२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

कुन्नि कस्तो स्वाद पायो उसले मदिराबाट

गजल

शरण खत्री मृदुल

 

देखाउनु छ सञ्चार उन्नतिको नयाँ  शिराबाट

आउँछ चमक अँध्यारोमा जसरी हीराबाट ।

 

कुरूपता नि बदलिन्छ समयसँगै सुन्दरतामा

हेर्नुस् पुतली पनि त बन्छ झुसिल्किराबाट ।

 

जताततै व्याप्त छन् भित्रभित्रै खाइरहेछन्

घर जोगाउन गाह्रो भो यी सहस्र धमिराबाट ।

 

त्याग्नै सकेन पिइरह्यो बरू ज्यानै त्याग्यो

कुन्नि कस्तो स्वाद पायो उसले मदिराबाट ।

प्रकाशित: २८ कार्तिक २०७७ ०७:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App