२६ आश्विन २०८१ शनिबार
image/svg+xml

सबैलाई रुवाउने माया

तुरुन्त नजिकको हेल्थ्पोस्ट लागियो। त्यहाँका इन्चार्जको चेकजाँचपछि उहाँलाई मृत्यु भएको जानकारी आयो। हजुरआमालाई घर लागेर तुलसीको मठनजिकै सेतो रंगको कपडाले छोपी सुताएँ। मिनु हजुरआमाको नजिक गएर बसिन्। उनलाई फकाएर भित्र लगियो। उनलाई बाहिर आउन दिइएन।

मोड

मानिसले सुखमा कहिल्यै ईश्वरलाई सम्झिदैन । तब सम्झिन्छ जब दुख, कष्ट र आपतविपतमा परेको हुन्छ । त्यो पनि स्वार्थी प्रवृत्ति नै हो । यस्तो स्वार्थलाई हामीले त्याग्न सक्नुपर्छ । ढोंगी बनेर मात्रै पनि ईश्वर प्राप्त गर्न सकिदैन । घरबार त्याग्दैमा पनि ईश्वर प्राप्त गर्न सकिँदैन । पवित्र आत्मादेखि आध्यात्मिक चिन्तन जबसम्म हुँदैन तबसम्म ईश्वर प्राप्ति हुँदैन । संसारको अर्थ बुझ्न सकिँदैन ।

एक साँझ असारमा

अब फेरि सुटुक्क, मौन, के खोजिरहेछौ रोगन उड्दै गएका ती पुराना तस्वीरहरूमा तिम्रो फोस्रो अहंको झलक या मसितैका धूमिल सम्झनाहरू चाहे जे होस्, फेरि आएको छ यादहरूको बर्षातसँगै हिलाम्य त्यो असार, विस यु अ भेरी ह्याप्पी एनिभर्सरी, गड ब्लेस यु माई डियर ! ’

बूढो वरको रुख

प्रेमिल जोडीहरू आएर शीतलमा बसेर मायापिरती साट्थे । रमाउँदै वर खान्थे । चराहरू वर र पीपलका दाना खान्थे । गोठालाहरू र स्कुले विधार्थीहरू उन्यूको डाँठमा वरका दाना उनेर सील बनाउँथे । हाँगामा चढेर सैसैेला र लुकामारी खेल्थे । उनीहरू रमाएको देखेर हामी पनि कति खुशी हुन्थ्यौं है ।

फेसबुक च्याट

“हो त्यो त । श्रीमतीको नामबाट तपाईसँग लाडिएर मजाक गरेको छु , तपाईको नजरमा उसलाई केही न केही गिराएकै छु । भैगो छाडिदिऊँ । साथीभाइमा यस्तो मजाक चलिहाल्छ नि, होइन ?” अघिभन्दा केही लुत्रुक्क परेर खिसिक्क हाँस्दै ऊ बोल्छ । जवाफमा मोहन टाउको हल्लाएर सहमति जनाउँछ ।

साइबर एडिक्सन

दश वर्षपछि श्यामबहादुरले जनयुद्ध बिसायो र सत्तामा पुग्यो । उता नवीनहरू जनताको माग पूरा भएको छैन भनेर क्रान्तिमै लागिरहे । एउटै सिद्धान्त लिएर एउटै मोर्चामा काम गर्नेहरू कोही शासक र कोही विद्रोही बने ।

स्मृतिका

ऊ रात्रिबसबाट घर फर्कने कुरा थियो । “एकपटक मात्र भए पनि मुख हेर्न पाए......।” मन घरीघरी यही भन्दै थियो । एक मनले उसलाई खोज्न जाउ जस्तो लाग्यो तर मसँग उसको ठेगाना थिएन । केही गरेर ठेगाना भेट्टाई हालें भने पनि उसको सुन्दर संसारमा विष घोल्न चाहनालाई मैले मारिसकेकी थिएँ । विश्वासलाई मैले दिलैदेखि प्रेम गरेकी थिएँ । आफ्नो स्वार्थका लागि उसको परिवार बिगार्न कसरी सक्छु म ।

जीवन नायिका

आजकाल मलाई डरले नसताए पनि कताकता असुरक्षित पाउँछु तिर्सनाले सताउंदा म आफैसंग डराउँछु फगत मातृवात्सल्यको अभावमा अनि म फेरि डराउँछु वर्षौंदेखि शब्दकोषबाट मेरा लागि ‘आमा’ शब्द हराएकोमा मेरो मुखबाट आमा हराएकोमा ।

