१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

शिविरमा ६ सयजनाको उपचार

काठमाडौं – मुगुको कार्कीवाडामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ६ सयभन्दा बढी बिरामी लाभान्वित भएका छन्।

केएमसी पूर्वविद्यार्थी संघको आयोजना र छायानाथ रारा नगरपालिका–५ को समन्वयमा सम्पन्न सो स्वास्थ्य शिविरमा बालरोग, नसा तथा हाडजोर्नीसम्बन्धी रोग, छाला रोग, स्त्री तथा प्रसूति रोगका बिरामीको उपचार गरिएको चिकित्सक टोलीका संयोजक डा. पुरुषोत्तम अधिकारीले बताए। शिविरमा शिक्षण अस्पताल महाराजगन्जअन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, कान्ति बाल अस्पताल, पाटन अस्पतालबाट गएका चिकित्सकद्वारा बिरामीको परीक्षण गरिएको आयोजक संस्थाका अध्यक्ष डा. अच्यूतशाली घिमिरेले जानकारी दिए।

जिल्ला अस्पतालको पहुँचमा नरहेका छायानाथ रारा नगरका बासिन्दाका लागि स्वास्थ्य शिविर निकै लाभदायी रहेको छायानाथ रारा–५ का वडाध्यक्ष कालीबहादुर रोकायाले बताए। उनले निःशुल्क स्वास्थ्य शिविर आयोजना भइरहे गरिब जनताको स्वास्थ्यमा उल्लेखनीय सुधार ल्याउन सकिने विश्वास व्यक्त गरे। यसअघि पनि विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर गरिसकेको संस्थाले पहुँच नभएकाहरूको हकहितमा आएको कार्यक्रम संयोजक नवीनराज चौलागाईंले बताए।

प्रकाशित: १५ आश्विन २०७६ ०१:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App