महावुमा एनसिसीको शाखा
नेपाल क्रेडिट एन्ड कमर्स बैंकले दैलेखको महावु गाउँपालिका–४, महावुमा नयाँ शाखा खोलेको छ।
नेपाल क्रेडिट एन्ड कमर्स बैंकले दैलेखको महावु गाउँपालिका–४, महावुमा नयाँ शाखा खोलेको छ।
यार्सागुम्बा संकलन गर्न लेक पुगेका सर्वसाधारणबाट गाउँपालिका र वडाले तीन तहको कर असुली गर्न थालेका छन्। गाउँपालिका तथा वडाले सिमानाभित्र रहेका यार्सागुम्बा पाइने पाटन तथा लेकमा प्रवेश गर्न गाउँपालिकाभित्रका बासिन्दा, जिल्लाभित्र र बाहिरका संकलकको तीन तह निर्धारण गरी कर असुली गर्न थालेका हुन्। कर असुली गर्नेमा साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका, बुगल नगरपालिका १ र २ वडा छबिसपाथिभेर ७ वडा र दुर्गाथली गाउँपालिका १ वडा रहेका छन्।
नुवाकोटको तारकेश्वर गाउँपालिका–४ सिरानटोल स्थित बुधसिंहको दलित बस्तीमा १० दिनदेखि बत्ती नहुँदा आधा गाउँ नै अन्धकारमा बस्नुपरेको छ। दश दिनदेखि ४ नम्बर कार्यालय परिसर र चन्दनी माथितिरको गाउँ बस्तीमा बत्ती नभएपछि स्थानीय ठूलो मर्कामा परेको गाउँपालिका अध्यक्ष रमेश वस्तीले बताए।
सानीभेरी गाउँपालिकाले चालू आर्थिक वर्षमा प्राकृतिक प्रकोपपीडित र विपन्न बिरामीलाई रु १५ लाख वितरण गरेको छ।
जिल्लाको बडिगाड गाउँपालिका–३ सिसाखानीमा खानेपानीको चरम समस्या देखिएको छ। भौगोलिक विकटता र खानेपानी मुहानको समस्याका कारण सिसाखानीमा खानेपानीको समस्या देखिएको हो।
दक्षिण पर्वतको पैँयु गाउँपालिका–६ स्थित चेतकुमारी आलेको घरमा कोही नभएको मौका पारी चोरी गर्ने कार्यमा संलग्न दुईलाई इलाका प्रहरी कार्यालय हुवास पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पैँयु गाउँपालिका–६ बस्ने ३६ वर्षीय नारायण आले र २६ वर्षीय सोम राना रहेका छन् ।
जिल्लाका चार गाउँपालिकामा खानेपानीको समस्या समाधान हुने भएको छ। भूकम्पका कारण पानीको मुहान सुकेपछि स्थानीयले खानेपानीको समस्या भोग्दै आएका छन्। गाउँमा रहेको मुहान सुक्दै गएपछि नौकुण्डबाट पानी ल्याएर पानीको परिपूर्ति गर्न लागिएको हो। यसका लागि ‘नौकुण्ड बृहत् खानेपानी आयोजना’ निर्माण प्रक्रिया अघि बढाइएको छ।
राज्यको पहुँच नपुग्दा दार्चुलाको उत्तरी व्याँस गाउँपालिकामा पर्ने त्रिदेशीय सीमाक्षेत्रमा रहेको नेपाली भूभाग असुरक्षित छ। दार्चुलाको कालापानी र लिपुलेक सीमा अतिक्रमण भएको यस क्षेत्रमा सधैं भारतीय पक्षको दबदबा रहँदै आएको छ। व्याँस गाउँपालिका–१ (साबिकको व्याँस गाविस) चीन र भारतसँग सिमाना जोडिएको त्रिदेशीय विन्दु भए पनि सो क्षेत्र नेपाली राज्य संयन्त्रको पहुँचबाहिर छ। नेपाली भूभागमा भारतीय पक्षले आफूअनुकूलका गतिविधि सञ्चालन गरिरहेको सूचना पाए पनि नेपाल सरकारले उपस्थिति जनाउन सकेको छैन।
हुम्ला जिल्ला नाम्खा गाउँपालिका ५ मा पर्ने नारा लेकमा आइतबार लेक लागेर १ जनाको मृत्यु भएको छ।
पश्चिमी पर्साको पटेर्वा सुगौली गाउँपालिकाका प्रमुख हरिनारायण रौनियारले आफ्नै उपप्रमुख ममता महतो थारुसहित पाँचजना माथि जिल्ला अदालत पर्सामा गालीबेइज्जती मुद्दा दायर गरेका छन्।
जिल्लाको मंगला गाउँपालिकामा पहिलोपटक एभोकाडोको ‘व्यावसायिक खेती तथा नर्सरी व्यवस्थापन’ विषयक तालिम सुरू भएको छ।
साकेला गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिका जोड्ने तावा खोलाको पुलको विषयमा आयोजना गरिएको सार्वजनिक सुनुवाइमा निर्माण व्यवसायी नै अनुपस्थित भएका छन्। ठेक्का सम्झौता भएको वर्ष दिन बित्न लागेकाले साकेला गाउँपालिका–५ मात्तिम र दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा जोड्ने पुलको विषयमा प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय उदयपुरले आयोजना गरेको सार्वजनिक सुनुवाइमा निर्माण व्यवसायी अनुपस्थित भएका हुन्।
जंगली हात्तीको आक्रमणबाट सुनसरी कोसी गाउँपालिका क्षेत्रमा २०७४ मंसिर दोस्रो साता एकैचोटि दुईजनाको मृत्यु हुन पुग्यो। सो आक्रमणबाट कोसी गाउँपालिका–३ की ५५ वर्षीया बेचनीदेवी सर्दार र सोही ठाउँकी ४५ वर्षीया देवकीदेवी सर्दारको मृत्यु भएको थियो। सो घटनाको केही दिनपछि वराहक्षेत्र नगरपालिकाको श्रीलंका टापुका रविलाल उरावको पनि अर्को दुखद घटना हुन पुग्यो। प्रायः आरक्षआसपासमा विपन्न परिवार रहेका छन्, घाँसदाउरा गर्न गएकै बेला हात्ती, अर्नालगायत जनावरले आक्रमण गर्ने चिन्ताले उनीहरूलाई सताउँदै आएको थियो। राति पनि जंगली जनावर मानव बस्तीमा पस्दा मानवीय क्षति गर्ने उत्तिकै चिन्ता हुने गथ्र्यो। अन्नबाली र घर भत्काएको त सामान्य नै छ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं. ३ मा अवस्थित ने–पेमासाल काठमाडौंबाट उत्तरतर्फ १ सय ४० किलोमिटर दुरीमा छ।
सर्पले डसेर ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ५ तापेथोकका एक बालकको मृत्यु भएको छ।