२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

डाक्टर

कविता

  मिना श्रेष्ठ सबि

 

तिमी डाक्टर  

बिहानदेखि बेलुकासम्म

सेवा गरेर दिन बिताइरहेका छौं  

न त दिन न त रात नै

न त भोक न त प्यास नै  

लाग्छ भन्न पाउँछौं तिमी  

आफ्नो ज्यान जोखिममा राखेर

बचाइरहेका  छौ अरूलाई

तिमी डाक्टर  

कुन जन्मको  ऋण खाएका

रहेछौ हँ !

मीठो परिकार

आनन्दले बसेर  

कहिलै खान समेत पाएनौ

दुनियाँको सामु  

आफ्नो गुनगान कहिले गाएनौ

रातो कालो झिल्के लुगा

लगाएर कहिल्यै डेटिङ धाएनौ

तिमी डाक्टर  

अररूको आँखाको नानी बनेर

बिरामी जाँच  गरिरह्यौ

आफ्नो सुन्दर भविष्य  पनि नभनेर

जोखिम मोलेरै पनि

अरूको  आँखामा खुशी भरिह्यौ  

यो अवस्थामा आइपुग्दासम्म पनि

महामारीले सताउँदा पनि  

एक आपसमा छुवाछुतझैं

हुँदासम्म  पनि  

फुलिरहेका छौ ,रोगी र  दुखीको  

मन –मुटुभित्र सुन्दर फूल बनेर।

तिमी डाक्टर  

रोगलाई  चुनौती दिँदै

आफ्नो साथी मान्दै

जीवनलाई एउटा  

ठूलो सफलता ठान्दै

बिरामीका आँखामा

आफ्नो भविष्य खोजिरहेका छौ।

महामारी र सन्त्रासको  

धारिला चट्टानहरूमा टेक्दै

पाइतलादेखि शिरसम्म

पोलिँदै – पिरोलिँदै  

हिडिरहेका छौ

तिमी डाक्टर  

सलाम छ भगवान् रूप बनेका

तिमी डाक्टर !  

प्रकाशित: २८ कार्तिक २०७७ ०५:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App