२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

चार्टरभन्दा नियमित उडान भाडा महँगो

नियमित हवाई भाडादर चार्टर उडानभन्दा झन्डै दोब्बर निर्धारण भएको छ। यो भडादर बुधबारदेखि लागू हुनेछ। नियमित उडानको नयाँ भाडा लकडाउन (चैत) अघिको तुलनामा भने झन्डै सात गुणासम्म महँगिएको छ।

भारतमा चार्टर्ड र नियमित दुवै उडान नहुने

भदौ १६ देखि सुरु हुने अन्तर्राष्ट्रिय उडानबाट भारतमा रहेका नेपाली भने स्वदेश फर्कन नपाउने भएका छन् ।

नियमित उडानमा पर्यटक आउन नपाउने

सरकारले भदौ १६ देखि सर्तसहित नियमित उडान सञ्चालनमा ल्याउने तयारी गरेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक नेपाल नागरिक उड्ययन प्राधिकरणले आवश्यक तयारी थालेका छन् ।

दुबईमा अड्किएका नेपाली लिन निगमको जहाज उड्यो

चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई उडेको निगमको जहाज दिउँसो ४ः१५ बजे काठमाडौँ आइपुग्ने तालिका छ। दुबईबाट २६० भन्दा बढी यात्रु लिएर वाइडबडी जहाज साँझ काठमाडौँ आइपुग्ने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए।

५१ हजार नौ सय ६३ स्वदेश फर्किए

गत जेठ अन्तिमबाट सुरु भएको उद्धार उडानमार्फत मंगलबारसम्ममा ५१ हजार नौ सय ६३ नेपाली स्वदेश फर्केका छन् ।

स्वास्थ्य सुरक्षा मापदण्डबिनै उडान

नेपालगन्जबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हुने ‘उद्धार’ उडानका क्रममा एयरलाइन्स कम्पनीले ‘स्वास्थ्य सुरक्षा मापदण्ड’ पालना गरेका छैनन्। कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण सरकारले विगत चार महिनादेखि नियमित उडान बन्द गर्दै आएको छ। सडक सुविधा नपुगेका पहाडी जिल्लाका लागि भने उद्धार उडान हुँदै आएको छ। उद्धार उडान भर्ने क्रममा सरकारले लागू गरेको उक्त मापदण्डलाई एयरलाइन्स कम्पनीले नेपालगन्जमा पालना नगरेका हुन्।

बन्दाबन्दीमा स्वदेश फर्कनेमा वाग्मती प्रदेशका बढी

कोभिड–१९ का कारण नियमित अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएको अवस्थामा सबैभन्दा बढी वाग्मती प्रदेशका नागरिक स्वदेश फर्केका छन् । यही साउन ३० गतेसम्म स्वदेश फर्किएका ५१ हजार ४४१ मध्ये १४ हजार २५७ वाग्मती प्रदेशका रहेका कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले जनाएको छ ।

विदेशमा अलपत्रको उद्धार गर्न ७५ करोड

मलेसियास्थित राजदूतावासले करिब आठ सयलाई निःशुल्क उद्धार गर्न तीन करोड ३६ लाख रूपैयाँ माग गरिसकेको छ ।

हवाई उडानबारे आज निर्णय

लकाउनसँगै चैतबाट बन्द रहेको नियमितव्यावसायिक उडान भदौ १ बाट सञ्चालनमा ल्याउने तयारी छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा स्वास्थ्य, गृह र परराष्ट्र मन्त्रालयका सचिवस्तरीय छलफलबाट तोकिएको मापदण्डका आधारमा हवाई सेवा सञ्चालन गर्ने तयारी चलिरहेको हो।स्वास्थ्य मन्त्रालयले मापदण्डमा स्वीकृति दिन बाँकी रहेकोले आइतबार (आज) यस विषयमा निर्णय हुने पर्यटन मन्त्रालय स्रोतले बतायो।

दर्जन वायुसेवा भदौ १ बाट अन्तर्राष्ट्रिय उडान भर्न इच्छुक

भदौ १ देखि नेपालमा व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय उडान भर्न अनुमति माग्दै दुई स्वदेशीसहित १२ विमान कम्पनीले नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणमा आवेदन दिएका छन् ।

अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक, कुन एयरलाइन्सका कति उडान

विदेशमा अलपत्र नेपालीको उद्धारका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेका छन् ।

विमानस्थलमा एकैदिन १६ अन्तर्राष्ट्रिय उडान

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज एकैदिन १६ वटा आन्तरिक उडानका जहाज आवतजावत गरेका छन् । आन्तरिकतर्फ यो बन्दाबन्दी शुरु भएयताकै सबैभन्दा बढी चार्टर्ड उडान हो । यसअघि असारको दोस्रो साता दैनिक १० देखि १४ वटासम्म आन्तरिक उडान भएका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्