२७ आश्विन २०८१ आइतबार
image/svg+xml

मृत्यु बस्ने डाँडो

फेरि कसैले चढ्न नपरोस् त्यो उकालो कसैले देख्न नपरोस् विनाशको कालो छाँया कसैले गुमाउन नपरोस् परिवार कसैले हराउन नपरोस् आफन्त बर्षौँ एउटै बर्को ओढेर एउटै थालमा खाने साथीको ढलेको शरीर नाघेर अगाडि बढेको क्षण फेरि कसैले भोग्न नपरोस् कसैले चढ्न नपरोस् बहादुरी र स्याबासीको लागि मृत्यु बस्ने त्यो डाँडो कसैले टेक्न नपरोस् ।

मकै र भटमासको संवाद

मकैको कुरा सुनेर भटमास पनि हाँस्न थाल्यो । गर्मीले भतभती पोल्दा पनि मकै र भटमास दुवै एक अर्कासँग खुसी हुँदै हाँस्न थाले । साझँ पर्न लागेको थियो छोटेलाललाई मकै र भटमासको गफ मात्र रमाइलो लागेको होइन । उसले उनीहरूको कुरा सुनेर निकै कुरा पनि जानेको थियो ।

आमाहरूको बहस

उस्को कुरा सुनेर सन्तुष्ट आमाले व्यंग्यात्मक भावले भन्छिन्– हो त्यसैले कसैले पनि आफूलाई मै हुँ कैल्यै नठान्नु। संसारकै सुखी, भाग्यमानी आमा उही हुन् जो आफ्ना छोराछोरीसँग सन्तुष्ट र खुशी छन्। साथै होस् वा विदेशमा आमाको मर्म,चाहना,पीडा नबुझ्ने पनि के सन्तान ?

बूढी आमैको सराप

रमाले भनिन् – तपाई सरकारी अफिसमा काम गर्नेलाई सरकारले तलब दिइहाल्छ नि । म जागीर नखाएको मान्छेले कताबाट खर्च दिने ? अमिनले भन्यो – आज विदाको दिनमा घरको काम छाडेर आएको हुनाले दिनुपरयो नि।

डेरा सर्नुपरयो

बल्ल–बल्ल आएका अतिथिले चियानास्ता नगरी गएकोमा मलाई साह्रै लाज लाग्यो । प्रियाले पनि दिक्क मानी । हामी उठ्यौ । म उहाँलाई बाटोसम्म छोड्न गएँ । हामीबीच अहिले भने वातावरण, पर्यावरण र वनविनाश, डोजर आतंक आदिबारेंमा चर्चा चल्यो।

फूलै फूलको शहरमा

फूलै फूलको शहरमा काँडा कुल्चिएर हाँस्नु हाँसो लुकाएर बाँच्नु कति मनोरम छ जीवनमा। आँखामा छचल्किन बाँकी आँसु छैन अब ओँठमा सजाउन अरू खुसी छैन यद्यपि पाइतालाको यात्रा कमजोर छैन रङैरङको संसारमा बेरङ भएर बाँच्नु कति मूल्यवान् छ जीवनमा।

प्रेम दिवसको प्रेमपत्र

अचानक सम्झेँ, एकपटक त्यही प्रेम दिवसको दिन कलेजमा प्रेमपत्र लेखन प्रतियोगितामा पत्र लेखियो। साँझमा कोठामा फर्केपछि त्यही दिनको प्रेमिल क्षणहरू सम्झनामा आए। साथीहरू भन्थे, “आजकै दिन हो, कोही मनमा छ भने निर्धक्क भन्न पाइन्छ, मनको कुरा !”

