भोटेकोशी बाढीपछि उद्धार र विद्युत् पुनःस्थापनामा तीव्रता, सयौँ अझै सम्पर्कविहीन
सम्भावित थप बाढीको जोखिमलाई ध्यानमा राख्दै जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई पूर्वसूचना दिन दुई लाखभन्दा बढी एसएमएस अलर्ट पठाइएको सरकारको भनाइ छ।
सम्भावित थप बाढीको जोखिमलाई ध्यानमा राख्दै जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई पूर्वसूचना दिन दुई लाखभन्दा बढी एसएमएस अलर्ट पठाइएको सरकारको भनाइ छ।
प्रभावित क्षेत्रको त्रि–आयामिक (थ्रीडी) तस्बिर तथा नक्सा तयार पारेर उद्धार अभियानलाई थप प्रभावकारी बनाइएको छ।
विपद्को समयमा सञ्चार सेवाले सूचना आदानप्रदान, आपसी समन्वय तथा उद्धार र राहत वितरणका पहललाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्छ ।
पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएसँगै राजमार्गमा सवारीसाधनको आवागमन सुचारु भएको छ ।
भोटेकोशी बाढी क्षेत्रबाट उद्दार गरी ल्याइएको एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।
भोटेकोशी बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागी सुदूरपश्चिम सरकारका मुख्यमन्त्री र मन्त्रीहरूले एक महिनाको पारिश्रमिक दिने भएका छन्।
अभिनेत्री रिचा शर्मा हाल बढी प्रभाविद् स्थानमा पुगेकी छन्। त्यहाँको अवस्था अवलोकन गर्दा तत्कालका लागि व्यक्तिहरूलाई आधारभूत आवश्यकता रहेको बताएकी छन्।
मुख्यमन्त्री पाण्डेले अपिलमा बाढीका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट धार्मिक तथा अन्य यात्रामा गएका नागरिकहरू अझै पनि सम्पर्कमा नआउँदा चिन्ता बढाएको बताएका छन्।
सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष स्थापना गरी सहयोग आह्वान गरेसँगै देश–विदेशबाट जुट्न थालेको सहयोगमा उदयपुरले पनि योगदान गर्न थालेको हो।
हालसम्म ५५३ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।
साम्पाङले उपाध्यायलाई आफ्नो पार्टीको कट्टर विरोधी भन्दै उनका गतिविधिलाई बहिष्कार र तिरस्कार गर्न समर्थकहरूलाई आग्रहसमेत गरेका छन्।
तीव्र गतिमा आएको लेदो, माटो र ढुंगाको बहावले नदी उपत्यकाका केही भागसमेत तहसनहस बनाएको छ। मुख्य प्रभावित क्षेत्रमा हिलोको तह १.५ मिटरभन्दा बढी गहिरो रहेको उद्धारकर्ताहरूले बताएका छन्। जमिन अस्थिर रहेकाले जुनसुकै बेला थप पहिरो जान वा जमिन भासिन सक्ने जोखिम रहेको छ।
सडक विभागका अनुसार राजमार्गअन्तर्गत मलेखु नजिकको पोखरी, बाँगे र गलौदी क्षेत्रमा जमेको लेदो हटाउने काम सकिएपछि यातायात सञ्चालनमा ल्याइएको हो।
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सहयोग गर्न भारतले नेपालमा ‘टनेल रेस्क्यु टिम’ पठाउने तयारी गरेको जनाएको छ।
धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर दुर्घटना हुँदा ३४ जना भक्तजन घाइते भएका छन्।