४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

तीन महिनादेखि एम्बुलेन्स सञ्चालन भएन

वैदेशिक रोजगारीका क्रममा देश बाहिर रहेका युवाहरुले आर्थिक संकलन गरेर हस्तान्तरण गरेको एम्बुलेन्स तीन महिनादेखि सञ्चालन हुन सकेको छैन।

वैदेशिक रोजगारीमा जाने व्यक्तिको अभिमुखीकरण तालिममा कडाइ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने व्यक्तिको अभिमुखीकरण तालिमलाई कडाइ गरिने बताएका छन्।

व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जानेलाई स्वघोषणा अनिवार्य

व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि सरकारले त्यस्तो बाटोबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्यरुपमा भर्नुपर्ने व्यवस्था गरेको छ।

बेरोजगारी समस्याको लाम

देशमा उद्योगधन्दाको विकास नगर्ने हो भने वैदेशिक रोजगारीबाट मात्र बेरोजगारीको समस्या अनन्तकालसम्म हल गर्न सकिँदैन। त्यसैले आफ्नै मुलुकभित्र काम सिर्जना गर्नतिर सरकार लाग्नुपर्छ।

भिजिट भिसामा महिलालाई ‘कडा सर्त’

वैदेशिक रोजगारीका नाममा मानव तस्करी हुने गरेको गुनासो बढेपछि गृहमन्त्री बालकृष्ण खाँणले माघ ११ गते मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय अध्ययन कार्यदल गठन गरेका थिए।

सात महिनामै साढे ११ खर्बको आयातः विदेशी मुद्रा सञ्चिति घटेपछि आयात घटाउने नीति

केही समयअघि ४७ वस्तुको आयातमा कडाइ गरेको नेपाल राष्ट्र बैंकले फेरि सुन आयातको कोटा आधा कटौती गरेको छ। दैनिक २० किलो सुन आयात अनुमति दिँदै आएकोमा आइतबारदेखि परिमाण घटाएर १० किलोको सीमा तोकेको छ।

रोजगारीको बाध्यता: युवालाई महामारीभन्दा वैदेशिक रोजगारी प्यारो

विज्ञहरूले युवालाई स्वदेशमै काम गर्ने वातावरण सिर्जना हुन नसक्दा कोरोनाको डरभन्दा वैदेशिक रोजगारी प्यारो भएको बताउने गरेका छन्।

वैदेशिक रोजगारी: युरोप–अमेरिका मोहमा ठगिँदै युवा

लाखौं रूपैयाँ दलाललाई बुझाएर युरोप–अमेरिकातिर हिँडेका नेपाली सहजै त्यहाँ पुग्दैनन्। थाइल्यान्डबाट फर्केका एक पीडितका अनुसार दलालले धेरैलाई काठमाडौंबाट घुम्न भनेर भारत, थाइल्यान्ड, इन्डोनेसिया, श्रीलंकाजस्ता सहजै जान सकिने मुलुकमा लैजान्छन्।

विदेशमा अनुमान गरिएभन्दा थोरै नेपाली

वैदेशिक रोजगार विभागका अनुसार हालसम्म भारतबाहेकका मुलुकमा रोजगारीका लागि जान भन्दै करिब ५५ लाखले श्रम स्वीकृति लिएका छन्। कतिपय व्यक्ति श्रम स्वीकृति नलिई पनि वैदेशिक रोजगारीमा चोरीको बाटो हुँदै जाने गरेका छन्।

‘वैदेशिक रोजगारीको सुधारमा राजनीतिक दलको भूमिका आवश्यक’

श्रम आप्रवासन विज्ञ तथा अधिवक्ता सोम लुइँटेलले राजनीतिक दलहरूको चासोबिना वैदेशिक रोजगारीको क्षेत्रमा सुधार हुन गाह्रो भइरहेको बताए।

बोर्ड र सोक्सोबीच सम्झौताः मलेसिया जाने कामदार सुरक्षा छातामा

रोजगारदाताले विदेशी कामदारले पाउने तलबको १.२५ प्रतिशत मासिक रूपले योगदान गर्नुपर्ने व्यवस्था छ। यसमा श्रमिकको पैसा खर्च हुने छैन।

विदेशमा समस्यामा परेकालाई कानुनी सहायता बढ्यो: पीडितलाई सूचना पाउनै मुस्किल

वैदेशिक रोजगारीमा जानेहरू गन्तव्य मुलुकमा साना साना विषयको जानकारी नपाउँदा ठूलो समस्यामा पर्ने गरेको उल्लेख गर्दै विज्ञहरू यसको मुख्य समस्या श्रमिकले समयमै सही र प्रभावकारी सूचना पाउन नसक्नुलाई बताउँछन्।

उद्यमशीलता र स्वरोजगारी सिर्जनामा लगानी गर्न सुझाव

धौलागिरी बहुउद्देश्यीय सहकारीको शनिबार बुटवलमा सम्पन्न २२औं साधारणसभामा बोल्दै मुख्यमन्त्री केसीले उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गरी स्वरोजगारी सिर्जनामा लाग्नुपर्ने बताएका हुन्।

व्यवस्थित वैदेशिक रोजगारी

वैदेशिक रोजगारीका नकारात्मक पाटा पनि छन्। तर रेमिटेन्स आयले मुलुकको अर्थतन्त्र धानिरहेको छ र यसको तत्कालै अर्को विकल्प छैन भन्ने सरकारलाई लाग्छ भने यसलाई व्यवस्थित गर्नेतर्फ लाग्नुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्