coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

उद्यमशीलता र स्वरोजगारी सिर्जनामा लगानी गर्न सुझाव

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सहकारीहरूले उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गरी उद्यमशीलता र स्वरोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन्। धौलागिरी बहुउद्देश्यीय सहकारीको शनिबार बुटवलमा सम्पन्न २२औं साधारणसभामा बोल्दै मुख्यमन्त्री केसीले उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गरी स्वरोजगारी सिर्जनामा लाग्नुपर्ने बताएका हुन्।

मुख्यमन्त्री केसीले गठबन्धन सरकारले लुम्बिनी प्रदेशलाई आत्मनिर्भर र समृद्ध प्रदेश बनाउँदै सफल संघात्मक मोडलको नतिजा दिन लागिपरेको बताए। त्यसका लागि सहकारीहरूले महत्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै उनले सहकारीहरूको नियमन, व्यवस्थापन र विकासका लागि प्रदेशले महत्वपूर्ण कदम चालेको बताए। प्रदेशमा सहकारी सम्बन्धी छुट्टै मन्त्रालयको आवश्यकता समेत महसुस गरेको उनले बताए।

कार्यक्रममा नेपाली कांग्रेस रूपन्देहीका सभापति रामकृष्ण खाँणले सहकारीहरूले आम जनतालाई उत्पादनसँग जोड्दै वित्त व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको बताए। सहकारीका संरक्षक समेत रहेका नेता खाँणले आर्थिक र सामाजिक विकाससँगै नेतृत्व विकासमा समेत सहकारीहरूले महŒवपूर्ण भूमिका खेल्दै आएको बताए।

प्रकाशित: २६ पुस २०७८ ०४:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App