१५ मंसिर २०८१ शनिबार
image/svg+xml

माझीबस्तीमा कम्प्युटर सिक्न होडबाजी

दिप्रुङ चुइचुम्मा गाउँपालिका–४, बतासे भँडारेघाटस्थित पञ्चकौशिका आधारभूत विद्यालयमा कक्षा ६ मा पढ्ने मञ्जु माझी विद्यालयमा कम्प्युटर टाइप सिकिरहेकी छिन्। विद्यालयकै कक्षा ८ का विद्यार्थी रामबहादुर माझी, कक्षा ७ कि छात्रा रचना माझी, सरस्वती राई, अभिशेष राई र विवस भुजेल पनि मञ्जुसँगै कम्प्युटर सिक्नमा व्यस्त छन्। विद्यार्थीको हात कम्प्युटरको किबोर्ड र माउसमा सलबलाइरहेका थिए भने आँखा स्क्रिनमा।

पाँच वडामा १८ वटा क्रसर र बालुवा उद्योग

सिन्धुलीको सुनकोसी गाउँपालिकामा बालुवा उद्योगको नाममा जथाभावी उत्खनन् भइरहेको छ। सुनकोसी गाउँपालिकाको पाँच वडामा १८ वटा बालुवा तथा क्रसर उद्योग दर्ता भइ अत्याधिक दोहन भइरहेको हो।

वन र खेत मासेर सडक नबनाउन भन्दै निवेदन

खोटाङको बराहपोखरी गाउँपालिका–१ वडा कार्यालयले सामुदायिक वन तथा खेतीयोग्य जमिनलाई क्षति पुर्‍याएर सडक निर्माण गरेको भन्दै खोटेहाङ गाउँपालिका–७, लिच्किराम्चे कालापानीका बासिन्दाले विरोध गरेका छन्। यसरी क्षति पुर्‍याएर बराहपोखरी–रुम्दु–अजिंगरे सडक निर्माण सुरु गरिएको भन्दै विरोध भएको हो।

खोला खन्न हानथाप

केही दिनअघि बबई गाउँपालिकाले ठेक्का लगाएका खोलाबाट जथाभाबी उत्खनन गरिरहेको अवस्थामा भेटिएका स्काभेटर र केही टिपरलाई जिल्ला अनुगमन समितिले नियन्त्रणमा लियो। स्काभेटर र ती टिपरधनीलाई अनुगमन समितिले कागज गराएर छोडिदियो। तर आफूले ठेक्का लगाएका खोलामा हस्तक्षेप गरेको भन्दै बबई गाउँपालिका जिल्ला अनुगमन समितिविरुद्ध खरो रुपमा उत्रियो। गाउँपालिकाले जिल्ला समन्वय समितिका संयोजक नेतृतवको अनुमगन समिति विकास निर्माणमा बाधक बनेको आरोप लगायो।

थपेको म्याद गुज्रिँदा पनि बनेन स्वास्थ्यचौकी भवन

थप गरिएको म्याद गुज्रँदासमेत खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१, याम्खास्थित स्वास्थ्यचौकी भवन निर्माण पूरा हुन सकेको छैन। सम्झौताअनुसार २०७४ असार मसान्तभित्र हस्तान्तरण गरिसक्नुपर्ने स्वास्थ्यचौकी भवन निर्माण नसकिएपछि पुनः थप गरिएको म्याद पनि गत मंसिरमै गुज्रिसकेको छ। तर भवन निर्माण पूरा भएको छैन। भवन निर्माणमा ठेकेदारको चरम ढिलासुस्ती देखिएको स्थानीय बासिन्दाको गुनासो छ।

उदयपुरमा तामा र सिमेन्ट खानी फेला

उदयपुरको पश्चिम पहाडी गाउँपालिका ताप्लीमा तामा र सिमेन्ट खानी भएको प्रारम्भिक तथ्य फेला परेको छ। गाउँपालिकाको वडा नं. ३ को इनामे र ५ को रुपाटारसँग जोडिएको खानीडाँडामा तामाखानी र ४ नं. को ठानागाउँ टाउकेडाँडामा सिमेन्ट खानी भएको प्रारम्भिक अनुसन्धानले देखाएको स्थानीयले बताएका छन्।

