दसैँको घाम
कुनै चट्टानको कापबाट जबसम्म एउटा फूलले जीवनको शङ्खघोष गरिरहनेछ तबसम्म मान्छेले जीवन र मृत्युबीच सिमाना कोर्ने दुष्साहस गरिरहनेछ।
कुनै चट्टानको कापबाट जबसम्म एउटा फूलले जीवनको शङ्खघोष गरिरहनेछ तबसम्म मान्छेले जीवन र मृत्युबीच सिमाना कोर्ने दुष्साहस गरिरहनेछ।
पम्फा तेरो भाइले चमेलीलाई हातपात गर्दा म घरमा आइपुगेको थिएंँ । मलाई सबै सांँचो कुरा थाहा छ । तैले आफ्नो लुगा चमेलीलाई दिएको मैले आफैंले देखेको छु । तँ अझ झुट बोल्छेस् । आफ्नो पाप लुकाउन चमेलीलाई चोर दोष लगाइस् । म तेरो भाइलाई भोलि चौकीमा बुझाउन सक्छु । चमेलीको च्यात्तिएको कपडा यही मेरो कोठामा छ । तँ कति पाप गर्छेस् ? अब त साँचो बोल, पम्फा, मैले कुन जन्ममा के पाप गरेको रहेछु भगवान् ! यस्ती कलङ्किनीको लोग्ने हुनुपरयो ।’
महान् जनता भोकै हुन्छन् र पनि कर तिर्छन् आफ्नो अभिभावक राज्य बचाउन तर यहाँ एउटा खतरापुर्ण जीवित अहङ्कार उठी आएछ यही सत्य छ यो सत्ताभासबाट बरु एउटा मल बाँचेर डालेघाँसको बोट कतै आँगन नजिकै करेसातिर तरकारीहरू समृद्धि ल्याउन आतुर देखिन्छन् ।
कठोर पहाडलाई काटदै ,ताछ्दै र रँगाउँदै फूलका पत्रहरूभन्दा सुन्दर इन्द्रधनुषी घरहरू बनाएका छन् ईन्द्रेनी मनका लिम्बुलिम्बुनीहरूले मनमा कुनै कसर छ भने पाहुना लाग्न जानेहरूले तलतल बगरतिरै जलाएर उक्लिनुपर्छ
सुन्दर बिम्ब, अलंकार र भाषाशैलीको लयबद्ध मुनामदन साहित्यका सम्पूर्ण कृतिहरूमध्ये धेरै संस्करणमा धेरै छापिएको र धेरै बिक्री भएको र धेरैले रुचाएको, पढेको अनुपम कृति हो । यो वियोगान्तका साथै अनेकौँ अर्थ बोकेको कालजयी कृति हो ।
जेष्ठ नागरिक जीवनयापनको चरणमा आइपुगेका चौलागाईंको साइनो लेखन तथा यसको संवद्र्धनमा देखिएको रुचि लगाव र प्रतिबद्धता अनुकरणीय रहेको पाइन्छ । उमेरले अग्रज भएर पनि उनले सिर्जनामा देखाएको युवासरहको जोस र सक्रिय संलग्नताले अरू स्रष्टाहरूलाई समेत उत्प्रेरित गरिहेको छ । उनले साइनोमा समसामयिक सामाजिक तथा राष्ट्रिय अन्तर्राष्ट्रिय जीवनमा देखिएका कथाव्यथालाई विषय बनाएको पाइन्छ । प्रकृति र जीवनको सन्तुलन राखेर सिर्जना गर्ने स्रष्टाका रूपमा चौलागाईंको उपस्थिति महत्त्वपूर्ण रहेको छ ।
अन्ततः व्यवस्था र सत्ताको विरुद्धमा गाउँमा फेरि व्यापक आन्दोलन चर्कियो । नाराबाजी र जुलुसहरू हुन थाले सामन्ती सरकार मुर्दावादका नाराहहरू घन्किए । व्यापक प्रहरी दमनहरू हुन थाले । जुलुसहरूको नेतृत्व गर्दै त्यहीँ धुलौटे बाटोमा फाटेको जुत्तामा अग्रपंक्तिमा दौडिरहेको थियो ऊजस्तै अर्को एउटा क्रान्तिकारी अगुवा ।
