७ पुस २०८२ सोमबार
image/svg+xml

बारामा तस्कर र प्रहरीबिच गोली हानाहान

भन्सार छलीका मालवस्तुलाई नियन्त्रणमा लिन खोज्दा नेपाल प्रहरी र तस्कर समूहबिच आइतबार राति गोली हानाहान भएको छ।

लुम्बिनी प्रदेश : प्रज्ञा प्रतिष्ठानको विधेयक प्रदेश सभामा पेस हुने

लुम्बिनी प्रदेशमा प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने लक्ष्य लिएको प्रदेश सरकारले यसको स्थापनाका लागि कानुनी प्रकृया अगाडि बढाएको छ।

‘जेन-जीको मतअनुसार चुनावमा आयाैं’

मध्यमवर्गीय किसान परिवारमा २०२४ फागुन ११ मा रोल्पाको परिवर्तन गाउँपालिका– ३ इरिवाङको केवरीमा जन्मिएका नेत्रविक्रम चन्द ‘विप्लव’ ले २०३९ सालमा स्कुले जीवनमा अखिल छैटौंबाट राजनीतिक यात्रा सुरु गरेका थिए।

आजदेखि लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन

प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।

जेनजीका न्यायोचित माग पूरा गर्न जसपा नेपालको माग

जनता समाजवादी पार्टी (जसपा) नेपालले उठाउँदै आएका २८ बुँदे मुख्य माग र राष्ट्रिय मुद्दाहरू सार्वजनिक गरेको छ।

अमेरिकी भिसा नपाएपछि ३८ वर्षीया महिला डाक्टरले देहत्याग गरिन्

शनिबार ढोका नखोलेपछि घरेलु कामदारले परिवारलाई खबर गरेकी थिइन्। परिवारले ढोका फोड्दा रोहिणी मृत अवस्थामा भेटिएकी थिइन्।

दुर्गमका छात्रालाई ‘नइ कपिल विद्यापदक’

डोल्पा, हुम्ला, बाजुरा र दार्चुला जिल्लाका सुमित्रा बूढा, सौमती शाही, प्रतीक्षा विष्ट र इशारा कोट्टारीलाई जनही तीसतीस हजार रुपियाँ राशि सहित ‘नइ कपिल विद्यापदक’ समर्पण गरिएको छ।

रामजानकी विवाह महोत्सव पाँचौँ दिन: आज मटकोर मनाइँदै

बिहीबारदेखि जनकपुरधाममा सुरु भएको सप्ताहव्यापी रामजानकी विवाह महोत्सव अन्तर्गत पाँचौँ दिन आज मटकोर कार्यक्रम मनाइँदै छ।

मध्यपहाडी राजमार्ग : पोखराको हरिचोक-याम्दी खण्ड स्तरोन्नति अन्तिम चरणमा

तोकिएको समयमा काम नसकिएपछि पहिलो पटक विसं २०८१ साउन १४ गते र दोस्रो पटक २०८१ चैत ५ गतेसम्म म्याद थप गरिएको थियो।

अटिजम विषयक चलचित्र ‘मौन’ को टिजर सार्वजनिक

सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण भएको बहुप्रतिक्षित डकुड्रामा ‘मौन’ को आधिकारिक टिजर सार्वजनिक गरिएको छ।

भारतका रक्षामन्त्रीले ‘सिन्ध फेरि भारतमा आउन सक्छ’ भनेपछि भड्कियो पाकिस्तान

यो बयानपछि पाकिस्तानको विदेश मन्त्रालयले कडा बयान जारी गरेको छ।

तीन हजार दुई सय मिटर उचाइमा रहेको जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन

म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवं धार्मिक पर्यटकीयस्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको छ।

जब गब्बर सिंहले प्रेमिकालाई धम्काए ‘विवाह नभए तिम्रो तीन पुस्तालाई सिध्याइदिन्छु’

पछि शेहला अलीगढ सरिन्, अमजदलाई चिठी लेख्न थालिन्। बिरामी परेर मुम्बई फर्किएपछि उनले अमजदसँग फारसी कक्षा लिन थालिन्।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव विवादपछि रक्षा बम भन्छिन् : रगतको अपमान भयो

जेनजी अगुवा रक्षा बमले प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई पदमुक्त गर्न माग गरेकी छन्।

विराटनगरमा स्रष्टाद्वय श्रीओम श्रेष्ठ ‘रोदन’ र केदारप्रसाद रेग्मी सम्मानित

विराटनगरमा स्रष्टाद्वय श्रीओम श्रेष्ठ ‘रोदन’ र केदारप्रसाद रेग्मीलाई सम्मान अर्पिएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्