७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

थप ५४ उद्धार उडानको अनुमति

कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि थप ५४ उडान हुने भएका छन्। सरकारले दिएको अनुमति अनुरूप नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्ससहित विदेशी कम्पनीहरुले चौथो चरणको उडान तालिका सार्वजनिक गरेका हुन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी विमान कम्पनीले१८–१८ उडानका लागि अनुमति पाएका छन्। उक्त उडान संख्या समय अनुसार थप हुन सक्ने समेत मन्त्रालयले जानकारी दिएको छ। बिहीबार सुरु हुने उद्धार उडान साउन २४ सम्म चल्नेछन्। विदेशस्थित नेपाली नियोगमा नाम दर्ता गराएर स्वदेश फर्कन इच्छुक नेपाली अझै धेरै रहेकाले संख्याको आधारमा उडानसंख्या थप हुनसक्नेमन्त्रालयले जनाएको छ।

सरकारले भदौ १ गतेदेखि घरेलु र अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालनको तयारी गरेको छ। त्यसअघि १५ दिन बाँकी रहेकाले सो अवधिसम्मको लागि थप उद्धार उडानको अनुमति दिएको हो। सरकारको निर्देशन अनुसार नै नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेका छन्।

नेपाल एयरलाइन्सका प्रवत्ता अर्चना खड्काका अनुसार साउन १६ मा काठमाडौं–दुबई र काठमाडौं–मलेसियाको उडान तालिका छ।ती उडानसाउन १७ गते नेपाल फर्कने छन्।

त्यस्तै, साउन १७ मा मलेसिया र दुबईको उडान तालिका छ।१८ मा जेद्दाह र दुबईको उडान तालिका छ।१९ मा नारिता र दुबई उडान हुनेछ भने २० मा दोहा र दुबईउडान तालिका छ।  

साउन २१ मा रियाद र दमामउडान हुनेछ भने रियादको उडान सोही दिन नेपाल फर्कनेछ।

साउन २२ गते रियाद र दुबई २३ गते रियाद र दमामको उडान छ। रियादबाट सोही दिन विमान नेपाल फर्कनेछ। २४ गते जेद्दाह र दुबई उडान हुनेछ। जेद्दाहको उडानसमेत सोही दिन काठमाडौं फर्कने छ।

त्यस्तै, हिमालय एयरलाइन्सलेसाउन १५ देखिको उडान तालिका सार्वजनिक गरेको छ। हिमालयले साउन १५ र १७ गते काठमाडौं–कुवेत र १६ गते चीनको कुनमिङ, दोहा र युएई उडान भर्नेछ।  

त्यस्तै, साउन १९ र २१ मा कतारको उडान छ। १७, १८ र २० गते युएई उडान भर्ने जनाइएको छ।१८,१९,२२ र २३ गते मलेसिया उड्ने हिमालयको योजना छ। कम्पनीले साउन २० देखि २३ सम्म साउदी उडान भर्ने जनाएको छ। उडान तालिकासँगै हिमालयले भाडादरसमेत सार्वजनिक गरेको छ।  

कुवेतको चार सय १०, कुनमिङको चार सय ४५, दोहाको तीन सय ९२, युएईको तीन सय ८५, मलेसियाको तीन सय ७२ र साउदी अरेबियाको चार सय ६५ डलर भाडा तोकिएको कम्पनीले जनाएको छ।

अध्यागमन विभागको तथ्यांक अनुसार गत जेठ २३ गतेदेखि दुई सयभन्दा बढी उद्धार उडानमार्फत ३४ हजारभन्दा धेरै नेपाली स्वदेश फर्किसकेका छन्। 

प्रकाशित: १४ श्रावण २०७७ ०४:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App