१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

सर्प र चितुवाका कारण स्थानीय हैरान

गोरखाको सहिद लखन गाउँपालिका–७ पोखरीडाँडामा सर्पको टोकाइबाट भैंसी मरेको छ। स्थानीय बोधप्रसाद खनालको दैनिक एक पाथी दूध दिने भैंसी सर्पको टोकाइपछि शरीरमा डाबर उठ्ने, छटपटाउने गरेर शुक्रबार बिहान मरेको हो।

लिम्बू सङ्ग्रहालय ओझेलमा

सिरिजङ्घा गाउँपालिकास्थित मामाङ्खेमा स्थापित लिम्बू सङ्ग्रहालयको उचित व्यवस्थापन र प्रचारप्रसार हुनसकेको छैन।

गाउँपालिका अध्यक्षकाे घरमा बम विस्फोट

सप्तरीकाे एक गाउँपालिका अध्यक्षकाे घरमा शुक्रबार राति बम विस्फोट भएको छ। बलान बिहुल गाउँपालिका अध्यक्ष दयानन्द गोइतको घरमा बम विस्फोट भएको हो।

स्थानीयवासीबाट कुटिएका सैनिक जवानको मृत्यु

चोरी आरोपमा सिरहाको बरियारपट्टी गाउँपालिकाका स्थानीयवासीको कुटपिटबाट घाइते एक सैनिक जवानको मृत्यु भएपछि गाउँमा भागाभाग भएको छ।

आमाले गरिन् दुई महिने छोरीको हत्या

जिल्लाको गुल्मी दरवार गाउँपालिका ४ की ३६ बर्षीया जमुना विकले दुई महिनाकी छोरीको हत्या गरेकी छन् । आरोपित विकले दुई महिनाकी छोरी बिस्नु बिकलाई बिहिबार साँझ करिव ७ बजे हत्या गरेको वडाध्यक्ष खुम बहादुर पल्लीले बताए ।

पारिवारिक लगत संकलन गर्न हजार रुपैयाँ

घर–परिवारका सदस्यहरूको लगत संकलन गरी सो परिवारको सबैखाले विवरण सफ्टवेयरमा राखेर सबै घरको ‘नम्बरिङ’ गर्ने भन्दै गौरीशंकर गाउँपालिकाले सर्वसाधारणबाट हजार रुपैयाँ शुल्क उठाउन थालेको छ।

भोज खाँदा एकै गाउँका १ सय ६ जना बिरामी, दुईको अवस्था गम्भीर

तिनाउ गाउँपालिका–४, कोलडाँडाको बौरिडाँडाँमा प्रसाद (भोज) खाएका एकै गाउँका १ सय ६ जना बिरामी परेका छन्। छिमेकीको १३ दिने पुण्य तिथिमा मृत्यु संस्कार पछि प्रसादको रुपमा खाना खाएकाहरु झाडापखाला लागेर बिरामी परेका हुन्।

नून खाँदा ११ जना बिरामी, सिसा मिसाइएकाे आशंका

मिक्लाजुङ गाउँपालिका–३ आरूबोटेमा एकैपल्ट आठ जना बिरामी परेका छन्। सिसा मिसिएको नून लगाइएको खाजा खाँदा आठ जना बिरामी परेको प्रारम्भिक अनुमान गरिएको छ।

८ केजी गाँजा बरामद

धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिका–२ अखुवाको जंगलबाट मंगलबार प्रहरीले विशेष सुराकीका आधारमा ८ केजी गाँजा बरामद गरेको छ।

नसर्ने रोगबारे अन्तरक्रिया

दुप्चेश्वर गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाइ शाखाले हरेक नागरिकलाई चेतना प्रदान गर्ने उद्देश्यले हालै जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारी सहभागी गराई नसर्ने रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सहभागीले विश्वव्यापीकरण, सहरीकरण, जनसंख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन र वातावरणीय प्रदूषणका कारण मानवजीवन तथा स्वास्थ्यमा जोखिम बढ्दै गइरहेको निष्कर्ष निकालेका छन्।

सुल्झिएन दुई गाउँपालिकाको सडक विवाद

सडकको विषयलाई लिएर स्थानीयबिच भएको विवाद अझै टुंगोमा पुग्न सकेको छैन। जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–२ स्थित ताल्तीमा निर्माण चरणमा रहेको ह्वासिन नारायणी सिमेन्ट उद्योगका लागि निर्माणाधीन सडकको विषयलाई लिएर गजुरी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकाका स्थानीयबिच दुई महिनाअघिदेखि विवाद हुँदै आइरहेको छ। दुई गाउँपालिकाको विवाद सुल्झाउन पटकपटक छलफल भइरहे पनि समाधान भने हुन सकेको छैन।

अपांगता परिचयपत्र वितरण

रसुवाको नौकुण्ड गाउँपालिकाले अपांगता परिचयपत्र वितरण गरेको छ। पुरानो कार्डको दुरुपयोग भएको र वास्तविक अपांगता भएका व्यक्ति अधिकारबाट वञ्चित भएकाले गाउँपालिकाले नयाँ परिचयपत्र वितरण गरेको हो।

विश्व कीर्तिमान राख्दै निर्मल पुर्जा

बेलायती सेनामा हिमचितुवाको नामले चिनिने निर्मल पुर्जाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर (संसारकै दसौं अग्लो अन्नपूर्ण)बाट अभियानको सुरुवात गरेका थिए।

आवधिक विकास योजना निर्माणमा गाउँपालिका

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आवधिक विकास योजना निर्माणको काम सुरु गरेको छ। गाउँपालिकाको योजनाबद्ध विकास र समृद्धिका लागि सो आवधिक योजनाको काम थालिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको समग्र योजनाबद्ध विकासका लागि निर्माण सुरु गरिएको आवधिक विकास योजना तर्जुमा गोष्ठी आइतबार प्रदेशसभा सदस्य रामकुमार राईले उद्धघाटन गरेका थिए। मंगलबारसम्म सञ्चालन हुने गोष्ठीले गाउँपालिकामा सञ्चालन गरिने अल्पकालीन र दीर्घकालीन यो

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्