किशन पौडेल
उसले पत्थरलाई कुँदेर
सुन्दर मुर्ति बनायो
तिमी त्यहीँ मुर्ति पुजा गर्छौ !
उसले माटोहरू मुछेर
सुन्दर घडा बनायो
तिमी त्यहीँ घडाको पानी पिउँछौं
धागोमा थुक लगाउँदै
लवेदा , सुरुवाल र चोली सिलायो ,
तिमी त्यहीँ पहिरनमा सजियौ
आगोको रापमा,
आफ्ना रहरहरूलाई
खलाँतीमा हालेर फुक्दै
तिम्रा सबै आवश्यकताहरू पूरा गर्ने
ऊ किन सधैं अछुत भयो !
प्रकाशित: ६ मंसिर २०७७ ०९:०२ शनिबार