२६ आश्विन २०८१ शनिबार
image/svg+xml

बन्दी बनाएर सारा यादहरू

बन्दी बनाएर सारा यादहरू, जंन्जिर बेचेको देख्छु, झिकेर हृदयको कुनाबाट त्यो तस्वीर बेचेको देख्छु।आँसुले नै आँसुको मर्म नबुझ्ने यो स्वार्थको शहरमा, पैसाकै लागि यहाँ रातबिरात शरीर बेचेको देख्छु ।

मेटिएको शीर्षक

अपाङ्ग छोरालाई आँखाभन्दा पर, धेरै दिन राख्ने हिम्मत भएन र गाउँ छोडेर शहर झर्नुभयो आमा, फर्कने सहमतिमा । पराई घरको जुठाभाडोसँग स्वच्छ पसीना छरेर जीवन बिसाउने आमाको उपाय पनि साफल्य नै रह्यो । घरपटीको उब्रेको भाततिहुनको मायाले हाम्रा दयनीय गोरेटोलाई फराकिलो पार्दै थियो

मान्छे

वेदनासँगै जोडिएका छन् कोलाहलका स्वरहरू स्वरहरूबाट निस्कने गरेका कारुणिक भावमा स्वल्प रक्त कणिकाको अजीव प्राणी बनिरहेछ मान्छे । मानिसले खनेका कोदालोका डोबहरूमा चुहिरहेछन् परिश्रमका थोपाहरू नाङ्गा खुट्टाको भरमै कोशौ दूरी तय गरिरहेछ मान्छे मिसिएको छ अनि खोजिरहेछ आफैले आफ्नो औचित्य समाप्त पार्न ।

आमाको आँखामा आधा अनुहार छोरीको

आमा, म सपनाको बुई चढेर शहर पस्दै गर्दा टाढिँदै गएको तिम्रो अनुहार जीर्ण घुम, घर, बारी, गोठ र गोरुको धूमिल चित्र जब आँसुले रंगाएर पठाएथे पत्र ओह्रालेर ढाँडबाट दुखको घुम खोल्यौ होला पत्र तैरियो होला तिम्रो आँखाको तलाउमा आधा नयाँ आधा पुरानो आधा आफ्नो आधा विरानो आधा हाँसेको आधा रोएको मेरो अनुहार ।

कोरोनाको खुसीयाली

बुढ्यौलीको आफ्नो सहारा घर फर्काइदिएकोमा शारदादेवीले भित्री मनदेखि निकै खुसी हुँदै कोरोनालाई धन्यवाद दिइन् । संसारभर घृणाले हेर्ने कोरोनालाई भने शारदादेवीले प्रेमको नजरले देखिन् ।

महिलाको सिट

बसमा चढेको अर्को यात्रुले मलाई “किन उभिनुहुन्छ दाइ ! खाली सिटमा बस्नु नि” भने । त्यो महिलाका लागि छुट्याइएको सिटमा म बस्दिनँ । महिलाका लागि छुट्याएको सिटमा बसे भने मलाई योे बसमा चढ्ने महिला यात्रुले के भन्लान् भने । धुम्बाराही चोकमा पुगेपछि दुईजना महिला यात्रु त्यो बसभित्र चढेर महिला लेखेको सिटमा बस्न पुगे । मचााहिँ उभिएर नै एअरपोर्टसम्म पुगे ।

फुटबल जस्तो जीवन

खुट्टाले बारबार नहानिदो हो त कसरी पुग्नु गोल पोस्टसम्म यहाँ सफलताको बाटो छेक्न बसेका छन् गोल किपरहरू । सयौं पटक गोल किपरलाई छक्याउनुपर्छ खोस्न आउनेलाई चक्मा दिनुपर्छ अहो ! फुटबल र जीवन उस्तै देख्छु कति धेरै अवरोध र संघर्ष छन् एउटा लक्ष्यमा पुग्नुपूर्व ।

अस्तित्व

हजुरसंग मलाई रिसराग छैन तर सर म हजुरले जे भने पनि मान्छु । सधैं हजुरको सेवा गर्दै आएकी छु र गर्छु पनि । म हजुरको गोडा मिच भने मिच्छु, कपडा धाइ दे भन्नुस् धुन्छु। हजुरको सेवा गर्न पछि हट्दिन । मलाई बाहिरी खेलाउनुस्, म खुशी छु, खेल्छु तर गुप्ताङ्ग छुन दिन्न। किनकि महिलाको अस्मिताभन्दा ठूलो केही हुँदैन।

