coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

महिलाको सिट

लघुकथा

अरुणबहादुर खत्री नदी

 

गोंगबुचोकबाट एअरपोर्ट पुग्नुपर्ने भएकाले सार्वजनिक यातायातको बस चढे । बसभित्र पसेपछि महिलाको लागि छुट्याइएको सिट मात्रै खाली देखे । महिलाको लागि छुट्याइएको सिटमा बस्न मनले नमानेपछि बसको डण्डीमा हात समाएर उभिएँ ।  

बसमा चढेको अर्को यात्रुले मलाई “किन उभिनुहुन्छ दाइ ! खाली सिटमा बस्नु नि” भने । त्यो महिलाका लागि छुट्याइएको सिटमा म बस्दिनँ । महिलाका लागि छुट्याएको सिटमा बसे भने मलाई योे बसमा चढ्ने महिला यात्रुले के भन्लान् भने । धुम्बाराही चोकमा पुगेपछि दुईजना महिला यात्रु त्यो बसभित्र चढेर महिला लेखेको सिटमा बस्न पुगे । मचााहिँ उभिएर नै एअरपोर्टसम्म पुगे ।  

एअरपोर्ट पुगेर बसबाट झरेपछि बल्ल मेरो मनमा बुद्धि फिरयो गोंगबुचोकबाट बस चढेपछि महिलाका लागि छुट्याइएको सिट खाली देख्दा हामी बस्न पाउने बसको सिटमा बसेका कुनै महिला यात्रुलाई त्यो सिट देखाएर “तपाईहरू महिलाका लागि छुट्याएको खाली सिटमा बसिदिनु भए म तपाई बसेको सिटमा बस्न पाउँथे नि भनेको भए हुन्थ्यो नि” भन्ठाने ।  

प्रकाशित: ८ मंसिर २०७७ ०९:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App