एउटा चिठी लेख्न मन, लागेको छ मलाई ,
कति बस्नु टाढा भई यो हृदय जलाई।
दूरी टाढा नभए नि, टाढा भयो मन,
अब यस्तै हुने भयो, के गरुम लौ भन ।
चिठी लेख्न बसेको छु, तिम्रै याद गरी,
कुन शव्दले लेखूँ म भन्छु, एउटा पानाभरि।
तिमीदेखि टाढा हुने एपछि जब,
टाढाटाढा धेरै टाढा,जाँदै छु म अब ।
हिजोको त्यो मधुर मिलन, विछोड हुने भयो,
परिस्थितिले हाम्रो मिलन टाढा हुँदै गयो ।
तिमी सधैँ सफल रहू शुभकार्य गरी ,
सुखशान्ति सधैं मिलोस् यात्रा जीवनभरि ।
प्रकाशित: ३ फाल्गुन २०७७ ०८:०८ सोमबार