धादिङमा पहिरोले पुरिएर दुई बेपत्ता

उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा नम्बर ४, हिन्दुङमा पहिरोमा पुरिएर दुई जना बेपत्ता भएका छन्। लगातार हिमपातपछि गएको पहिरोमा परी स्थानीय १८ वर्षीय धनबहादुर तामाङ र ४५ वर्षीय नुर्बु तामाङ हराएका हुन्। स्थानीय र प्रहरी मिलेर उनीहरूको खाजी गरिरहेका छन्।

खाडाँदेवी गाउँपालिकामा ल्हाेसारकाे सार्वजनिक विदा

खाडाँदेवी गाउँपालिकाले तामाङहरुको महान पर्व सोनाम ल्होसारमा एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ।

गाउँपालिका उपाध्यक्षनै मूर्ति तस्करीमा संलग्न

डोल्पामा गाउँपालिकाका उपाध्यक्ष नै बौद्ध मूर्ति तस्करीमा संलग्नता रहेको पाइएको छ। उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष मलामटसी गुरुङ प्राचिन बौद्ध मूर्ति तस्करीमा संलग्नता रहेको पाइएको हो।

घट्दै राउटे जनसंख्या

पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायका नागरिकलाई दैलेखको गुराँस गाउँपालिकाले पहिलोपटक २०७५ असार ३० गते स्थायी परिचयपत्र दियो। त्यतिबेला राउटेको जनसंख्या एक सय ४९ थियो। पुसको अन्त्यतिर उनीहरूलाई भत्ता वितरण गर्दा निकालिएको तथ्यांकका आधारमा एक सय ४५ जनालाई भत्ता वितरण गरियो।

सुत्केरी गाईभैंसीलाई भत्ता

झन्झटिलो मानेर पछिल्लो समय गाउँघरतिर पशुपालन गर्न बिस्तारै कम हुँदै गएको छ। यसले गर्दा पशुजन्य पदार्थको आयात पनि वृद्धि हुँदै गएको छ। यही तथ्यलाई ध्यान दिँदै नुवाकोटको किस्पाङ गाउँपालिकाले स्थानीय बासिन्दालाई पशुपालनमा आकर्षित गर्ने योजना बनाएको छ।

बिनाअनुमति ड्रोन क्यामेरा प्रयोग

कुनै पनि प्रयोजनका लागि ड्रोन क्यामेरा चलाउनुपर्ने अवस्था आए गृह मन्त्रालयको स्वीकृति लिनुपर्ने प्रावधान छ। तर सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा यस्तो स्वीकृति नै नलिई ड्रोन क्यामेरा प्रयोग भइरहेको छ। उक्त गाउँपालिकाको वृत्तचित्र बनाउन ड्रोन प्रयोग भइरहेको हो।

सूर्याेदयबाट झुल्किँदै समृद्धिकाे किरण

‘यो नगरले जेजस्ता काम गरिरहेको छ, हामी यहाँबाट धेरैथोक सिक्दैछौं,’ माइजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राईले जिल्लाको सूर्याेदय नगरपालिकाका कामको समीक्षा गर्दै सार्वजनिक समारोहमा भने, ‘सूर्याेदयको कामले हामीलाई समृद्धिको प्रेरणा दिएको छ।’

चैतदेखि धसिंगरे तेल उत्पादन गरिने

रसुवाको कालिका गाउँपालिका–२ स्याउबारीमा रहेको धसिंगरे तेल उत्पादन केन्द्रले आगामी चैतदेखि तेल उत्पादन सुरु गर्ने भएको छ। तीन वर्षदेखि बन्द रहेको केन्द्र पुनः सञ्चालनमा ल्याउन लागिएको हो।२०७२ वैसाख १२ गते आएको भूकम्पको कारण केन्द्रमा क्षति पुगेपछि उत्पादन बन्द भएको थियो।

प्रस्ताव नै नगरी गाउँपालिकाको नाम परिवर्तन

रसुवाको कालिका गाउँपालिकाको नाम परिवर्तनको विषय गाउँसभामासमेत उठेको छैन। तर कर्मचारी समायोजन फारममा भने गाउँपालिकाको नाम परिवर्तन गरेर शुभकालिका गाउँपालिका राखिएको छ। गाउँसभाबाट पारित नै नभएको नाम आएकोमा अचम्म लागेको गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्