२६ वैशाख २०८१ बुधबार
image/svg+xml

भूकम्प प्रभावितलाई टाइफाइडविरुद्धको खोप लगाइँदै

भूकम्प प्रभावित जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सुरु हुने जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताएका छन्।

सेवा निःशुल्क भएपछि सुरक्षित गर्भपतन गराउने बढे

कञ्चनपुरमा पछिल्लो समय सुरक्षितरुपमा गर्भपतन सेवा लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ।

काभ्रेमा पुनःबढ्यो डेङ्गी सङ्क्रमण

जिल्लाको १० स्थानीय तहमा हाल एक सयको हाराहारी डेङ्गी सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ।

तनहुँमा ७ सय ३२ जनामा डेङ्गु सङ्क्रमण, एकको मृत्यु

साउनयता जिल्लाका विभिन्न ठाउँका सात सय ३२ मा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ भने एकको मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।

खानेपानीमा अत्यधिक ‘कोलीफर्म’

स्याङ्जाका सबै स्थानीय तहमा खानेपानीमा ‘कोलीफर्म’ भेटिएको छ। जिल्लाका सबै स्थानीय तहमा खानेपानीका मुहानबाट पानीको नमुना संकलन गरेर परीक्षण गर्दा दिसामा देखिने जीवाणु ‘कोलीफर्म’ अध्यधिक मात्रामा भेटिएको हो।

डेङ्गुबाट चितवनमा दुई हजार सङ्क्रमित

चितवनमा डेङ्गुबाट दुई हजार तीन सय छ जना संक्रमित भएका छन्। आर्थिक वर्ष २०७९/८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ।

विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द

स्याङ्जाको वालिङ-१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको संक्रमण देखिएको छ।

‘बुस्टर डोज’ लगाउने न्यून

कञ्चनपुरमा कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप अभियानका क्रममा यहाँ ३९ हजार दुई सय ५८ महिला तथा पुरुषले मात्र खोप लगाएका छन्।

लुम्बिनीमा एक वर्षमा ८९० क्षयरोगी

लुम्बिनी प्रदेशमा १ वर्षमा ८९० जना क्षयरोगी भेटिएका छन्। स्वास्थ्य कार्यालय रूपन्देहीले शुक्रबार बुटवलमा गरेको अन्तरक्रिया कार्यक्रममा सो जानकारी गराएको हो।

स्वास्थ्य कार्यालय जुम्लाका तत्कालीन प्रमुख शाही लगायत तीन जना विरुद्ध भ्रष्टाचार मुद्धा

बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधी खरिदमा झुटा बिल बनाएर भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा तीन जना विरुद्ध मुद्धा दायर गरेको हो।

चितवनमा जापानीज इन्सेफलाइटिसबाट एक वृद्धाको मृत्यु

‘१५ वर्ष अगाडि चितवनमा महामारीकै रुपमा फैलिएको थियो। त्यतिखेर कालिका शक्तिखोर क्षेत्रमा केही मानिसको मृत्यु भएको थियो,’ केसीले भने ‘नयाँ संरचना बनेपछि जापानीज इन्सेफलाइटिस भेटिएको पहिलोपटक हो।’

चितवनमा पनि भेटिन थाले जापानीज इन्सेफलाइटिसका बिरामी

‘हामीलाई हेटौँडामा रहेको डब्लुएचओको कार्यालयबाट शुक्रबार रिपोर्ट प्राप्त गरेका छौँ। अहिले बिरामीको अवस्था बुझेका छैनन्,’ उनले भने, ‘जिल्लाका अस्पतालहरुसँग समन्वय गरेर बुझ्ने प्रयासमै छौँ।’ एक जना भरतपुर अस्पतालको आईसीयूमा उपचारत रहेको उनले बताए।

काभ्रेमा रेबिज संक्रमणको जोखिम बढ्दै

'मरेर गाडिएको पशुसमेतलाई परीक्षण गर्दा रेबिज पोजेटिभ देखियो, यसपछि मासु खाएका सबैलाई खोप लगाएका छौँ,' 'त्यस क्षेत्रमा कुकुरबाट बच्न र अब उप्रान्त मरेको कुनै पनि पशु–चौपाया नखान आग्रह गरेका छौँ,'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्