२६ आश्विन २०८१ शनिबार
image/svg+xml

साइत

बहिनी बरन्डामा बसेर झोक्राउँदै रहिछिन् । मुख मास्कले छोपिरहेकी थिइन्। म नजिकै कुर्सीमा गएर टुसुक्क बसे । मेरो मुखमा नि मास्क थियो । भाइटिकाको सम्पूर्ण सरसामान मरमसला ठिक्क पारेर राखेकी रहिछन् । मैले सम्झे – कोरोनाले थला नै परिछन् । अझै मनभित्र डर –त्रास कायमै रहेछ । सामाजिक छुवाछूत त बिस्तारै समाजबाट हराउँदै गएको थियो फेरि यो कोरोनाले आफन्त नातागोता सबैलाई झनै अछूत बनाउँदै लगेको थियो ।

कुसंस्कार

बिस्तारै विसुनको संगत खराब केटाहरूसँग हुन थाल्यो । उनले गाउँमा चोर्न र डकैती गर्न थाले । त्यसरी ल्याएको पैसा पाएर बाबुआमा पनि दङ्ग पर्दथ्यो । बिस्तारै विसुन गाउँकै गुण्डाको रूपमा चिनिन थाल्यो । अब त ऊ घर पनि महिनामा एकाध आउँथे ।

कमरेड

कमरेड भनेको अर्थ संसारभरि छरिएका श्रमिकहरुको हक खोज्ने हो किसानहरूको हितमा लड्ने हो आज कमरेडको अर्थ वियरको नास्तामा बेचिएको छ कमरेडको अर्थ जस्ले बढी कमिसन लिएर पार्टी अफिस धाउँछ उस्ले पाइरहेछ टोलदेखि शिखर कमिटी उनै गुण्डाहरुको हिसावकितावमा छ कमरेडको अर्थ बदलिएर ईटाभट्टामा घाइते मानिस पोल्नेहरू भइरहेछ यसर्थ म कमरेड स्वीकार गर्न सकिन ।

पैसा

मधु आइमाईको जीवनमा कति बेला आँधीबेहरी आउँछ थाहा हुँदैन । वर्षा कालमा पानी पर्छ, असिना पर्छ, पैह्रोले बगाउँछ तर नारीको जीवनमा वसन्त ऋतुमा पनि पैह्रो जान्छ । पहाड भत्केर टाउको माथि खस्छ, धेरै समस्या आउँछ । अर्काले गरेको गल्तीको समस्या भोग्नुपर्छ, । सोचेर निर्णय गर्नुपर्छ ।

भ्रष्टाचार

कम्युनिष्ट पार्टीमाथि विश्वास थियो जनताको । अहिले त्यसमा पनि तुषारापात भएको छ । जनताले मागेअनुसार भोट दिए कम्युनिष्ट पार्टीलाई । बलियो सरकार पनि बनेको छ । यसले भ्रष्टाचार नियन्त्रण गर्ला भन्ने आशा गरेको त सरकार नै चुर्लुम्म डुब्न थालेको छ भ्रष्टाचारमा । पहिला हजारको कुरा आउंथ्यो । त्यो लाखमा चढ्यो । पछि करोडमा उक्लेको थियो । अहिले त त्यो अर्ब अर्बाैंमा पुगेको छ । भ्रष्टाचारका मुख्य नायक पार्टीका अध्यक्ष सभापति र प्रधानमन्त्री बनिरहेका छन् ।

बुढेसकाल

लामो जीवन जिउनलाई सबको हुन्छ आस आज्ञाकारी छोराछोरी मन मिल्ने बूढी रमाउदै गाउँशहर हिड्थे लौरो टेकी अहिले त बालवृद्ध बस्नुपर्छ अरे घरै कहिले आउला रमाउँदै फेरि घुम्ने दिन बरै ।

सबलाई आए हुन्थ्यो चाड, उस्तै खुशी उस्तै हँसाइ

बिहान खाए साँझ के खाऊँ हुन्छ बरा सुन्तलीलाई भोकै पर्छन् जहान यता, निमेक नगए तुल्बीरे दाइ यिनको पनि घरमा दशैं, आउँछ सायद कुन्नि कसै सबलाई आए हुन्थ्यो चाड, उस्तै खुशी उस्तै हँसाइ ।

खोसिएको मास्टरी, भाग्य कि दुर्भाग्य !

