१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

बिनाअनुमति ड्रोन क्यामेरा प्रयोग

सोलुखुम्बु – कुनै पनि प्रयोजनका लागि ड्रोन क्यामेरा चलाउनुपर्ने अवस्था आए गृह मन्त्रालयको स्वीकृति लिनुपर्ने प्रावधान छ। तर सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा यस्तो स्वीकृति नै नलिई ड्रोन क्यामेरा प्रयोग भइरहेको छ। उक्त गाउँपालिकाको वृत्तचित्र बनाउन ड्रोन  प्रयोग भइरहेको हो।

उक्त प्रयोजनका लागि काठमाडौंको अनामनगरस्थित वल्र्ड वाइड प्रोडक्सन मिडिया प्रालिले ड्रोनमार्फत नेचासल्यानका महŒवपूर्ण दृश्य खिचिरहेको छ। ड्रोन प्रयोगका लागि कम्पनीलाई गाउँपालिकाले अनुमति दिएको जनाएको छ। तर स्थानीय तहलाई यस्तो अनुमति दिने अधिकार नभएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी बताउँछन्।

यता गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोला भने गाउँपालिकाको कामका लागि अरू कुनै निकायसँग स्वीकृति लिइरहनु नपर्ने तथा ड्रोन प्रयोगको अनुमति दिने अधिकार स्थानीय तहमै रहेको जिकिर गर्छन्। सोलुखुम्बु जिल्ला प्रशासन कार्यालयले पनि ड्रोन क्यामरा प्रयोग गर्दा गृह प्रशासनसँग अनुमति लिनुपर्ने जनाएको छ। गृहबाट अनुमति लिएपछि स्थानीय प्रहरी प्रशासनलाई खबर आउनुपर्ने र प्रहरीको निगरानीमा मात्र ड्रोन प्र्रयोग गरिनुपर्ने प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगर बताउँछन्।

गाउँपालिकाले वृत्तचित्र निर्माणका लागि वल्र्ड वाइडसँग ४ लाख ९५ हजार रुपैयाँमा सम्झौता गरेको प्रवक्ता धर्मध्वज खत्रीले जानकारी दिए। सोही सम्झौताबमोजिम यहाँका धार्मिक, सांंस्कृतिक तथा पर्यटकीय क्षेत्रका दृश्य ड्रोनबाट कैद भइरहेको उनले बताए।

प्रकाशित: १० माघ २०७५ ०५:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App