१२ मंसिर २०८१ बुधबार
image/svg+xml

उदयपुरमा अन्तर्राष्ट्रिय मापदण्डको बसपार्क

बसपार्कको संरचना निर्माणमा मूल्य अभिवृद्धि करबाहेक १९ करोड २५ लाख रुपैयाँ खर्च हुने प्राविधिक इस्टिमेट बने पनि झन्डै ३४ प्रतिशत कम वा १२ करोड ६१ लाख रुपैयाँमा रमण÷आइएसएनडी जेवीले निर्माणको जिम्मा लिएको डिभिजन कार्यालयले जनाएको छ।

काभ्रेका क्रसर–खानीको न्यूनतम मापदण्ड तोक्न सिफारिश

जिल्लामा वर्षौँदेखि अवैधानिक रुपमा सञ्चालनमा रहेका क्रसर तथा रोडा–ढुङ्गा खानीको न्यूनतम मापदण्ड तोकिदिन सिफारिश गरिएको छ।

मापदण्डविपरीत प्रवेशद्वार

बर्दिया र कैलालीको सिमानामा पर्ने चिसापानीस्थित पूर्वपश्चिम राजमार्गमा प्रवेशद्वार (गेट) सडक अतिक्रमण गरी निर्माण भइरहेको पाइएको छ।

मापदण्डविपरीत विदेशीलाई पदक

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको कपाल काट्ने लक्ष्मी ठाकुरलाई पनि समाजसेवीका रुपमा पदक सिफारिस गरिएको छ। रक्षामन्त्री आफैं सिफारिस समितिमा बसेर ठाकुरलाई सिफारिस गरेका हुन्।

म्याद सकिएको खाद्य वस्तु बिक्रीमा, अनुगमन जाँदा भागाभाग

जिल्ला सदरमुकाम सल्लेरीमा सञ्चालित अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ। सोलुदूधकुण्ड नगरपालिका र जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले संयुक्तरूपमा गरेको बजार अनुगमनको क्रममा अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको हो।

पदाधिकारी छनोट मापदण्ड

संक्रमणकालीन न्याय प्रक्रिया सफल हुन कानुनी मात्र नभएर सामाजिक वैधता, सरोकारवालाको विश्वास र सहकार्य उत्तिकै अपरिहार्य रहेको पाठ ४ वर्षको असफलताले सिकाएको छ।

गुणस्तर मापदण्ड पूरा नगर्ने ६२ उद्योग कारवाहीमा

नेपाल गुणस्तर तथा नापतौल विभागले गत आर्थिक वर्ष २०७५/०७६ मा ६२ उद्योगलाई कारवाही गरेको छ। विभागले अनुगमन र निरीक्षण गरेका एक सय ८० उद्योगमध्ये त्यतिलाई कारवाही गरिएको महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए। विभागले गुणस्तर प्रमाण चिह्न प्राप्त उद्योगको मात्र अनुगमन, निरीक्षण गर्छ।

मापदण्डविपरीत सडक बनाउँदा दर्जनौं बस्ती जोखिममा

सभाव्यता अध्ययन, त्यसपछि डिपिआर गरेर मात्र सडक खन्ने प्रावधान लत्याउँदै जहाँ मन लाग्यो त्यहाँ डोजर चलाएर पहाड चिथोर्दा सुदूरपश्चिमका थुप्रै बस्ती जोखिममा परेका छन्।

मापदण्ड विपरीतका प्रतीक्षालय हटाउनमा महानगर मौन

बागदरबारस्थित काठमाडौं महानगरपालिका कार्यालयको करिब तीन सय मिटर अगाडी सुन्धारामा एक यात्रु प्रतीक्षालय छ। त्यहाँ ठूलो विज्ञापन पनि राखिएको छ।

हटाइए मापदण्ड मिचेर बनेका घरटहरा

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मध्यपहाडी लोकमार्ग आसपासमा मापदण्ड मिचेर निर्माण गरिएका थप ६ वटा टहरा हटाएको छ। गत सोमबार मध्यपहाडी मिचेर बनाइएका चारवटा टहरा हटाएको नगरपालिकाले बुधबार थप ६ स्थानीयको टहरा हटाएको हो।

पाँचतला भनेर १७ तला बनाइयो

राधेराधे चोकस्थित करिब ६ रोपनी ३ आना क्षेत्रफलमा बनेको यो भवन अवैध रहेको मध्यपुर थिमी नगरपालिकाले जनाएका छ। सुरुमा आवासको लागि निर्माण गर्ने मापदण्ड र नक्सा बनाएर निर्माण गर्दागर्दा नक्सा परिवर्तन गरेर पाँचतारे होटल खोल्ने प्रयाश भएको नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले बताए।

मापदण्डविपरीतका टहरामा डोजर

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मध्यपहाडी लोकमार्ग आसपासमा मापदण्ड मिचेर बनाइएका टहरा हटाउन थालेको छ।

मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन सुरु

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मध्यपहाडी लोकमार्गमा पर्ने सडकखण्डको दायाँ र बायाँ मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन सुरु गरेकोे छ। मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन पटक–पटक पत्रचार गर्दासमेत स्थानीयवासीले अटेर गरेपछि सोमबारबाट नगरपालिकाको स्काभेटर प्रयोग गरेर हटाउन सुरु गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्