५ आश्विन २०८१ शनिबार
image/svg+xml

गाजाको अस्पतालमा भएको आक्रमणको एमालेबाट निन्दा

नेकपा (एमाले)ले गाजास्थित अल अहरी अरब अस्पतालमा भएको आक्रमणमा परी उपचार गराइरहेका बिरामी, चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामीका कुरुवा,आफन्त र अस्पताल परिसरमा शरण लिइरहेका नागरिक मारिएका घटनाको निन्दा गरेको छ।

महँगा स्वास्थ्य उपकरण अस्पतालका कोठामा थन्किए

लुम्बिनी प्रादेशिक अस्पतालले विशेषज्ञ सेवासहितको सेवा प्रदान गर्दै आएको छ। यस अस्पतालमा बहिरंग (ओपिडी) विभागमा दैनिक बिरामीको परीक्षण र उपचार गर्ने क्षमता पाँच सय जति रहेको छ। तर यहाँ दैनिक दुई हजार पाँच सयसम्म बिरामी उपचारका लागि आउँछन्।

बिरामीको दिमागबाट जुका निकाल्न सफलता

रहस्यमय रोगका लक्षण देखिएकी एक महिला बिरामीको दिमागबाट क्यानबेराका एक न्युरोसर्जनले छटपटाइरहेको जुका (वर्म) निकालेका छन्।

भरतपुर अस्पतालमा टेलिमेडिसिन सेवा

भरतपुर अस्पतालमा आजदेखि फोनबाट परामर्श दिने सुविधा (टेलिमेडिसिन) सुरु भएको छ। अस्पतालमा दिउँसो १२ बजेदेखि अपराह्न ३ बजेसम्म टेलिमेडिसिन सेवा लिन सकिनेछ।

कानुन छ, चेतना छैन

धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका अनुसार हालसम्म यो कन्द्रबाट ११ सय जनामा मिर्गौला प्रत्यारोपण ११ जनामा कलेजो प्रत्यारोपण भएको छ। हाल केन्द्रमा ७ सय मिर्गौला प्रत्यारोपण र ६० जना कलेजो प्रत्यारोपणको पर्खाइमा छन्।

कर्णालीका अस्पतालमा बिरामीको भीड

कर्णालीका विभिन्न जिल्लामा आँखा पाक्ने रोग देखापरेको छ। सुर्खेत, दैलेख र कालिकोटका स्वास्थ्य संस्थामा उपचारका लागि आउने आँखाका रोगीहरूको भीड नै लाग्ने गरेको छ।

वीर अस्पतालमा सुविधासहितको विशिष्ट कक्ष

वीर अस्पतालले थप शैय्या र सुविधासहित विशिष्ट कक्ष सञ्चालन गरेको छ । नयाँ सर्जिकल भवनमा तीन शैय्या थप गरेर सुविधा सम्पन्न कक्ष सञ्चालनमा ल्याइएको हो।

लहान अस्पतालमा रेविजविरुद्धको खोप अभाव

लहान अस्पतालमा पछिल्लो नौ दिनयता रेविजविरुद्धको खोप अभाव भएपछि बनैँताजस्तै अन्य बिरामी महङ्गो शुल्क तिरेर निजी क्लिनिकमा जान बाध्य छन्।

सल्लाहकार दाहालको निधनबाट माओवादी केन्द्र स्तब्ध

नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पुष्पकमल दाहालका जीवनसंगिनी एवं पार्टीका सल्लाहकार सीता दाहालको निधनबाट सिंगाे पार्टी स्तब्ध भएको जनाएको छ।

क्यान्सर अस्पतालमा राजनीतिक दाउपेच

अहिले प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल छन् भने स्वास्थ्यमन्त्री कांग्रेसका मोहनबहादुर बस्नेत छन् ।यी दुवै सञ्चालक समितिमा बहुमत पुर्‍याएर कार्यकारी निर्देशक आफ्नो बनाउने कोसिसमा छन् ।आफ्नो स्वार्थका लागि सरकारले अहिलेसम्म सञ्चालक समिति नियुक्ति नगरेर सेवा प्रभावित बनाएको छ।

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ। ‘एन्टी रेबिज भ्याक्सिन’ हालसम्म सेवाग्राहीलाई अस्पतालबाट निःशुल्करूपमा प्रदान गर्दै आएकामा अस्पतालमा खोपको मौज्दात सकिएकाले सो सेवा दिन नसकेको एक सूचनामार्फत जानकारी गराइएको छ।

देशभरका अस्पतालमा सुरक्षाको व्यवस्था गर्न चिकित्सकको माग

नेपाल चिकित्सक सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा सुरक्षाको व्यवस्था गर्न माग गरेको छ।

वीर अस्पतालमा एमआरआईको पालो दुई सातापछि !

सरकारले ‘विशिष्टीकृत सेवामा नागरिकको सर्वसुलभ पहुँच’ को नारा अघि सारेकै बेला देशकै जेठा र ठूलो अस्पताल राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमै एमआरआई गर्न बिरामीले दुई साताभन्दा बढी समय कुर्नुपरेको पाइएको छ।

तराईमा तातो हावाको खतरा

विगत केही दिनयता देशका विभिन्न स्थानमा बढ्दै गरेको गर्मी आगामी केही दिनसम्म जारी रहने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

भेरी अस्पतालमा सेवा स्तरोन्नत्ति

बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालले आकस्मिक सेवाको स्तरोन्नति गरेको छ। अहिलेसम्म १५ शय्या रहेकामा अब आकस्मिक सेवामा ३० शय्या पुयाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्