औकात

दसैको टीका थाप्न कतै नगए पनि तस्वीर मिडियामा राख्नै पर्ने थियो पूजाकोठा नभए पनि सुत्ने कुनामा बनाउनु नै थियो बजारभाव जतिसुकै उचिए पनि तामझामका साथ ढाँचा फुर्ती देखाउनु नै थियो तिहारको टीका लगाउन दिदीबैनीलाई नभटे पनि थालीभरिको पतिकारको भाग मिडियामा देखाउनै पर्यो को भन्दा को कमको होडले थला परेका वृद्ध आमाबाबाको औषधि किन्न खल्ती खाली थियो समाजमा बस्नु नै थियो अरूभन्दा कम कसरी देखिनु बाबाआमा त बिस्तरामा थिए कसैले देख्दैन थिए ।

आकाशवाणी

एकाएक लासमाथि मडारिदैं गरेको कालो धुवाँले कोरोना विषाणुको रूप लियो । उक्त सन्नाटामा खित्का छोडेर हाँसोसँगै बोलेको आवाज सुनियो – यो यसको लापर्बाहीको परिणाम हो । घरभित्र बस भनेको सुनेन । साबुनपानीले हात मिचीमिची धोऊ भनेको धोएन । खै मास्क, खै सेनिटाइजर केही प्रयोग गरेन । मसँग जिस्किने । भोग परिणाम । हाहा अब तिमेरुको पालो ।

चाउरी र ‘म’हरू

ऊ आफ्नी ३ वर्षकी छोरीलाई लादिएको शिक्षाको साङ्लाले बाँधेर डाक्टर बनाउन चाहन्छ र समाजको कठोर बन्धनले जकडेर धनीसँग बिहे गरिदिन चाहन्छ । ऊ धनलाई प्रधान ठान्छ । छोरी असल मान्छे बनोस् भन्ने ऊ सोच्दैन । ऊ उसकी आधुनिक स्वतन्त्रतामा हुर्केकी छोरीले उसले जे भन्यो त्यही गर्छे भन्ने विश्वासमा छ । त्यो आधुनिक सभ्यतामा ऊभन्दा वेवकुफ अरू को हुन सक्छ !

आधा शरीर

लोग्ने मरेर महिलाले सेतो पहिरन लगाउने चलन समाजको कलङ्क हो । यो सदाका लागि अन्त्य हुनुपर्छ । अझ उनले भन्दै गइन् – पती मर्दा त्यसै त पीडा हुन्छ । अझ त्यसमा सेतो पहिरन पहिर्याएर पीडा थप्ने किन !

फेसबुकको करामत

कोही यसको दुरूपयोग गर्दै अरूलाई दुःख दिएर रमाउँछन् कोही यसको सदुपयोगसंगै खुशी बाँड्छन् विश्वलाई क्षणभरमा जोड्ने सूचनाको संवाहक घरीघरी पुराना याद वालमा टागेर उल्का गर्ने उदासीनताको तनाव निको पार्ने समयको औषधि यो फेसबुक कस्तो अनौठो।

गुरुमापा

नर्सले सो जीवाणुको घैंटोलाई बोकेर राजमतीछेउ पुगिन् । उनको खर्ल्याकखुर्लुक भएको चरित्र थियो । उनले नर्ससमक्ष केही बोल्न सकिनन् । मुन्टो हल्लाएर यसलाई सेलाइदिनु भन्ने सङ्केत गरिन् । त्यसपछि जीवाणुलाई घाटमा बगाइदिइन् ।

मेरो प्यारो काठमाडौं

अहिले आँगन छैन मेरो घरमा पिंढी छैन मेरो घरअगाडि जोडिएको झ्यालबाट केही नदेखिने बाहिर हेरेर फर्कन्छु ओछ्यानमा र आँखा चिम्लेर हेर्छु मेरो प्रिय काठमाडौँलाई स्वयम्भूको फेदमा, बाग्मती र विष्णुमतीका किनारहरूमा धुवाँ पुत्पुताइरहेको छ कतै मेरो प्यारो काठमाडौँ जलिरहेको त छैन मुर्दासरि निरन्तर ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्