मेरो मास्टरी खोसिनु भाग्य थियो कि दुर्भाग्य, थाहा छैन । यदि मेरो हेड मास्टरको पद नखोसिएको भए, म त्यतै हुन्थेँ होला । किनकि जागिर निश्चित थियो, सम्मानित पनि थियो । गाउँलेले मलाई देउताजस्तै मानेका थिए । म आसाध्य रमाएको पनि थिएँ । मैले कुनै विकल्प पनि खोजेको थिइनँ तर मेरो जागिर गयो । म बेसरी रोएको थिएँ । त्यो दिन मेरो जीवनको सबैभन्दा अभागी दिन थियो । त्यो जागिर गएपछि म घाटको न घरको भएँ ।

डोरीमा म, बहिनीको फोन

घरतिर तिहार आएको छ फुल्दै होलान् मखमली, म छु आज बिल्डिङको भित्तामा के गर्नु सम्झी ।मोबाइलको घन्टी बज्यो म हेर्न पनि सक्दिन,कसले होला भन्ने सोच्दै छु यो मनमा पनि।

नेवारी संस्कृतिमा तान्त्रिक भाइटीका

नेवारी संस्कृतिमा विभिन्न चाडपर्व र जात्रा तान्त्रिक विधि–विधान अनुसार मनाइँदै आएको पाइन्छ । यसको ज्वलन्त उदाहरण विभिन्न चाडपर्व र जात्राको अवसरमा अष्टमातृका र नवदुर्गा देवीको नाच हप्तौँसम्म रात–दिन नाच्न सक्नु पनि तान्त्रिक शक्तिले गर्दा नै हो भन्न सकिन्छ ।

को हुन् बलिराजा ?

बलिराजासम्बन्धी पौराणिक, ऐतिहासिक र सांस्कृतिक विवरण प्राप्त गर्न सकिन्छ । यी विवरणका आधारमा हेर्दा जुन–जुन तरिकाले र जहाँ जसरी भए पनि तिहारमा खेलिने देउसी–भैलोको सम्बन्ध जुम्ली राजा बलिराजाको विवरण केही करिब देखिन्छ ।

फोटोकपीको दिपावली

शान्ताले गम्भीर भएर प्रतिक्रिया दिइन्, ‘मैले मेरो नगरपालिका प्रमुखको प्रमाणपत्रको फोटोकपी पठाउँदै छु । हो , त्यही फोटोकपीसित यसपालिको ऐतिहासिक दिपावली मनाउनु होला । मेरो सबैलाई हार्दिक शुभकामना !’

फेसबुके प्रेम

उनीहरू सुहागरात मनाउन बन्दीपुर पुगे । दिनभर पहाडकी रानीको अङ्गप्रत्यङ्गमा छामछामछुमछुम गरे । सेरोफेरोको दृश्यावलोकन गरे । साँझमा बास बस्न रिसोर्टमा कोठा रिजर्भ गर्नु स्वाभाविक थियो । कोठाभित्र प्रवेश गरेपछि विशाल नुहाउन बाथरूममा पस्नु अस्वाभाविक भएन । कपडा खोलेर बाथरूमभित्र पस्यो । उसले कपडा खोल्दा कमिजको खल्तीभित्र रहेको नागरिकताको प्रमाणपत्र भुईमा खसेछ । सरस्वतीले उठाएर पढिन् । त्यहाँ त नाम विशाल विश्वकर्मा लेखिएको रहेछ । अनि उनी आत्तिइन् र बाबुलाई फोन गरिन्– बाबा यिनी त विश्वकर्मा रहेछन् नि । म भागौँ !’ – नआत्तियौं छोरी, मलाई यो सब थाहा थियो । मैले उनको पूजा गरेको छु । अब उनी ब्राह्मण भए ।

अँध्यारोको डाम

मुटुको घाउ फेरि बल्झेर दुख्नु दुखिरहनु भएर चस्कनु नमिठो यातनाजस्तो या विरक्तीपनको आभासमा आफैलाई खोक्रो बनाउनु अनि खुसीको जलप लगाएर उज्यालो हुनु खोज्नु र अँध्यारोमा आफ्नै प्रतिच्छाया खोज्नु र नदेख्नुको डाम सहनुजस्तै हो।

जीवन तमासा बनेछ

मानिसहरू नआउँदा त एकान्तबास अत्यासलाग्दो कोठासँगको प्रेम विरक्त लाग्ने रैछ सम्बन्धहरूका न्यानो कलेवरमा रमाउने मनका भाव एकाएक टुंगिए उफ ! कठाङ्ग्रिने चिसो शितलहरी नै चलेछ शहरमा तर, किन आगोको फिलुङ्गोले डामेजतिकै राप छ । हरे, जीवन तमासा बनेर आफन्तको विदाइमा निर्घात चोट सहिरहेछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्