गुठी पीडित किसानलाई न्याय कहिले ?
हेलम्बु गाउँपालिका वडा नं. ७ भञ्ज्याङका हरिप्रसाद चापागाईको पुस्ताले कमाएको गुठी जग्गा ७ वर्षको संघर्षपछि २०५८ सालमा मोही पुर्जा प्राप्त गरे। हरिप्रसादले महाकालेश्वरी महादेवको मन्दिरमा पूजा गर्छन्। हरेक वर्ष जनैपूर्णिमा र ऋषिपञ्चमीमा त्यस मन्दिरमा मेला लाग्छ। त्यसबेला पनि गुठी जग्गा कमाउने लगायत सबैले धुमधामले पूजा गर्छन्। तर, त्यही मन्दिरको नाममा पूजा गर्ने भनेर नै गुठी जमिन राखिएको छ। १५ किसान परिवारले त्यो जग्गा जोतभोग गरेर आफ्नो जीविका धानेका छन्।