लुम्बिनी प्रदेशसभाको बैठक स्थगित
प्रतिपक्षी दल (नेकपा एमाले)ले अवरोध गरेपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ।
प्रतिपक्षी दल (नेकपा एमाले)ले अवरोध गरेपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ।
लुम्बिनी प्रदेशका सांसद बिमला खत्री ओलीले पोखरेलविरुद्ध बुटवल प्रहरीमा मुद्दा हालेकी हुन्। सांसद बिमलाले मुख्यमन्त्री पोखरेलसहित चार जनाले आफूलाई दाङबाट अपहरण गरेको र बुटवल पुर्याएर बन्धक बनाएर राखेको उल्लेख गरेकी छिन्।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रुपन्देहीमा पार्टीको कार्यक्रममा आउने भएपछि लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक फेरि स्थगित भएको छ।
लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगन भएको छ। प्रदेशसभा सचिवालयले बुधबारका लागि बोलाइएको नवौँ अधिवेशनको पाँचौँ बैठक सभामुखको निर्देशनमा आज सूचना टाँसेर स्थगित भएको जानकारी गराएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी मुख्यमन्त्री भएको सोमबार एक महिना पुग्यो। गठबन्धनका तर्फबाट मुख्यमन्त्री भएका मुख्यमन्त्री केसीले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् भने चालू आर्थिक वर्षका लागि बजेटसमेत ल्याउन सकेका छैनन्। यति मात्र होइन जनप्रतिनिधिमूलक संस्था संसद् पनि गतिहीन छ।
यसभन्दा अघिल्लो सरकारले दर्ता गराएको प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता लिएको प्रदेश सरकारले नयाँ बजेट ल्याउन विलम्ब गरेको छ। लुम्बिनीमा सरकार परिवर्तनसँगै सरकारले पूर्णता नपाउँदा गठबन्धन सरकारले बजेट ल्याउन विलम्ब गरेको हो।
यसभन्दा अघिल्लो सरकारले दर्ता गराएको प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता लिएको प्रदेश सरकारले नयाँ बजेट ल्याउन बिलम्व गरेको छ।
राजनीतिक दलसम्बन्धी अध्यादेशअन्तर्गत प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले नयाँ पार्टीमा सामेल हुन सनाखत गर्नुपर्ने समयावधी सकिइसक्दा लुम्बिनीमा नेकपा (एकीकृत समाजवादी) कमजोर देखिएको हो।
लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्मा आज दोस्रोपटक कार्यविभाजन गरिएको छ। मुख्यमन्त्री कुलप्रसाद केसीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले आज मौजुदा मन्त्रिपरिषद्मा केही मन्त्रीहरूको जिम्मेवारी हेरफेर र कार्यविभाजन तोकेका हुन्।
कोभिड-१९ (कोरोना भाइरस) बाट मृत्यु भएको परिवारलाई राहतस्वरुप दिने भनिएको रकम लुम्बिनी प्रदेश सरकारले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाएको छ।
लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी जसपाको रिक्त रहेको प्रदेशसभा सदस्यमा निर्मला मुडभरी भट्टराइ निर्वाचित भएकी छन्। निर्मला समानुपातिक मधेशी समावेशी समूहबाट निर्वाचित भएकी हुन्।
मुख्यमन्त्री कुलप्रसाद केसीका नेतृत्वमा नयाँ सरकार गठन भएपछि आह्वान भएको नवौँ अधिवेशनको बैठक नेकपा (एमाले) को अवरोधका कारण पटक–पटक स्थगन हुँदै आएको छ।
लुम्बिनी प्रदेश सरकारले भागबन्डा मिलाउन थप मन्त्रालय टुक्र्याउने तयारी गरेको छ। गठबन्धन सरकार भएकाले कानुनी र संवैधानिक परिधिभित्र रहेर मन्त्रालय टुक्र्याउन लागिएको प्रदेश सरकारले जनाएको छ।
लुम्बिनी प्रदेशमा गठबन्धन सरकारले चालू आर्थिक वर्षका लागि नयाँ बजेट ल्याउने भएको छ।
ओलीले वर्तमान गठबन्धनलाई तोड्ने कोशिस गरेको भन्दै उनले यो गठबन्धन लामो सयमसम्म रहने दाबी गरे। ‘यो गठबन्धनको शक्तिलाई पारसम्म लान्छौं, प्रतिगामीलाई परास्त गरी विकास कस्तो हो भनी देखाउँछौं’ उनले भने।