मधुसूदनप्रसाद घिमिरे
कार्यालयको एउटा हाकिम मनोरन्जन गर्ने खालको रहेछ। उसलाई रकमको पनि कमी रहेनछ। घरको सम्पन्न परिवार, अउलादौला सम्पत्ति भएको मानिस ऊ। फेरि मनकारी पनि, कसैको दुख देख्न नसक्ने ।केही न केही सहयोग गर्ने बानी भएको मान्छे ऊ ।
कार्यालय कोठामा भेटघाट गर्ने गोप्य कोठा रहेछ । त्यहाँ उसले कहिलेकाहीँ रासलीला गर्न भियाउँदो रहेछ। कार्यालयकै एक जना सहयोगीले पुन्श्चलीहरू हाकिमलाई भेटाइदिने गर्दा रहेछन्।
काममा बाधा नपारी गोप्य कोठामा रमाइलो गर्दा खाजा ख्वाउने त्यहीकी कार्यालय सहयोगी चङ्की राम्री , हँसिली जवानीमा फक्रेकी रहिछ । हाकिमले लाएअराएको काम हासेर गर्ने मिजासिली कार्यालय सहयोगीदेखि हाकिम खुशी रहेछ । कहिलेकाहीँ खाजा खुवाएको बेला तिमी पनि खाऊ भनेर रकम बक्सिस दिँदै आएको रहेछ ।
मनोरन्जनको सिलसिलामा एक दिन हाकिमले गोप्य कोठामा चंकीलाई बोलाएछ । सधैझै चङ्की कोठामा गई ।
हाकिमले भने, ‘आज मैले अरू कोही मान्छे मनोरन्जन गर्न ल्याइन । चंकी तिमी देख्दा म असाध्य प्रभावित भएको छु । आज तिमी र म एकैक्षण यहीं बसौ हुन्न।
चंकीले मुसुक्क हाँसी र भनी, ‘सर हजुर मेरा अभिभावक हुनुहुन्छ !’
हजुरसंग मलाई रिसराग छैन तर सर म हजुरले जे भने पनि मान्छु । सधैं हजुरको सेवा गर्दै आएकी छु र गर्छु पनि । म हजुरको गोडा मिच भने मिच्छु, कपडा धाइ दे भन्नुस् धुन्छु। हजुरको सेवा गर्न पछि हट्दिन । मलाई बाहिरी खेलाउनुस्, म खुशी छु, खेल्छु तर गुप्ताङ्ग छुन दिन्न। किनकि महिलाको अस्मिताभन्दा ठूलो केही हुँदैन।
बरु दुई छाक खाने ठाउँमा एकछाक खान्छु मिठो खाने ठाउँमा नमिठो खान्छु। खान नपाए बरु विषै खान्छु सर तर मलाई यो कुरामा कर नगर्नुस् प्लिज !
उसका कुराले हाकिम झसंग भएछ । उसले सोचेछ – मैले त यस्ती सत्पात्र महिला हुन्छन् भन्ने सोचेको पनि थिइन ।तिमी कार्यालय सहयोगीबाट आज मैले राम्रो शिक्षा पाएँ । तिमी धन्य छौ।
चंकीले भनी – मैले आफनो कार्यालयको हाकिम त हजुर हुँदै हो । आजदेखि एउटा अभिभावक पनि हजुर नै हुनुहुुन्छ भन्ने विश्वस्त भएकी छु । धन्य सर, मेरो भाग्य !
प्रकाशित: ८ मंसिर २०७७ ०८:०५ सोमबार