१० आश्विन २०८१ बिहीबार
image/svg+xml

प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स–रे सेवा

चम्पादेवी गाउँपालिका–१० स्थित रानीवन प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स–रे सेवा सुरु गरिएको छ। स्वास्थ्य केन्द्र स्थापना भएको करिब २४ वर्षपछि एक्स–रे सेवा सुरु भएको हो।

आइएनजिओ स्वास्थ्य सचिव चौधरीद्वारा राजीनामा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. चौधरी सरकारी जागिर छाडेर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मा जाने भएकी छिन्। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले सचिव चौधरीले राजीनामा बुझाएको पुष्टि गरे। राज्यमन्त्री यादवले उनको राजीनामा स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएको बताए।

दर्ता भएको औषधि दिँदा ‘हुँदैन’ भन्छन्

‘हामीलाई थाहा छ, ‘क्याबोडिन’ औषधि व्यवस्था विभागमा दर्ता छैन र यो औैषधि पनि होइन। तर डाक्टरले लेखिदिएपछि भुस पनि औषधि नै हुन्छ।’

बिरामीलाई प्रतिबन्धित ‘फुड सप्लिमेन्ट’ सिफारिस

औषधि व्यवस्था विभाग विराटनगरका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाहिरका मेडिकल पसलहरूमा एक सय ६० देखि एक सय ८० प्रकारका प्रतिबन्धित फुड सप्लिमेन्ट बिक्री–वितरण भइरहेको पाइएको छ। बिक्रेताका अनुसार ती सबै चिकित्सकको सिफारिसमा पसलमा राखिएका हुन्।

वीपीका डाक्टरले विरामीलाई प्रतिबन्धित ‘फुड सप्लिमेन्ट’ किनाउने गरेको खुलासा

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका दक्षिण एयिसाकै प्रतिष्ठित एवं बिशेषज्ञ चिकित्सकहरु भएको नमुना अस्पताल मानिन्छ। तर, यहीँका चिकित्सकहरु भने कमिशनको लोभमा परेर विरामीहरुलाई प्रतिबन्धित र अनावश्यक औषधी प्रेस्काइब गरेर आर्थिक भार बोकाउने गरेको खुलेको छ।

स्वास्थ्य आमा समूहको सक्रियताले फाइदैफाइदा

गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुमा रहेको कोमिन स्वास्थ्य आमा समूहमा अहिले ३५ सदस्य छन्। यो समूह अहिले निकै सक्रिय छ।

स्वास्थ्य चौकी निर्माण

मालिका गाउँपालिका–५ देविस्थानमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ। शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ पोखराको एक करोड ६० लाख रूपैयाँको लागतमा सुविधासम्पन्न भूकम्प प्रतिरोधी क्षमताको पक्की भवन निर्माण गरेको हो।

स्वास्थ्यचौकीको भवन निर्माण

दश वर्षसम्म एउटा कोठाबाट सञ्चालन भएको अन्नपूर्ण गाउँपालिका–६ घारको स्वास्थ्यचौकीको सुविधा सम्पन्न भवन निर्माण भएको छ।

पोष्टमार्टम गर्न अर्को प्रदेश

स्वास्थ्य संस्थाहरुमा उपचारको अभाव हुनुका साथै पोष्टमार्टम समेत हुन सकेको छैन। टीकापुर अस्पतालमा चिकित्सकको अभावमा विगत एक महिनादेखी पोष्टमार्टम हुन नसकेको बताइएको छ।

चिकित्सक समायोजन, बेहाल स्वास्थ्य संस्था

खटाएको ठाउँमा नजाने चिकित्सकका अघि नियमनकारी निकायहरू लाचार बन्दा प्रदेश १ का विभिन्न स्वास्थ्य संस्थाको बेहाल भएको छ। चिकित्सकहरूको लापरबाहीलाई संघ, प्रदेश र स्थानीय सरकारसहितका निकायहरूले बेवास्ता गर्दाको मूल्य सर्वसाधारण बिरामीले सास्ती खेपेर चुकाउनुपरिरहेको छ। आफ्नै घरगाउँका स्वास्थ्य–संस्थामा उपचार सेवा नपाएपछि बिरामी महँगो मूल्य तिरेर निजी अस्पताल धाउन बाध्य छन्।

परिवारकै स्वास्थ्य जोखिममा

गढीमाई नगरपालिका–२ समनपुर, मुस्लिम टोलका सफी महम्मद मन्सुरीको परिवार स्वास्थ्यका कारण उच्च जोखिममा रहेको छ।

राजनीतिक प्रतिष्ठाको लडाइँमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

केन्द्रका अनुसार चन्द्रागिरी नगरपालिका ६ (साविक थानकोट ८) गा कित्ता नम्बर ८० को सो जग्गा न्हुच्छेलाल महर्जनलगायतका व्यक्तिले अतिक्रमण गरेका छन्।

ठूलाबडालेनै गरेनन् स्वास्थ्य बिमा

रोल्पाका प्रदेश सांसद दिपेन्द्र पुनले स्वास्थ्य बिमा गरेका छैनन्। स्वास्थ्य बिमा बारे खासै नबुझेका उनी भन्छन् ‘गर्नुपर्ने चाहि हो। गर्नुपर्छ त भन्दै थिए, अब गर्नुपर्ला।’ त्यसो त रोल्पा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्दले पनि स्वास्थ्य बिमा नगरेको बताए।

निजी स्वास्थ्य संस्था,कानुन मिच्दै, उन्मुक्ति पाउँदै

गैरकानुनी रूपमा सञ्चालित निजी स्वास्थ्य संस्थाका कारण मानव स्वास्थ्यमा जोखिममात्र बढाएको छैन, कानुनी राज्यमाथि जनताको विश्वाससमेत खलबलिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्