२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

मर्यादा

लघुकथा

जितेन्द्र रसिक

 

 परीक्षा हलभित्र विद्यार्थीले चिट चोरेको देखेर शिक्षिका रिनाले भनिन्, ‘धत् चिट चोर्ने काम राम्रो होइन !’  

यति भनेर रातो कलमले उत्तरपुस्तिका केरकार गरेर परीक्षाहलबाट विद्यार्थीलाई निष्काशन गरिदिइन् । केही समयपछि एसएलसी मात्र पास गरेका शिक्षक, शिक्षिकाहरूले पनि अनिवार्य प्लस टु पास गर्नुपर्ने प्रावधान आयो । 

शिक्षिका रिना पनि परीक्षामा सामेल भइन् । खबरपत्रिकामा समाचार आयो । हेडलाइन थियो, ‘परीक्षा दिने शिक्षकहरूद्वारा चिट चोर्न नपाएको झोंकमा परीक्षा केन्द्रमा तालाबन्द । शिक्षिका रिना पक्राउ ।’  

प्रकाशित: २८ कार्तिक २०७७ ०८:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App