२१ असार २०८१ शुक्रबार
image/svg+xml

तेह्रौं राष्ट्रिय पुस्तकालय दिवस भर्चुअल हुने

कोरोना महामारी र रोकथामका लागि जारी निषेधाज्ञाका कारण यस वर्षको १३ औँ राष्ट्रिय पुस्तकालय दिवस ‘समाज रुपान्तरणका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यका साथ भर्चुअलरुपमा मनाइने भएको छ ।

‘अर्थतन्त्रमा कोरोना कहर’ सार्वजनिक

आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीको पुस्तक ‘अर्थतन्त्रमा कोरोना कहर’ (ई–बुक संस्करण) मा सार्वजनिक भएको छ।

मनोचिकित्सकको संसारको कथा

आफ्नो दशकौँ लामो मानसिक चिकित्साको अनुभवलाई लिपिबद्ध गरिएको यो पुस्तक डा. शर्माको आत्मजीवनी पनि हो। विशेषगरी आधुनिक कालखण्डमा सुरु भएको नेपालको मनोरोग चिकित्साको इतिहास र अवस्थालाई यो पुस्तकले बुझ्न मद्दत पु-याउँछ।

शिखा बुक्सले ल्यायो चार नयाँ पुस्तक

नागरिक चार महिना लामो लकडाउनले संकटमा पारेको पुस्तक व्यवसायलाई सहजीकरण हुँदै गर्दा शिखा बुक्सले भर्खरै चार वटा पुस्तक बजारमा ल्याएको छ । जसमा दलिप कुमार मल्लको कथासंग्रह ‘कलावती’ नरबहादुर बिसीको खोजअनुसन्धानात्मक कृति ‘मान्छे टोक्ने बोक्सी’, निर्माेही व्यासको संस्मरण ‘मायामहल’ र पूर्व मन्त्री तथा राजनीतिज्ञ जयप्रकाश गुप्ताको संस्मरण ‘अख्तियारको थुना : मेरो सम्झना’ को चौथो संस्करण बजारमा ल्याएको छ ।

पत्रकार अधिकारीको कविता संग्रह सार्वजनिक

पत्रकार तथा कवि रमेशचन्द्र अधिकारीको कविता संग्रह ‘बुढो गौंडा र इष्टेनीहरू’ सार्वजनिक भएको छ । शनिबार शिल्पी थिएटरमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् तुलसी दिवसद्धारा संग्रह सार्वजनिक गरिएको हो । पुस्तक सार्वजनिक गर्दै साहित्यकार दिवसले ‘बुढो गौंडा र इष्टेनीहरु’ कविता संग्रहले पूर्वाञ्चलको पुरानो मुकामको रुपमा अवस्थित धनकुटा बजार अर्थात गौडालाई उजागर गरेको बताए ।

खाद्यसुरक्षाका सिद्धान्तहरू तथा पद्धतिहरू विमोचन

स्वास्थ्य खवाईकालागि दिघो,यथेस्ट तथा सुरक्षित खाद्य विषय-बस्तुमा आधारित भएर लेखिएको पुस्तक ‘खाद्यसुरक्षाका सिद्धान्तहरू तथा पद्धतिहरू’ शनिबार साँझ विमोचन भएको छ । यो पुस्तक नेपाल, संयुक्त राज्य अमेरिका, क्यानाडा, अष्ट्रेलियालगाएतका देशहरूमा रहेका ४९ वैज्ञानिक र प्राज्ञ व्यक्तिहरू द्धारा लेखिएको हो ।

जितेन्द्र रसिकको ‘पव्लिक स्पिकिङ’ सार्वजनिक

लेख जितेन्द्र रसिकले नेपाल जस्तो विकासोन्मुख मुलुकमा पनि सञ्चार र सञ्चारगृह व्यावसायिक रूपमा अघि बढ्न थालेको इतिहास धेरै लामा नभएको र पछिल्लो समय सञ्चार क्षेत्रमा आकर्षण भने बढ्दो रहेको बताए ।

कृषि अभियान्त राईको पुस्तक लोकापर्ण

कृषि अभियान्त जिवनप्रसाद राईको समृद्धिको आधार कृषि पर्यटन अभियानताको देशाटन अनुभव नामक यात्रा संस्करण पुस्तक लोकार्पण भएको छ । वरिष्ठ साहित्यकार एवं मदन पुरस्कार बिजेता झमककुमारी घिमिरेबाट उक्त पुस्तक लोकापर्ण गरिएकोे हो । साहित्यकार घिमिरेको घरमा आयोजित कार्यक्रममा पुस्तक लोकापर्ण भएको हो ।

नाछिरिङ भाषाको पाठ्यपुस्तक विमोचन

किरात रदु नाछिरिङ साखाम केन्द्र काठमाडौंको पहलमा बनाइएको रामकुमार नाछिरिङ संयोजकत्वको पाठ्यक्रम तथा पाठ्यपुस्तक लेखन समितिले तयार पारेको पाठ्यपुस्तक साखामकै केन्द्रीय कार्यालय नारायणचोक कपनमा विमोचन गरिएको हो ।

त्यागिएको अनुभूतिको आख्यान: परित्यक्ता

छोटा–छरिता वाक्य, बारम्बार दोहोरिइरहने केही पदावली र वाक्यको लय, विम्बमय वर्णन कुशलता, नारीमाथि समाजमा भएका विभेदसँगै प्राकृतिक जीवनयात्राका गहिरा चिन्तनले परित्यक्ता उपन्यासलाई पठनीय बनाएका छन्।

लिम्पियाधुरासमेतको भूभाग समेटिएको पुस्तक प्रकाशनको तयारी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुरासमेतको भूभाग समेटिएको नक्सासहितको पुस्तक प्रकाशनको तयारीमा मन्त्रालय रहेको बताएका छन्।

बैतडीमा पाठ्यपुस्तक अपुग

बैतडीमा केही स्थानीय तहमा पाठ्यपुस्तक अपुग भएको छ। दशरथचन्द नगरपालिका र सिगास गाउँपालिकाका विद्यालयमा केही विषयका पाठ्यपुस्तक अपुग भएका हुन्। कक्षा ६ देखि ८ सम्मका अंग्रेजी, विज्ञान, सामाजिक अध्ययन, नैतिक शिक्षा, स्वास्थ्य तथा शारिरिक शिक्षा र कम्प्युटर विषयका पाठ्यपुस्तक अभाव भएको बताइएको छ।

घरघरमै पुगेर पाठ्यपुस्तक वितरण

सामुदायिक विद्यालयहरूले विद्यार्थीलाई पाठ्य पुस्तक वितरण गरिरहेका छन् भने नीजि विद्यालयले पनि शिक्षणको नयाँ वैकल्पिक माध्यबाट अप्रत्यक्ष अध्ययनको नीति अबलम्न गरिरहेको बताएका छन्।

‘सपनाको देश’ पुस्तक लोकार्पण

अभिनव साहित्य समाजले साेमबार २९ गते २०७ औं भानु जयन्ती विशेष कार्यक्रम सम्पन्न गरेको छ । प्रजातान्तित्रक जन गणतन्त्र कोरियाका नेपालका लागि महामहिम राजदूत श्री चो यो मानको प्रमुख आतिथ्य र प्रतिनिथि सभाका माननीय सांसद श्री कृष्ण राई, वागमती प्रदेशका सांसद श्री छिरिंग दोर्जे लामाको विशेष आतथ्यिमा वेदमणि घिमिरेद्वारा उत्तर कोरिया भ्रमणमा आधारित भएर लेखिएको ‘सपनाको देश’ नामक पुस्तकको लोकार्पण भयो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्