्डारीको सुतेकै अवस्थामा शव फेला परेको छ। उनको टाउकोमा चोट लागेको भेटिएको प्रहरीले जनाएको छ। घटना शंकास्पद देखिएकाले अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए।

निभा र किरणले आत्महत्या गरेको आशंका

‘हामीलाई माफ गरिदिनू, तपाईंहरूको सपना हामीले पूरा गर्न सकेनौं, सरी !’ सिमापारि रक्सौलनजिकैको कंगना ढालानजिक आइतबार रेलको लिकमा मृत अवस्थामा फेला परेका दुई किशोरीको कोठामा भेटिएको ‘सुसाइड नोट’को अन्तिम वाक्य हो यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्