मैले पद्मकन्या बसुञ्जेल कसैसँग जोरी खोजिनँ । कसैको कामको चियोचर्चो गरिनँ । सबै विचारका साथीहरूसँग समभाव राखेँ । मलाई कुनै प्रशासक, प्राध्यापक, कर्मचारीहरूले भनिबिझाएको सम्झना छैन । डेमोक्य्राट विचारवालाहरूको बोलबालाको क्याम्पसमा प्रगतिशील निरीह हुनु स्वाभाविक नै थियो । तर पनि मलाई व्यक्तिगत रूपले केही नचाहिएकाले कुनै निरीहता बोक्नु पनि परेन । हाँसेरै दिनहरू बिते । कुनै एकदिन पनि निहुरमुण्टी न लाउनु परेन । यो मेरो पाटाको निजी अनुभूति हो ।
किताबमा पढेका थिएँ यातना भनेको मुर्दाबाट जिउँदोमा अनुवाद हुनु हो क्रान्ति भनेको स्वर्गको सिँढी चढ्नु हो त्यसैकारण म यातना र कारावासमा रमाए धेरै समयपछि म निस्के आगोहरू चिसो खरानी भइसकेको थिए मलाई जागजाग भन्नेहरू फूलमाथि सुतिरहेका थिए ।
माधुरीको नोट कापी पल्टाएँ पछि उनको होस् उड्यो!नोटमा यस्तो लेखिएको थियो।"म भोलीबीहान ठूलो मिसनमा निस्कदै छु ।मिसन भ्रष्टचार अनि मेरो जीवनको ठूलो परिवर्तन पनि । धेरैं समाचार लेखें तर मेरो समाचार अनि लेखले खासै महत्त्व पाउन् सफल भयनन।यो मिसन पछि मेरो लाइक शेयर कमेन्ट एकलाख भन्दा बढी हुनेछ अनि बल्ल माधुरी को हो?सबैले चिन्ने छन्।"
देउकलीकी आमा साह्रै बखान गर्थिन । उसको रूप र स्वभाव राजा बास्साको भन्दा कम छैनन् । तर के गर्नु ज्वाईको सन्तान नहुने योगले चाहिँ खुब पछुतो मान्थिन । देउकली पनि मनमनै पाकेकी थिई । भन्ने आँट कुनै थिएन । महिला धर्मको कुरा थियो । पुरूष धर्म र्माित्तएको अनुभव सधैं देउकलीलाई हुन्थ्यो । आत्मीक पीडा त यसै हुने नै भए ।
केही दिनपछि सँधियारकै सोही जङ्गलभित्र एउटा हरिण उभिएको देखियो । सो सन्देश जमिनदार समक्ष पुग्यो । जमिनदारले आदेश दिए, ‘जसरी हुन्छ त्यस हरिणलाई हाम्रो जमिनभित्र ल्याओ । त्यसपछि बाहिर जाने बाटो सबै नाकाबन्दी गरिदिनु । बस् ! आदेशको पूर्ण पालना भयो । कमजोर सँधियारको जङ्गलबाट बलियो जमिनदारको इलाकामा जबर्जस्ती कोमल जीवको हरण भयो ।
“हो नि तर आजभोलि ‘डिएनए’ वांशिक आधार पत्ता लगाउने वैज्ञानिक परीक्षणबाट जाँच गराउँदा कुन पूर्वजबाट के कति पुस्ता पार गर्दै आजको अवस्थामा आइपुगेको हो भन्ने पत्ता लगाउंन सकिने रहेछ । फिन अर्थात् मेरा श्रीमानले उनको डिएन परीक्षण गराउंदा अहिले उनकी एउटी दिदी पनि भएको जानकारी प्राप्त गरेपछि सोधीखोजी गर्दा एउटै शहरमा रहेको तर थाहापत्तो केही नभएको रहेछ । थाहा पाएपछि उनीहरू दाजुबैनीको रूपमा आउजाउ गर्ने चाडपर्व मनाउने गर्न थालेछन् । आमा अविवाहित अवस्थामा जन्मिएकी त्यो छोरीको जानकारी उनले छोराबुहारी कसैलाई पनि दिएकी थिइनन् रे ।