मानवता

हो, तिमी त मानव हौ त्यसैले तिमीमा आएन कहिल्यै परिवर्तन त्यसैले बिर्सिएर तिमीले आफ्नो कर्तव्य भुलिदियौ मानवताका कथाहरू गुमाएर गुमनाम अस्तित्वहरू हो यहाँ त म एक्लै छु तर, तिमीले कहिल्यै बुझिनौ मेरो अभाव यति गरिसक्दा पनि म जीवितै रहेँ भने तिम्रै नाममा गरिदिने छु बलिदान जाने छु जमीनका कुनाकन्दरामा, त्यसपछि बिलाउने छु एकाध दिनहरूमा हो, यदि तिमीले सम्झियौ भने म ‘मानव।

प्रेम

स्पर्शबिना आत्मीय अनुराग कुनै ओइलिएको फूलमा मानौ शीतका थोपा खस्दैछ तप्पतप्प फूललाई मुस्कुराउन कर लाग्छ आँखा बन्द गरेर सम्झन्छु पूर्णिमाको रातको पूर्ण जून कस्ता मीठा गरेका कल्पना मनभित्रै काउकुती लाग्छ ।

कालो गुलाब

काम वासनामा लठ्ठिएर भौतिक यथार्थलाई बिर्सिएर व्यर्थमा उर्वशी अनि मेनकाको पछि नलाग ।वृक्ष हुँ भन्दैमा, तिमीलाई कसले दियो चौपाया बाध्ने अधिकार । म तिम्रो लहरा हुँ यो वृक्षमा मात्र म बाँधिन सक्छु ।

निश्चयअनिश्चय

एउटी कमजोर महिलाले कसरी संघर्ष गर्न सक्छे, कसरी उभिन सक्छे । जहाँतहाँ बार र काँडाहरू छन्, घुम्ती र मोडहरू छन् । त्यो खोला ऊ कसरी तर्न सक्छे, जहाँ न कुनै सहारा छ न कुनै साधन । ऊ निश्चय, अनिश्चयको बीच भौतारिइरही । के आफै मरिदिनु सारा समस्याको हल हो । आखिर एक दिन मर्नैपर्छ । तर यी चारचार निर्दोष छोरीहरूका याचनापूर्ण आँखाहरूले उसको जीवनको भिख मागिरहेको कल्पना गरी उसले । ती भन्छन् – हाम्रो के भूल थियो ? हामीले के अपराध गरेका थियौँ मम्मी ?

सायद म पत्थर

सायद म पत्थर भएकी छु आँसु सुकेको आँखा भएकी छु कुनै दिन कसैले आँसुसँगै मोडेको बाटो आज बाध्यतामा हिंड्दा लाग्छ म काँडा कुल्चँदै हिँडिरहेछु ।

कति बस्नु टाढा भई यो हृदय जलाई

तिमीदेखि टाढा हुने एपछि जब, टाढाटाढा धेरै टाढा,जाँदै छु म अब । हिजोको त्यो मधुर मिलन, विछोड हुने भयो, परिस्थितिले हाम्रो मिलन टाढा हुँदै गयो । तिमी सधैँ सफल रहू शुभकार्य गरी , सुखशान्ति सधैं मिलोस् यात्रा जीवनभरि ।

नसानसा, अंगअंग बस्यो माया तिमीसँग

नयनको गाजल अनि बारुले त्यो कमर देख्दा, छक्क को नपर्ला र बान्की तिम्रो शरीर देख्दा। अधरको हाँसो अनि मन्द तिम्रो बोली सुन्दा, नसानसा झड्का लाग्छ अंगअंग माया बस्दा। नसानसा, अंगअंग बस्यो माया तिमीसँग,पूर्णिमाको जूनजस्तै खेलिरन्छौ यो मनसँग ।

परिवेश

वैकुण्ठ सुस्तरी पाइला चाल्दै स्टोरभित्र गयो अनि मात्र वैकुण्ठलाई बल्ल थाहा भयो । त्यो पोखिएको मुस्कान, चमक र सुन्दरता हराएको रहस्य । त्यो विक्री काउन्टरमा बस्ता मात्र पोखिंदो रहेछ ती युवतीको मुस्कान । यत्रतत्र भएर छरिंदो रहेछ सुन्दरता र चमक । ती युवतीले त जागिर खाएको रहेछ । त्यसलाई कस्टमर सर्भिस भन्दा रहेछन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्