सम्झनामा तरङ्गित पाँच वर्ष

ती मेरी मितिनी यसबेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, छोराछोरीहरू, नाति–नातिनीहरू कति भए होला थाह छैन तर उहाँलाई सम्झन्छु र नियाँस्रिन्छु पनि कहिलेकाहीँ । उहासँग ठट्टैठट्टमा मित लगाउने सिलसिलामा पाएका नयाँ लुगाले त्यसबेला मलाई पारेको खुसीको रमाइला क्षण बिर्सन्न । जीवन साँच्चिकै दुःखसुख भित्रका राम्रानराम्रा हरेक रंगका काँचुली फेरेर बिताएका पलहरू जति समात्न सकिन्छ त्यतिलाई आफूमा भर्दै जाँदाको सन्तुष्टिमा अर्कै मजा हुन सक्दोरहेछ ।

काँडाकै बीच पनि फुल्ने गर्छ फूल

वारि र पारिलाई जोड्ने गर्छ पुल, काँडाकै बीच पनि फुल्ने गर्छ फूल । मन चोखो बनाएर अघि बढे साथी, हृदयबाटै निस्कन्छ स्नेहको मूल । काँडा भए पन्छिन्छ फूललाई छुन्छ , करुणामा कान थुनी हल्ला भने सुन्छ । के भन्नु खै अवसरमारा बनेकालाई,व्याख्या आफ्नो अनुकूल मात्र हुन्छ ।

उनीमाथि कोही पराईको हक छ

यसरी त चम्किने छैन अँध्यारो यो भाग्य मेरो , फेरि आफ्नो यो मन जलाएर पनि के गरूँ ! मलाई थाहा छ उनीमाथि कोही पराईको हक छ,अकारण उनीमाथि आफ्नो हक देखाएर पनि के गरूँ ! तन – मनले अब उनी मेरो हुनै सक्दिनन् , त उनलाई यो ह्रदयमा राखेर पनि के गरूँ ! सायद यो भाग्यमा दुख– पीडा वियोग मात्रै छ, सुख चैन आनन्द शान्ति मिलन खोजेर मात्रै के गरूँ !

कोरोना ‘दैत्य’

चिलबाज र ढुकुरको त के कुरा गर्नु बालबालिका टुहुरा भए पुलिंगीहरू बिधुर भए स्त्रीलिंगीहरूको सिन्दुर पुछियो सिउँदोको छुटेनन् संरक्षक मालीहरू पनि बाँकी रहेनन् कोरोनासँग लडिरहेका स्वेताम्बरहरू समेत तरतर यो ‘दैत्य’को इतिश्री गर्ने दिननगिचै आएको छ तयार भइरहेको छ हलाहल यसको ओडारमा खन्याउन र यसलाई धराशायी बनाउन मनुष्यद्वारा विज्ञानद्वारा !

ऊ किन सधैं अछुत भयो !

धागोमा थुक लगाउँदै लवेदा , सुरुवाल र चोली सिलायो , तिमी त्यहीँ पहिरनमा सजियौ आगोको रापमा, आफ्ना रहरहरूलाई खलाँतीमा हालेर फुक्दै तिम्रा सबै आवश्यकताहरू पूरा गर्ने ऊ किन सधैं अछुत भयो !

ट्याँस्स टिको

किसानहरूको आँखा भीडको बयान सुनेपछि टलपल रसाएर आयो । उनीहरू भावुक बने । भीडले तिनलाई सोध्दै नसोधी कालो रङको टीका लगाइदिए । कालो टीका लगाइदिने भीड फर्केको मात्र के थियो । अर्को क्रान्तिकारी भीड आएर च्याप्प समात्यो र भन्यो – सबैभन्दा शक्तिशाली हामी नै हौँ ट्याँस्स टिको टाँस ! देश बनाउने जिम्मा हाम्रो पक्का भो ।

मनोबलतिरको यात्रा

हेर्दाहेर्दै बिदाइको दिन आयो । पछिल्लो ब्याचले भव्य बिदाइ गर्यो । मलाई भाषण गर्न लगाएका थिए । त्यो बेला म एकदम सेन्टिमेन्टल भएको थिएँ । किनकि त्यो क्याम्पस, जहाँ मैले जीवनको जग बनाएको थिएँ, त्यहीँ म मेरा सबै यादहरू छोड्दै थिएँ । कति भनिने यादहरू छोड्दै थिएँ, कति भन्न नसकिएका यादहरू छोड्दै थिएँ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्