नसानसा, अंगअंग बस्यो माया तिमीसँग,
पूर्णिमाको जूनजस्तै खेलिरन्छौ यो मनसँग ।
नसालु त्यो हेराइ तिम्रो चुमु लाग्छ अंगअंग,
भरिदिऊँ कि मायाले नै सानु तिम्रो रंगरंग ।
रातको जून दिनको घाम वसन्तकी रंगरंग
नसानसा अंगअंग बस्यो माया तिमीसँग ।
नसानसा अंगअंग बस्यो माया तिमीसँग,
पूर्णिामाको जूनजस्तै खेलिरन्छौ यो मनसँग।
नयनको गाजल अनि बारुले त्यो कमर देख्दा,
छक्क को नपर्ला र बान्की तिम्रो शरीर देख्दा ।
अधरको हाँसो अनि मन्द तिम्रो बोली सुन्दा,
नसानसा झड्का लाग्छ अंगअंग माया बस्दा।
नसानसा, अंगअंग बस्यो माया तिमीसँग,
पूर्णिमाको जूनजस्तै खेलिरन्छौ यो मनसँग ।
खोटाङ,
हाल– क्यालिफोर्निया, सान् फ्रान्सिस्को ।
प्रकाशित: ३ फाल्गुन २०७७ ०७:२० सोमबार