१० मंसिर २०८१ सोमबार
image/svg+xml

खानेपानी अभावले वीपी प्रतिष्ठान अस्पतालको सेवा पनि प्रभावित

खानेपानीको चरम अभावले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आवासिय क्षेत्रसँगै अस्पताल सेवा पनि प्रभावित हुने अवस्थामा पुगेको छ।

वीपी प्रतिष्ठानका पुर्वउपकुलपति दाससहित तीन जना भ्रष्टचारी ठहर

विशेष अदालतका न्यायाधिशद्धय बलभद्र बास्तोला र डा.खुशीप्रसाद थारुको इजलाशले प्रतिष्ठानका पुर्वउपकुलपति प्रा.डा. बलभद्रप्रसाद (वीपी) दास, अस्पताल निर्देशक प्रा.डा.अरबिन्द सिन्वा र पुर्वरजिष्ट्रार नन्दकुमार थापाले भ्रष्टचार गरेको ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको हो।

चार महिनादेखि उठ्न सकेन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठाको फोहोर

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको हाताभित्रकाे फोहोर चार महिनादेखि उठ्न सकेको छैन।

बिपी प्रतिष्ठानको निमित्त उपकुलपतिमा प्रा.डा. शर्मा

डा. शर्मालाई स्वास्थ्य मन्त्रालयले निमित्त उपकुलपतिको जिम्मेवारी दिएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोखरेलले जानकारी दिए।

‘प्रोफेसर’ लेखेपछि दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ओहोदा पद नपाउँदै ‘प्रोफेसर’ लेखेको भनी दुई जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

डेंगुबाट विराटनगरमा महिला बढी संक्रमित

देशको विभिन्न स्थानमा डेंगुका कारण बिरामी पर्नेमा पुरुषको संख्या धेरै रहेको बताउँदै, डाक्टर उराँवले भने, ‘विराटनगरको तथ्यांक अन्यत्रको भन्दा फरक रहेको छ। अरु ठाउँ बढी पुरुष संक्रमित भेटिएका छन् भने यहाँ महिला भेटिएको छ। लामखुट्टेको टोकाइबाट हुने डेंगुको संक्रमणबाट बढी महिला प्रभावित हुनुको कारण पत्ता लगाउन अध्ययन एवं अनुसन्धान सुरु गरिएको छ।’

जुम्लाका चिकित्सकले दिए सामूहिक राजीनामा

भाद्र २ गते डाक्टर करण साहमाथि प्रतिष्ठानका कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका थिए। उक्त घटनालाई अतिरञ्जित बनाइ डा.साहमाथि झुटा मुद्दा दायर गरी पक्राउ पुर्जी जारी गरेपछि तनावको अवस्था सिर्जना भएको हो।

वीपीमा पूर्वरजिष्ट्रारले आवास छाडेन, नवनियुक्त रजिष्ट्रार टेन्ट टाँगेर बस्ने तयारीमा

करिब १० महिनाअघि पदबाट राजिनामा दिएका पूर्वरजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले रजिष्ट्रार बस्ने आवास नछोडेपछि नवनियुक्त रजिष्ट्रार डा.संगौला प्रतिष्ठान परिसरमा टेण्ट टागेर बस्ने तयारी गरेका हुन्।

कर्णाली प्रतिष्ठानकै कर्मचारीबाट कुटिए डाक्टर

कर्मचारी शाहीलाई डाक्टरकाे कुरा चित्त नबुझेपछि विवाद बढ्न थाल्याे। डा. शाहले तत्काल टाँका काट्न नसकिने बताइरहेका बेला कर्मचारी शाही आक्रमणमै उत्रिए। काममा खटिएका डाक्टरलाई हात हाले। उनले हात मात्रै हालेनन् डाक्टरलाई लात्ती–लात्तीले कुटे।

चिकित्सकविहीन मुगुमा प्रतिष्ठानले पठायो विशेषज्ञ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक वर्षदेखि चिकित्सकविहीन मुगुमा विशेषज्ञ डाक्टर पठाएको छ।

स्वास्थ्य सेवा विस्तारका लागि दुई पक्षबीच सम्झौता हुने

महाबै सामुदायिक अस्पतालको एक टोली र कर्णाली स्वास्थ्य विज्ञान प्रतिषठानका डा. राजिव शाह, डा. रमेश भट्टराइबीच भएको छलफलमा महाबै सामुदायिक अस्पताललाई स्तर वृद्धि गर्न विशेषज्ञ सेवा सञ्चालन गर्ने सम्बन्धी सम्झौता हुने भएको हो।

प्रतिष्ठानमा निःशुल्क सेवा सुरु भएपछि प्रसुती गराउनेकाे संख्या बढ्याे

‘आइसियु, भेन्टीलेटर, बच्चाको लागि एनआइसियु, पिआइसियु सेवासहित विशेषज्ञ चिकित्सक थपेका छौँ,’ थापाले भने ‘यसर्थ पनि प्रतिष्ठानमा प्रसुती सेवा लिन आउने महिलाहरुको संख्यामा वृद्धि हुँदै गैरहेको छ।’

वीपी प्रतिष्ठान आर्थिकरुपमा धरासायी, १ अर्ब ४१ करोड ऋणात्मक

‘आर्थिक अवस्था नाजुक भएको कारणले प्रतिष्ठानले अस्पताल सञ्चालन, परीक्षाको कार्यक्रम र अत्यावश्यक सेवाबाहेक शिक्षक कर्मचारीले पाइराखेको सुविधासमेत स्थगित गर्नुपरेको छ,’ श्वेतपत्रमा भनिएको छ, ‘प्रतिष्ठानका विशेषज्ञ र अनुभवी चिकित्सक एवं प्राध्यापकहरुमा निराशा उत्पन्न भइ पलायन हुने अवस्था सृर्जना भएको छ।’

अब जुम्लामै डायलायसिस सेवा

उनले भने, 'अस्पतालमा मिर्गाैलारोगी आउने गरेका थिए तर उपकरण नहुँदा सेवा दिन सकेका थिएनौँ। अब जुम्ला अस्पतालमै यो समस्या समाधान हुने भएको छ।'

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविरुद्ध रिट

उपकुलपति डा. विश्वराज जोशीले प्रतिष्ठानलाई सही नेतृत्व दिन नसकेको र अन्य पदाधिकारीले पनि आफू अनुकुल नियमावली र कार्यविधि बनाएर प्रतिष्ठानलाई सक्रिय बनाउन पहल नगरेकोले उनीहरुलाई हटाउनुपर्ने मागसहित अदालतमा रिट दायर भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्