२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

सुनसरीमा डेरा गरी बस्ने युवतीको हत्या

इटहरी– सुनसरीको रामधुनी १ मा मंगलबार बिहान एक ज्येष्ठ नागरिक सुतेकै कोठामा मृत भेटिएका छन्। ८५ बर्षे नरबहादुर क्षत्री भण्डारीको सुतेकै अवस्थामा शव फेला परेको छ। उनको टाउकोमा चोट लागेको भेटिएको प्रहरीले जनाएको छ। घटना शंकास्पद देखिएकाले अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए।

डेरा गरी बस्ने युवतीको हत्या 

यता इटहरी ४ दिलकुमारी लिम्बूको घर डेरा गरी बस्ने एक युवाले सोही घरमा बस्ने एक महिलाको हत्या गरेका छन्। सोलुखुम्बु देउसा ४ घर भई इटहरीमा ज्यालादारी गर्ने ३६ बर्षे लालबहादुर राईले खोटाङ ज्यामिरेकी २९ वर्षीया सोनिया राईको हत्या गरेको प्रहरीले जनाएको छ। सोनियाका श्रीमान् तेह्रथुम अठराई २ का सूर्यबहादुर नेपाली ६ वर्षदेखि साउदी अरबमा छन्। 

प्रकाशित: २९ माघ २०७५ १०:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App