४ वैशाख २०८१ मंगलबार
कला

फुटबल जस्तो जीवन

कविता

बोधराज पौडेल

 

लात्ताले हानेर

सयौं  पटक खुट्टामा ठोकिएर  

जब गोल पोस्टभित्र छिरिन्छ  

बज्छ दर्शकको ताली र हल्ला  

सफलताको खुसीमा  

म अघिका सारा दुखाइ भुल्छु

र, तृप्त हुन्छ ।

खुट्टाले बारबार नहानिदो हो त  

कसरी पुग्नु गोल पोस्टसम्म  

यहाँ सफलताको बाटो छेक्न

बसेका छन् गोल किपरहरू ।

सयौं  पटक गोल किपरलाई छक्याउनुपर्छ

बल खोस्न आउनेलाई चक्मा दिनुपर्छ  

अहो ! फुटबल र जीवन उस्तै देख्छु  

कति धेरै अवरोध र संघर्ष छन्  

एउटा लक्ष्यमा पुग्नुपूर्व ।

प्रकाशित: ८ मंसिर २०७७ ०९:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App