coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

अदालतको आदेश छलेर संसद्मा अध्यादेश

सरकारले पेस गरेको नागरिकता अध्यादेश संविधानको धारा १०५(२), १२८(४), १०५ र राष्ट्रियसभाको नियमावली, २०७५ को नियम २१(ग) विपरीत छ।

सरकारले अदालतलाई टेरेन नागरिकता अध्यादेश संसद्मा पेस

अदालतले नागरिकता अध्यादेश अगाडि नबढाउनू, यथास्थितिमा राख्नू भन्ने आदेश दिए पनि सरकारले बिहीबार सुरु भएको राष्ट्रियसभा अधिवेशनमा पेस गरेको छ।

राष्ट्रियसभाको बैठकमा नागरिकता अध्यादेश पेश भएकामा नियमापत्ति

सर्वोच्च अदालतले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ तत्काल कार्यान्वयन नगर्न भनी अन्तरिम आदेश दिएपछि पनि राष्ट्रियसभाको आजको बैठकमा सदस्य रामनारायण बिडारीले नियमापत्ति गरेका छन्।

नागरिकता अध्यादेशका सवाल

दोस्रो पटक संसद् विघटन गरेलगत्तै नेपाल सरकारले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ तथा सोलाई कार्यान्वयन गर्न नेपाल नागरिकता (दोस्रो संशोधन नियमावली, २०७८ ल्याएको छ। उक्त अध्यादेश तथा नियमावलीका पक्ष र विपक्षमा मिश्रित प्रतिक्रिया आएका देखिन्छ। यस लेखमा अध्यादेशको औचित्य तथा यसको समर्थन र विरोधमा उठेका आवाज केलाइएको छ।

नागरिकता अध्यादेश कार्यान्वयन नगर्न आदेश

कानुन बनाउने जिम्मा संसद्को भएको जनाउँदै सर्वोच्च अदालतले संसद्मा विचाराधीन अवस्थामा रहेको नागरिकतासम्बन्धी विधेयक अहिले संसद् नभएका बेला अध्यादेशमार्फत ल्याउनुपर्ने कुनै कारण नदेखिएको ठहर गरेको छ।

नागरिकता अध्यादेशविरुद्धको रिट हेर्न बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन

नागरिकतासम्बन्धी अध्यादेशविरुद्धका रिट निवेदन माथिको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गरेका छन्।

नागरिकता अध्यादेश देशकाे हितमा छैनः नेमकिपा

नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले नागरिकतासम्बन्धी अध्यादेश देशकाे हितमा नभएको बताएका छन्। अध्यादेशमा जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले सोर्‍ह वर्ष पूरा भएपछि वंशजको आधारमा नेपाली नागरिकता पाउने व्यवस्था खुला सीमा भएको नेपालमा गलत भएको उनको भनाइ छ।

विप्लव समूहद्वारा नागरिकतासम्बन्धी अध्यादेशको विरोध

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ लाई सरकाले कुर्सी जोगाउन ल्याएको बताएको छ।

नागरिकता अध्यादेशको मनसाय गलत: विवेकशील साझा

विज्ञप्तिमा गलत प्रक्रिया र गलत ध्येयबाट ल्याइएको भए पनि अध्यादेशले केही महत्त्वपूर्ण विषयलाई भने सकारात्मक रूपमा सम्बोधन गरेको र बोल्नुपर्ने केही विषयमा मौन रहेको उल्लेख गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्