२६ आश्विन २०८१ शनिबार
image/svg+xml

मृत्युको अनेक रूप

समय दिन कालसितै महामारी फैलियो मुलुकभर सलहजस्तो यताउता आवतजावतमा प्रतिबन्ध लगायो संसारभरि नै । धर्मप्रसद र मोतिराजलाई संक्रमणको जटिल कारणले उपचार गर्नुपर्ने अवस्था आयो तर केही पनि गर्न सकेनन् ।

फूल बनेर झर्नु हुन्न !

आफूले आफूलाई अबला ठानेरै हो सदियौंदेखि तिमी पशुझैँ बलि चढेको अपराधको बर्बरतामा पिल्सिएको बलत्कारको उत्पीडनले डसिएको अब डसिनु हुन्न फूल बनेर झर्नु हुन्न अनि बिचरा बनेर बाँच्नु हुन्न उठ, जाग नारी हो जगाउ बर्बरताको युगलाई जुन युगले तिमीलाई मात्रै वस्तु बनाइरहेछ ।

मर्यादा

शिक्षिका रिना पनि परीक्षामा सामेल भइन् । खबरपत्रिकामा समाचार आयो । हेडलाइन थियो, ‘परीक्षा दिने शिक्षकहरूद्वारा चिट चोर्न नपाएको झोंकमा परीक्षा केन्द्रमा तालाबन्द । शिक्षिका रिना पक्राउ ।’

कुन्नि कस्तो स्वाद पायो उसले मदिराबाट

खाउनु छ सञ्चार उन्नतिको नयाँ शिराबाट आउँछ चमक अँध्यारोमा जसरी हीराबाट ।कुरूपता नि बदलिन्छ समयसँगै सुन्दरतामा हेर्नुस् पुतली पनि त बन्छ झुसिल्किराबाट ।

जून र केटाकेटीको अनुहार उस्तैउस्तै लाग्छ

मलाई जून र केटाकेटीको अनुहार उस्तैउस्तै लाग्छ कहिल्यै धितै नमर्ने हेरेर न त जाडो न त गर्मी दुवैले छर्छन् मलिन ज्योत्स्ना उसैगरी कहिलेकाहीँ त म जून देख्दा केटाकेटी र केटाकेटी देख्दा जून भन्दो रहेछु।

दुई मुटुको जिन्दगानी

घाम पुगे डाँडापारि तिमीलाई भेट्ने मन, मन पनि दोमन भयो कट्नु पर्छ रानीवन । थाहै भएन वसन्तहरू कर्कलाको पानी थोपा, ढलपलाउँदै झर्दो रैछन् पिउनुपर्ने प्यासी थोपा ।

पाठकीय दृष्टिमा ‘ईश्वरको मृत्यु’

प्रत्येक विधाका आआफ्ना तत्त्व हुने गर्छन् । तत्त्वमा केन्द्रित नभई लेखिएका कृतिलाई कृति नै मानिँदैन । लघुकथाको पनि आफ्नो सिद्धान्त छ । संक्षिप्ततामा प्रभावकारी, शब्दसीमा, च्वास्स अभिव्यक्ति, व्यङ्ग्य, दृष्टिविन्दु, पात्र, परिवेश, कथ्य, सूक्ष्मता, शैली, एवं शीर्षक सार्थकता पर्छन् । कथातत्त्वझैं लागे पनि लघुकथामा सङ्क्षिप्तता व्यङ्ग्य एवं प्रभावकारी हुने गर्छन् ।

डाक्टर

महामारी र सन्त्रासको धारिला चट्टानहरूमा टेक्दै पाइतलादेखि शिरसम्म पोलिँदै – पिरोलिँदै हिडिरहेका छौ तिमी डाक्टर सलाम छ भगवान् रूप बनेका तिमी डाक्टर !

