२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

फेसबुकको करामत

कविता

लक्ष्मी उप्रेती  

 

बिर्सिसकेकालाई साक्षत्कार गराउने

नचिनेकालाई पनि आत्मीय बनाउने

समय सिमाबिना खोल्न बन्द गर्न मिल्ने

वा फेसबुकको करामत बुझिनसक्नु छ।  

 

कोही यसको दुरूपयोग गर्दै

अरूलाई दुःख दिएर रमाउँछन्

कोही यसको सदुपयोगसंगै खुशी बाँड्छन्

विश्वलाई क्षणभरमा जोड्ने सूचनाको संवाहक

घरीघरी पुराना याद वालमा टागेर उल्का गर्ने

उदासीनताको तनाव निको पार्ने  

समयको औषधि यो फेसबुक कस्तो अनौठो।  

 

यसबेला म फेसबुकमा बढी नै गाँसिएकी छु

फेसबुकमा  भर्खर बनेको मेरो एउटा साथी छ

ऊ अन्तरमनको मिठास घोलेर मलाई हसाउँछ

यसैले होला ऊ मेरो अन्तरङ्ग साथी बनेको छ

जीवनको बारेमा कसैले अलिकति चासो राखे

सोधीखोजी गरे जीवनलाई त पुग्ने नै रैछ  

यसैले होला यो समयमा जीवनमा रमाएकी छु  

फोसबुकको दिनचर्यामा साथीसँग गाँसिएर  

सम्पर्कमा रमाउँछु, विक्षेदमा उदासिन्छु ।

प्रकाशित: ३ मंसिर २०७७ १०:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App