खोटाङमा रमाइलो र उपलब्धिमुलक बालसाहित्य कार्यक्रम

हामीलाई हलेसीबाट खोटाङ दिक्तेल पुग्न तीन घन्टाभन्दा बढी समय लाग्यो । बाटो कच्ची थियोे र कतैकतै अग्लो ठाउँबाट तल हेर्दा जिउ सिरिङ्गै हुन्थ्यो । एकठाउँमा त बस खसेर रुखको फेदमा अड्किएको पनि देखियो । दुई वर्ष पहिले त्यहाँ दुर्गघटना हुँदा २० जनाको ज्यान गएको थियो रे । चालकले भने । मैले त्यो बस किन नझिकी राखेको होला ? भनेर सोधें । “मान्छेहरूले त्यो बसलाई हेरुन् र सतर्क होऊन् । अनि फेरि दुर्घटना नहोस् भन्नाका लागि त्यहीँ छोडिएको हो ।” चालकले भने ।

राँगालाई जुत्ता

फोहोरमुक्त गाउँ घोषणा कार्यक्रमका गएका हाकिमहरूको कार्यक्रम सुरु भयो । बियर र रक्सीको खोला बग्यो । घाम ढलेसँगै हाकिमहरू चौरमै ढल्न थाले । सिडिओ साबले लर्खराउँदै गएर स्वामीको फेदमा तुर्काए । डिएसपी साबले चौतारीको माझमा बसेर लत्काए । कर्णेल साबले बसेकै ठाउँमा ह्वालह्वाल्ती पारे ।

उपहार

हामी सबैले किन फुटाएको भनेर गाली गर्यौं । यो मेरो हो भन्दै सबै पैसा प्लेटमा खन्याइन् र मायालाग्दो गरी भनिन्, ‘ मैले रंग नसुकी चित्र पटयाएकी थिएँ । त्यसैले रंग पोतिएर कोरोनाजस्तो देखियो । मैले जानेर बनाएको हैन हम्मा !’

माजीहडाम

म कानु सतार पुर्खाहरूको नासो गुमाएर नायकत्व खोसिएको जीवन जिउँदैछु । असक्षम ठहरयायो सबैका सामु आफ्नै पारानीले मलाई र छिन्यो मेरो माजीहडाम ।

मेरो नागरिकता

आफूभन्दा माथिकाले जे भन्यो त्यही गर्ने तथा ठीक कुरालाई ठीक भन्न र आफ्नो स्पष्ट कुरा राख्न नसक्ने तत्कालीन प्रशासनिक अवस्थाको यो एउटा गतिलो उदाहरण हो भन्ने लाग्छ । त्यसबेलाको के कुरा गर्नु, अहिले पनि हाम्रा सरकारी अड्डा र प्रशासनिक संयन्त्रको कामको शैली र पारा उस्तै छ । औपचारिकता धेरै, परिणाममुखी होइन प्रक्रियामुखी छन् हाम्रा अड्डाहरू र कर्मचारीचाहिँ हाकिमका आदेशपालक ।

घमण्ड

उमा घमन्डका साथ सधैं शर्मिलालाई भन्ने गर्थिन्, ‘हेर न मेरो बूढा त क्या सरिफ छ । क्या भलाद्मी छ । अरूको जस्तो न जाँडरक्सी नै खान्छन् न परस्त्रीमाथि कुनजर नै लगाउँछन् । मलाई यतिविघ्न माया गर्छन् कि भुईंको माटो नै लाग्लाझैं गर्नुहुन्छ । उहाँजस्तो श्रीमान् पाउन त अरूले सात जुनीको तपस्या नै गर्नुपर्छ ।’

त्रासदी रात

मलाई घरीघरी म काम गर्ने मुलुकका महिलाहरू देखेर रिस उठ्ने गर्दछ। रत्नपार्कका खुल्ला साँढझै होस्टेलहोस्टेल चाहार्दै हिड्ने ,काम नगरी थोरै समयमा धेरै पैसा कमाउन खोज्ने ती दुधालु गाईहरूको हाउ भाउ, कटाक्षले मै हुँ भन्ने सन्त पुरुष त भुत्तुक्कै हुन्छन् भने आखिर म पनि त कुन खेतमा मुला पो थिएँ र !

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्